back
CTIZAN AD

बेइजिङमा शीतकालिन ओलम्पिक खेल सुरु, ३० भन्दा बढी देशका नेताहरु उपस्थित

वि.सं.२०७८ माघ २१ शुक्रवार

639 

shares

बेइजिङ । बेइजिङ शीतकालीन ओलम्पिकको उद्घाटन समारोह सुरु भएको छ । खेलाडीहरूको परेड र ओलम्पिक दीप प्रज्वलनलगायत कार्यक्रमलाई १५ खण्डमा विभाजन गरिएको छ ।

२४औँ हिउँदे ओलम्पिक खेलकुदको उद्घाटन समारोह पैचिङ राष्ट्रिय स्टुटियोमा आयोजना भएको हो ।

चीनका राष्ट्राध्यक्ष सी चिनफिङ, अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीका अध्यक्ष थोमास बाच, संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसलगायत अन्तर्राष्ट्रिय संगठनका जिम्मेवार व्यक्ति समारोहमा सरीक भएका छन् । समारोहमा रूसका राष्ट्रपति भ्लादिमिर पुटिनलगायत ३० भन्दा बढी मुलुकका नेता पनि उपस्थित भएका छन् ।

मधुर बत्तीहरूको प्रकाशसँगै २४ सेकेण्ड गन्ती गरी भव्य सजावटसहितको उद्धघाटन समारोह सुरू गरिएको हो ।
चिनियाँ जनताले समयको बुझाइलाई झल्काउँदै यो समारोहको अन्तिम सेकेण्डको गणना गर्न प्रयोग गरिएको हो । सन् २०२२ को शीतकालीन ओलम्पिकको उद्घाटन र चिनियाँ पर्व ‘स्प्रिङ फेस्टिवलको सुरुवात’ संयोगवस एकै दिन परेको छ । वर्षको २४ सौर्यकाल मध्ये पहिलो अवधिलाई स्प्रिङ पर्वका रूपमा एक महिनासम्म मनाउने चिनियाँ चलन छ । शीतकालीन ओलम्पिक पनि यसै चिनियाँ फेस्टिबलको समय परेकोले चिनियाँहरूले यसलाई दोहोरो खुशीका रूपमा मनाउने बताएका छन् ।
चीनको राजधानी बेइजिङको बर्ड्स नेस्ट स्टेडियममा पाँचदेखि ७० वर्षभन्दा बढी उमेर समूहका नृतङ्गनाहरूले प्रदर्शन गरेका छन् ।

‘स्क्वायर डान्स’ साधारण चिनियाँ जनताको सिर्जना हो र यो समारोहमा निकै लोकप्रिय हुने मानिएको छ ।
‘स्क्वायर डान्स’ ठूला वा साना सहरका सार्वजनिक चोकहरूमा मानिसहरू हर्षोल्लासका साथ गीत गाउन र नाच्न एकसाथ भेला हुनेगर्छन् । कोरियोग्राफ गरिएको यस प्रदर्शनले ओलम्पिक शीतकालीन खेललाई स्वागत गर्दा चिनियाँ जनताको भावना प्रकट हुने भएकाले यसलाई पनि समारोहमा समावेश गरिएको हो । सिन्ह्वा

वि.सं.२०७८ माघ २१ शुक्रवार २१:०३ मा प्रकाशित

मध्यपूर्वमा जारी सङ्कटले १९४ अर्ब डलरसम्मको आर्थिक क्षति हुनसक्ने राष्ट्रसङ्घको चेतावनी

मध्यपूर्वमा जारी सङ्कटले १९४ अर्ब डलरसम्मको आर्थिक क्षति हुनसक्ने राष्ट्रसङ्घको चेतावनी

बेरूत ।   मध्यपूर्वमा जारी सङ्कटले अरब मुलुकको अर्थतन्त्रमा १९४ अर्ब...

येन ४० वर्षयताकै कमजोर, विदेशी विनिमय बजारमा हस्तक्षेपको तयारीमा जापान

येन ४० वर्षयताकै कमजोर, विदेशी विनिमय बजारमा हस्तक्षेपको तयारीमा जापान

टोकियो । अमेरिकी डलरको तुलनामा जापानी मुद्रा येन ४० वर्षयताकै...

कङ्गोमा इबोला सङ्क्रमित एक हजार ३०७ पुगे, सामूहिक भेलामा रोक

कङ्गोमा इबोला सङ्क्रमित एक हजार ३०७ पुगे, सामूहिक भेलामा रोक

किन्शासा ।  प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआरसी)मा इबोला भाइरस सङ्क्रमितको सङ्ख्या...

युरोपमा बढ्दो तापक्रम, नौ करोड ५० लाखभन्दा बढी मानिस प्रभावित

युरोपमा बढ्दो तापक्रम, नौ करोड ५० लाखभन्दा बढी मानिस प्रभावित

पेरिस  । युरोपमा यस वर्षको ग्रीष्मयामको सुरुमै देखिएको तीव्र गर्मीको...

विश्वकप फुटबलः स्विडेनलाई पराजित गर्दैै फ्रान्स अन्तिम १६ मा

विश्वकप फुटबलः स्विडेनलाई पराजित गर्दैै फ्रान्स अन्तिम १६ मा

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा फ्रान्स...

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

काठमाडौँ । फिफा विश्वकप–२०२६ फुटबल प्रतियोगिताअन्तर्गत राउण्ड अफ ३२ को खेलमा...