back
CTIZAN AD

कङ्गोमा इबोला सङ्क्रमित एक हजार ३०७ पुगे, सामूहिक भेलामा रोक

वि.सं.२०८३ असार १७ बुधवार

123 

shares
किन्शासा ।  प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआरसी)मा इबोला भाइरस सङ्क्रमितको सङ्ख्या एक हजार ३०७ पुगेको छ । सङ्क्रमणका कारण हालसम्म ३७७ जनाको मृत्यु भएको सरकारी अधिकारीले जनाएका छन् ।
सरकारका अनुसार आइतबारसम्म १८० जना उपचारपछि निको भएका छन् भने ६१५ जना उपचार तथा स्वास्थ्य निगरानीमा रहेका छन् । हाल इबोलाको मृत्युदर २८ दशमलव ८० प्रतिशत रहेको र सङ्क्रमितको सम्पर्कमा आएका व्यक्तिको पहिचान तथा अनुगमन (कन्ट्याक्ट ट्रेसिङ) दर ८१ दशमलव ३० प्रतिशत पुगेको छ ।
सङ्क्रमण नियन्त्रणका लागि सरकारले राजधानी किन्शासासहित त्सोपो, हाउत–उले र बास–उले प्रान्तमा सामूहिक जमघटमा प्रतिबन्ध लगाएको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार गृह मन्त्रालयले जारी गरेको परिपत्रमार्फत उक्त निर्णय कार्यान्वयनमा ल्याइएको हो ।
आन्तरिक मामिलामन्त्री ज्याकमेन शाबानीले प्रभावित प्रान्तका गभर्नरलाई पठाएको पत्रमा इबोलाको सङ्क्रमणबाट उत्पन्न बढ्दो स्वास्थ्य जोखिमलाई दृष्टिगत गर्दै प्रतिबन्ध लगाइएको उल्लेख गरिएको छ । प्रतिबन्धअन्तर्गत राजनीतिकसभा, सार्वजनिक प्रदर्शन, जुलुस तथा अन्य सामूहिक कार्यक्रम सञ्चालन गर्न नपाइने व्यवस्था गरिएको छ ।
राष्ट्रपति फेलिक्स शिसेकेदीले सोमबार राष्ट्रको स्वतन्त्रता दिवसका अवसरमा सम्बोधन गर्दै इबोला नियन्त्रणका लागि ३१९ मिलियन अमेरिकी डलर बराबरको विस्तृत कार्ययोजना तयार गरिएको जानकारी  दिए ।  उनले प्रारम्भिक आपत्कालीन कोष परिचालन गरिसकिएको र त्यसबाट प्रभावित क्षेत्रमा नियन्त्रण अभियान सञ्चालन तथा जीवनरक्षा कार्यक्रमलाई सहयोग पुगिरहेको बताए ।
राष्ट्रपति शिसेकेदीले इबोला कुनै अफवाह वा लाजमर्दो विषय नभई गम्भीर सार्वजनिक स्वास्थ्य सङ्कट भएको उल्लेख गर्दै स्वास्थ्यसम्बन्धी निर्देशन पालना गर्न, शङ्कास्पद बिरामीबारे तत्काल जानकारी दिन तथा भ्रमपूर्ण सूचनाको पछि नलाग्न नागरिकलाई आग्रह गरे ।
डीआरसीले गत मे महिनाको मध्यतिर हालको इबोला प्रकोप घोषणा गरेको थियो । त्यसयता स्वास्थ्य अधिकारीले समुदायस्तरमा भइरहेको सङ्क्रमण, जनसङ्ख्याको आवतजावत तथा केही प्रभावित क्षेत्रमा सीमित पहुँचका कारण नियन्त्रण अभियान चुनौतीपूर्ण बनेको बताएका छन् । (रासस/सिन्ह्वा)

वि.सं.२०८३ असार १७ बुधवार ०७:२३ मा प्रकाशित

मध्यपूर्वमा जारी सङ्कटले १९४ अर्ब डलरसम्मको आर्थिक क्षति हुनसक्ने राष्ट्रसङ्घको चेतावनी

मध्यपूर्वमा जारी सङ्कटले १९४ अर्ब डलरसम्मको आर्थिक क्षति हुनसक्ने राष्ट्रसङ्घको चेतावनी

बेरूत ।   मध्यपूर्वमा जारी सङ्कटले अरब मुलुकको अर्थतन्त्रमा १९४ अर्ब...

येन ४० वर्षयताकै कमजोर, विदेशी विनिमय बजारमा हस्तक्षेपको तयारीमा जापान

येन ४० वर्षयताकै कमजोर, विदेशी विनिमय बजारमा हस्तक्षेपको तयारीमा जापान

टोकियो । अमेरिकी डलरको तुलनामा जापानी मुद्रा येन ४० वर्षयताकै...

युरोपमा बढ्दो तापक्रम, नौ करोड ५० लाखभन्दा बढी मानिस प्रभावित

युरोपमा बढ्दो तापक्रम, नौ करोड ५० लाखभन्दा बढी मानिस प्रभावित

पेरिस  । युरोपमा यस वर्षको ग्रीष्मयामको सुरुमै देखिएको तीव्र गर्मीको...

विश्वकप फुटबलः स्विडेनलाई पराजित गर्दैै फ्रान्स अन्तिम १६ मा

विश्वकप फुटबलः स्विडेनलाई पराजित गर्दैै फ्रान्स अन्तिम १६ मा

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा फ्रान्स...

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

काठमाडौँ । फिफा विश्वकप–२०२६ फुटबल प्रतियोगिताअन्तर्गत राउण्ड अफ ३२ को खेलमा...

विश्वकप फुटबलः अफ्रिकालाई पराजित गर्दै क्यानडा प्रिक्वार्टरफाइनलमा प्रवेश

विश्वकप फुटबलः अफ्रिकालाई पराजित गर्दै क्यानडा प्रिक्वार्टरफाइनलमा प्रवेश

काठमाडौँ । दक्षिण अफ्रिकालाई हराउँदै क्यानडा फिफा विश्वकप फुटबल २०२६...