back
CTIZAN AD

के सभामुख हटाउन एमालेलाई सहज छ ? संसदको अंकगणित यस्तो

वि.सं.२०७८ माघ २४ सोमवार

687 

shares

काठमाडौं । नेकपा (एमाले)ले सभामुख अग्निप्रसाद सापकोटाको बर्हिगमनलाई एक सुत्रीय एजेण्डा बनाएको छ । उसले संसद खोल्नको निम्ति नै सापकोटाको बर्हिगमन हुनुपर्ने अडान राखेको छ ।

आइतबार बालुवाटारमा भएको शीर्ष नेताहरुको बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले सभामुख सापकोटाको बर्हिगमनको अडान स्पष्ट रुपमा राखेका थिए । उनले सभामुखको बर्हिगमन नगरीकन संसद चल्न नसक्ने स्पष्ट पारेका थिए । कि एमालेले कारबाही गरेका सांसदलाई कारबाहीको सूचना टाँस्नुपर्ने कि सभामुख सापकोटाले मार्गप्रशस्त गर्नुपर्ने अडान ओलीको थियो ।

सभामुख सापकोटाको राजीनामाको माग गर्दै आएको एमालेले कांग्रेससँगको पटक–पटकका वार्तामा पनि सभामुखलाई हटाउने सर्तमा सहयोग गर्न सकिने बताएको थियो । एमालेले सभामुख सापकोटालाई हटाउन सहयोग गरे एमसीसी पारित र सरकार सञ्चालनमा समर्थन गर्ने बताएको थियो ।

एमालेले एक सुत्रीय एजेण्डा बनाइरहेको अवस्था सभामुख सापकोटाको बर्हिगमन के सहज छ भन्ने विषय प्रश्नको रुपमा उठेको छ । के एमालेसँग सभामुख सापकोटालाई हटाउने अंकगणित छ भन्ने प्रश्न तेर्सिएको छ ।

संवैधानिक व्यवस्थाअनुसार एक चौथाई सांसदले महाभियोगको प्रस्ताव ल्याउन सक्ने भएपनि हटाउन भने दुई तिहाई बहुमत सांसदको समर्थन आवश्यक हुन्छ । एमालेले अहिले सभामुख सापकोटाविरुद्वको महाभियोग प्रस्ताव ल्याउने तयारी गरिरहेको छ । तर, उसको प्रस्तावमाथि तत्कालै दुई तिहाई समर्थन देखिन्न ।

एमालेले एमसीसीको विषयलाई लिएर धुव्रीकरण गराउन खोजेको भएपनि एमसीसीकै कारण दुई तिहाई पुर्याउन थप जटिल देखिन्छ । कुल २ सय ७१ सांसदमध्ये दुई तिहाईका लागि १८१ सांसदको समर्थन आवश्यक हुन्छ ।

प्रतिनिधिसभामा हाल एमालेका ९७, कांग्रेसका ६१, माओवादी केन्द्रका ४८, एकीकृत समाजवादीका २३, जनता समाजवादीका १८ र लोसपाका १३ सांसद छन् । जसअनुसार एमाले र कांग्रेस मिल्दा पनि थप २३ सांसदको सहयोग चाहिन्छ । तर, एमाले र कांग्रेसलाई लोसपाले समर्थन दिन सक्ने भएपनि जसपाले सहयोग गर्न सम्भव देखिन्न ।

एमसीसीको विषयमा विभाजित जसपा सभामुखको विरुद्व उभिने अवस्थामा छैन् । जसपाका स्वंय नेता उपेन्द्र यादवले सबै दलहरूबीच सहमति नगरी एमसीसी अघि नबढाउने बताएका छन् । साथै माओवादी केन्द्र र एकीकृत समाजवादी नजिक देखिएका उनी एमालेको प्रस्तावको पछि लाग्ने अवस्थामा छैनन् । जसपा फुटाउन एमाले नै कारक बनेको कारण एमालेकै प्रस्तावमा उनी पछि लाग्ने अवस्था देखिन्न ।

वि.सं.२०७८ माघ २४ सोमवार १२:१७ मा प्रकाशित

सरकारका आधिकारिक दस्तावेज मोबाइलबाट ‘स्क्यान’ नगर्न निर्देशन

सरकारका आधिकारिक दस्तावेज मोबाइलबाट ‘स्क्यान’ नगर्न निर्देशन

काठमाडौँ । सरकारी कामकाजका आधिकारिक कागजात मोबाइल एप प्रयोग गरी...

विद्यालयबाट फर्किने क्रममा बेपत्ता बालिका खोलामा मृत भेटिइन्

विद्यालयबाट फर्किने क्रममा बेपत्ता बालिका खोलामा मृत भेटिइन्

घोडाघोडी (कैलाली) । कैलालीमा विद्यालयबाट घर फर्किने क्रममा सम्पर्कविहीन भएकी...

जलवायु उत्थानशीलता अभिवृद्धि गर्न नेपाललाई ८.५ मिलियन अमेरिकी डलर अनुदान

जलवायु उत्थानशीलता अभिवृद्धि गर्न नेपाललाई ८.५ मिलियन अमेरिकी डलर अनुदान

काठमाडौँ । हरित जलवायु कोष (जिसिएफ) बोर्डको ४५औँ बैठकले नेपालमा...

सिटिजन्स बैंकद्वारा बिश्रामपुर, बारामा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न 

सिटिजन्स बैंकद्वारा बिश्रामपुर, बारामा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न 

काठ्माडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

मानुुषी लघुवित्तको साधारण सभा सम्पन्न मर्जर प्रस्ताव पारित

मानुुषी लघुवित्तको साधारण सभा सम्पन्न मर्जर प्रस्ताव पारित

काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको सातौं वार्षिक साधारण...

प्रभु बैंक लिद्धारा त्रिभुवन विश्वविद्यालयलाई डिजिटल बोर्ड हस्तान्तरण

प्रभु बैंक लिद्धारा त्रिभुवन विश्वविद्यालयलाई डिजिटल बोर्ड हस्तान्तरण

काठमाडौँ । काठमाण्डौ महानगरपालिका, वडा नं ११, बबरमहल स्थित प्रभु...