back
CTIZAN AD

प्रधानमन्त्री भेट्न वालुवाटार जाँदै एमाले अध्यक्ष ओली

वि.सं.२०७८ माघ २३ आइतवार

648 

shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार जाने भएका छन् ।

प्रधानमन्त्री पदबाट हटेको सातमहिनापछि पहिलोपटक ओली र देउवाको आज दिउँसो ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा भेटघाटको कार्यक्रम रहेको ओलीको सचिवायल श्रोतले जनाएको छ ।

प्रमुख प्रतिपक्षी दलका नेता समेत रहेका ओली र देउवाको भेटघाटमा स्थानीयतहको निर्वाचन, एमसीसी लगायतका विषयमा छलफल हुने पनि बताइएको छ ।

यसअघि प्रधानमन्त्रीले डाकेको सर्वदलीय बैठकमा उपस्थित नभएका ओली योपटक भने बालुवाटार जाने तयारीमा रहेको स्रोतले जनाएको छ । केही दिन अगाडि प्रधानमन्त्री देउवा ओलीलाई भेट्न ओली निवास बालकोटनै पुगेका थिए ।

यतिबेला अमेरिकी परियोजना एमसीसी सम्झौतालाई संसदमा प्रवेश गराएर संसदबाटै अनुमोदन गराउने पक्षमा देउवा रहेका छन् भने सत्ता गठबन्धन दलभित्रकै नेकपा माओवादी केन्द्र र एकिकृत समाजवादी पार्टी एमसीसी सम्झौतामा रहेका केही असहमतिका बुँदाहरुलाई संशोधन गरेर मात्र पास गर्न सकिने अडान लिइरहेका छन् ।

नेकपा एमालेले सभामुख अग्नि सापकोटालाई हटाउन प्रस्ताव ल्याएमा कांग्रेसलाई सघाउने बताउँदै आएको छ । यद्यपी एमसीसीको विषयमा भने एमालेले केही समय आफ्ना धारणा सार्वजनिक नगर्ने बताउँदै आएको छ । माघ १९ गते बसेको पार्टीको सचिवालय बैठकले स्थानीय निकायको निर्वाचन मिति नजिकिएकोले त्यसको तयारीमा लाग्ने निर्णय गरेको समेत बताएको थियो । file photo

वि.सं.२०७८ माघ २३ आइतवार १३:४७ मा प्रकाशित

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

काभ्रेपलाञ्चोक । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारले नेपालमै गुणस्तरीय...

सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान

सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता वालेन्द्र...

राष्ट्रव्यापी सामुदायिक उत्सवमार्फत यामाहाले मनायो आफ्नो ७१ औं वार्षिकोत्सव

राष्ट्रव्यापी सामुदायिक उत्सवमार्फत यामाहाले मनायो आफ्नो ७१ औं वार्षिकोत्सव

काठमाडौं । यामाहा मोटर कम्पनीले हरेक वर्ष जुलाई १ लाई...

बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री गरेमा कारबाही गर्ने विभागको चेतावनी

बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री गरेमा कारबाही गर्ने विभागको चेतावनी

काठमाडौँ । पशुसेवा विभागले बर्डफ्लु सङ्क्रमण भएका कुखुरा, हाँस, बट्टाइलगायत...

आज यी चार प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना !

आज यी चार प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले आज पनि...

पूर्वसांसद कोइरी पार्टी कार्यालयबाट पक्राउ

पूर्वसांसद कोइरी पार्टी कार्यालयबाट पक्राउ

महोत्तरी । नेकपा (एमाले)का नेता एवं प्रतिनिधिसभाका पूर्वसदस्य महोत्तरीको गौशाला–२...