काठमाडौं । नेपाली कांग्रेसको प्रवक्तामा डा. प्रकाशशरण महत नियुक्त भएका छन् ।
कांग्रेस सभापति शेरबहादुर देउवाले डा. महतलाई सोमवार पार्टी प्रवक्ताको जिम्मेवारी दिएका हुन् ।
पार्टीको हालै सम्पन्न १४ औं महाधिबेशनमा डा. महत महामन्त्रीमा पराजित भएका थिए । महत देउवा प्यानलबाटै चुनाव लडेका थिए ।
डा. महत यसअघि सहमहामन्त्री थिए भने प्रवक्ता रहेका विश्व प्रकाश शर्मा हाल महामन्त्री रहेका छन् ।
वि.सं.२०७८ माघ २४ सोमवार १२:३१ मा प्रकाशित






























