काठमाण्डौ । गायिका रचना रिमाल र मणी सुन्दर लिम्बुको स्वरमा रहेको “तिम्रो आखाँमा” गीतको भिडियो सार्वजनिक भएको छ । गीतको भिडियो शनिबार क्रान्ति सुब्बा युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।
दिपेन्द्र खड्काको शब्द तथा मणी सुन्दर लिम्बुको संगीतमा तयार गरिएको गीतमा प्रेमील युवा जोडि विचको प्रेम प्रसंगलाई गीतमा समेटिएको छ । प्रवेश राईको छायाँकन , सम्पादन तथा निर्देशनमा भिडियो तयार गरिएको छ । गीतको भिडियोलाई क्रान्ति सुब्बाले पोडक्सन गरेका हुन् ।
भिडियो :
वि.सं.२०७८ माघ २३ आइतवार १३:१६ मा प्रकाशित




























