५ माघ, काठमाडौँ । भारत र वेस्टइंडिज बिचको पहिलो एकदिवसीयमा भारतले टस जितेर पहिले बलिङ्ग गर्ने भएको छ ।
रोहित शर्माले भारतीय टिमको कप्तानी गर्दै छन भने काइरन पोलार्डले वेस्टइंडिजको कप्तानी गर्दै छन । भारतका एकदिवसीय क्रिकेट टिमका उपकप्तान केएल राहुल भने यस खेलका लागि उपलब्ध रहेका छैनन् । उनको स्थानमा इशान किशनले मौका पाएका छन ।
त्यसैगरी भारतका लागि आज दिपक हुड्डाले एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा डेब्यू गर्न गईरहेको छन । इशान किसन, प्रसिद्ध कृष्ण, वाशिंगटन सुन्दरले पनि प्लेइङ्ग ११ मा मौका पाएका छन । त्यसैगरी वेस्टइंडिजका लागि पनि केमार रोच, ड्यारेन ब्राभो र फेबियन एलेन टिममा पर्न सफल भएका छन ।
यी दुई टिम बिचको पहिलो एकदिवसीय नेपाली समय अनुसार १:४५ बाट सुरु हुने छ ।
भारतको प्लेइङ्ग-११
रोहित शर्मा , इशान किशन, विराट कोहली, ऋषभ पन्त, सूर्यकुमार यादव, दीपक हुडा, वाशिंगटन सुन्दर, शार्दुल ठाकुर, युजवेन्द्र चहल, प्रसिद्ध कृष्ण, मोहम्मद सिराज ।
वेस्टइंडिजको प्लेइङ्ग-११
ब्रान्डन किंग, शाई होप, शामरह ब्रुक्स, ड्यारेन ब्राभो, निकोलस पूरन, काइरन पोलार्ड , जेसन होल्डर, फेबियन एलेन, अल्जारी जोसेफ, केमार रोच, अकेल होसेन ।
वि.सं.२०७८ माघ २३ आइतवार १३:४० मा प्रकाशित


























