२३ माघ, काठमाडौँ । साताको पहिलो दिन आइतबार सेयर बजार (नेप्से) ४० दशमलब ५७ अकंले घटेर २८३६ दशमलब १७ विन्दुमा पुगेको छ । त्यस्तै ठूला कम्पनीहरुकोे कारोबार मापक सेन्सेटिभ पनि ७ दशमलब ७३ अकंले घटेर ५३१ दशमलब ९२ विन्दुमा पुगेको छ ।
आज कुल सूचिकृतमध्ये २२८ कम्पनीको ५ अर्ब ८३ करोड ६४ लाख १४ हजार ५१० रुपैंया बराबरको १ करोड ६ लाख ५१ हजार ७५४ कित्ता सेयर किनबेच भएको छ । तिनको कारोबारमा ७३ हजार १ सय ९२ पटक लेनदेन भएको हो ।
कारोबार रकमको आधारमा अरुण भ्याली हाईड्रोपावर, नेपाल लाईफ इन्स्योरेन्स, अपी पावर, नेशनल हाईड्रोपावर, अपर तामाकोशी लगायतका कम्पनीहरु शिर्ष स्थानमा रहे भने कारोबार संख्याको आधारमा अरुण भ्याली हाईड्रोपावर, एचआईडिसिएल, नेशनल हाईड्रोपावर, अपी पावर, अपर तामाकोशी लगायतका कम्पनीहरु शिर्ष स्थानमा रहे ।
आज सबै भन्दा धेरै कमाउनेमा नेपाल हाईड्रो डभलपर्स, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट, शिखर इन्स्योरेन्स, साहस उर्जा लगायतका कम्पनीका लगानीकर्ताहरु परेका छन । त्यसैगरी आज विन नेपाल लघुवित्तको सेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ ।
वि.सं.२०७८ माघ २३ आइतवार १५:३५ मा प्रकाशित



























