back
CTIZAN AD

हिउँले ल्यायो किसानमा खुशी

वि.सं.२०७८ माघ २३ आइतवार

519 

shares

बनेपा । काभ्रेपलाञ्चोकको अग्लो भेग महाभारत पहाडको उच्च भागमा परेको हिउँ अझै पग्लिएको छैन । बिहीबार रातिदेखि शनिबार बिहानसम्म परेको हिउँ खेल्न युवा रमाउँदै डाँडाकाँडा दैडिनेको भीड अझै छ ।

जिल्लाकै अग्लो भाग बेथानचोक गाउँपालिकाको बेथानचोक नारायणस्थानडाँडा हिउँले झपक्कै ढाकेको छ । हिउँ परेका कारण बारीमा पाक्दै गरेको अन्नबाली नष्ट भए पनि अब लगाउने अन्नबाली सप्रिने आशामा छन् यहाँका किसान । करिब दुई दिनससम्म परेको हिउँका कारण यातायात ठप्प भएपछि हिँडेर ढुङ्खर्क बजार पुगेका बोथानचोक गाउँपालिका–१ च्यामम्राङबेँसी कलङसिका दुर्गप्रसाद हुमागाईँले बूढाबूढीका लागि कष्टकर भए पनि अब लगाउने अन्न बाली फस्टाउने आशामा रहेको बताए ।

हिमपातका कारण यातायातका साधन नचलेकाले करिब साढे दुई घण्टा हिँडेर शनिबार ढुङ्खर्क बजारमा खाद्यान्न र मरमसला किन्न आईपुगेका अलि मन खिन्न बनाएर भने, “बारीमा लगाएको तोरी, जाँै, गहुँ सबै नष्ट गर्यो । बारीमा सेताम्य भएर छोपेको हिउँको थुप्राले सबै बाली नष्ट भए पनि अब गर्ने खेती सप्रिन्छ होला ।” विसं २०६१÷६२ तिर परेको हिउँको सम्झना गर्दै उनले अहिले त्यसपछिको धेरै हिउँ परेको समय भएकाले केही क्षति व्यहोर्नु परे पनि अब गर्ने खेती राम्रो हुने बताए ।

बेथानचोक गाउँपालिका–३ का ठाकुर तिमल्सिनाले हिउँ परेपछि जमिन चिसो हुने र खेतीपातीका लागि राम्रो हुने बताए । “केही क्षति त सहनै पर्छ, तर अब आउने दिन हामी किसानका लागि हिउँले धेरै खुशी ल्याएको छ”, उनले भने, “पाकेको बाली र उम्रँदै गरेको बाली हिउँले थिचेपछि त सबै सखाप हुन्छ, तर अब गर्ने खेती निकै राम्रो हुन्छ ।”

बिहीबार रातिदेखि परेको हिमपातका कारण जिल्लाका उच्च भागमा असर परेको छ । जिल्लाको कोसीपारिको अग्लो भाग भूम्लु गाउँपालिकाको चौबासडाँडा, तेमालको नारायणस्थानलगायत रोशी र बेथाचनोकको अग्लो भाग महाभारत क्षेत्रका अधिकांश भू–भागमा हिउँ परेपछि चिसो बढेको हो । अग्लो भू–भाग भएको बेथानचोकको कामीडाँडा, बेथानचोक नारायणस्थानका डाँडा अझै पनि हिउँले ढाकिएका छन् । हिउँ परेपछि पर्यटकीय क्षेत्र बोथानचोक नारायणस्थानडाँडा र ढुङ्खर्क, गोवभञ्ज्याङलगायतका ठाउँमा शनिबार विभिन्न ठाउँबाट हिउँ खेल्न जानेको भीड थियो ।

वि.सं.२०७८ माघ २३ आइतवार १५:४१ मा प्रकाशित

राष्ट्रव्यापी सामुदायिक उत्सवमार्फत यामाहाले मनायो आफ्नो ७१ औं वार्षिकोत्सव

राष्ट्रव्यापी सामुदायिक उत्सवमार्फत यामाहाले मनायो आफ्नो ७१ औं वार्षिकोत्सव

काठमाडौं । यामाहा मोटर कम्पनीले हरेक वर्ष जुलाई १ लाई...

बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री गरेमा कारबाही गर्ने विभागको चेतावनी

बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री गरेमा कारबाही गर्ने विभागको चेतावनी

काठमाडौँ । पशुसेवा विभागले बर्डफ्लु सङ्क्रमण भएका कुखुरा, हाँस, बट्टाइलगायत...

आज यी चार प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना !

आज यी चार प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले आज पनि...

पूर्वसांसद कोइरी पार्टी कार्यालयबाट पक्राउ

पूर्वसांसद कोइरी पार्टी कार्यालयबाट पक्राउ

महोत्तरी । नेकपा (एमाले)का नेता एवं प्रतिनिधिसभाका पूर्वसदस्य महोत्तरीको गौशाला–२...

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौँ । सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा हिक्मतबहादुर रावललाई नियुक्त...

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

काठमाडौँ । ट्राफिक प्रहरीले गोँगबुस्थित नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी...