बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले कर्मचारीको माग गरेको छ ।
अस्पतालको विभिन्न पदमा खुल्ला प्रतियोगिताबाट करार सेवामा कर्मचारी पदपुर्ति गर्नुपर्ने भएकाले इच्छुक व्यक्तिले दरखास्त दिन आव्हान गरिएको छ ।
लिखित र अन्तवार्ता दुवै प्रक्रियाबाट चयन गरिने उक्त पदका कर्मचारीको कार्य अवधि २०७९ असारसम्म हुने बताइएको छ ।
अस्पतालले ५ औं तहका ४० जना स्टाफ नर्सको माग गरेको हो ।

वि.सं.२०७८ माघ २३ आइतवार १५:३७ मा प्रकाशित






























