back
CTIZAN AD

धवल पुरस्कार न्यौपाने र श्रेष्ठलाई प्रदान गरिने

वि.सं.२०७८ माघ २४ सोमवार

651 

shares

रामपुर । गत वर्षको धवल पुरस्कार वरिष्ठ साहित्यकार नीलकण्ठ न्यौपाने र धवल सिर्जना पुरस्कार सांस्कृतिक नगर तानसेन कृतिका लेखक निर्मल श्रेष्ठलाई प्रदान गरिने भएको छ । धवल पुस्तकालय सञ्चालक समितिको आइतबार बसेको बैठकले उक्त निर्णय गरेको हो ।

धवल पुरस्कार सिफारिस समितिको निर्णयलाई अनुमोदन गरी धवल पुरस्कार न्यौपाने र धवल सिर्जना पुरस्कार श्रेष्ठलाई प्रदान गर्ने निर्णय गरिएको हो । धवल पुस्तकालय, पाल्पाद्वारा स्थापित सो पुरस्कारको राशि जनही रु २५ हजार रहेको छ । पूर्वखोला ३, रिङनेरहका साहित्यकार न्यौपाने भाषा, साहित्य र संस्कृतिका क्षेत्रमा साधनारत तथा अठार महापुराणका वाचकसमेत हुनुहुन्छ । यस्तै तानसेन ३ का श्रेष्ठ सांस्कृतिक नगर तानसेन द लिभिङ म्युजियम कृतिका लेखक हुनुहुन्छ ।

पुरस्कार आगामी फागुन ७ गते प्रजातन्त्र दिवसका दिन प्रदान गरिने पुस्तकालयका महासचिव राजेशकुमार अर्यालले बताए । पुस्तकालयले अब प्रत्येक वर्ष धवल पुरस्कार र धवल सिर्जना पुरस्कार प्रदान गर्नेछ । विसं १९८३ मा स्थापना भएको धवल पुस्तकालय नेपालकै पहिलो सार्वजनिक पुस्तकालय हो ।

वि.सं.२०७८ माघ २४ सोमवार १२:०७ मा प्रकाशित

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

तानसेन (पाल्पा) । एक दशकअघिसम्म पाल्पाका फाँटहरूमा असार लागेसँगै हल...

भाइद्वारा दाजुको हत्या

भाइद्वारा दाजुको हत्या

नेपालगञ्ज । बाँके प्रहरीले कोहलपुरमा आफ्नै सहोदर दाजुको हत्या गरेको...

हत्या अभियोगमा जीतबहादुरलाई २६ वर्ष कैद

हत्या अभियोगमा जीतबहादुरलाई २६ वर्ष कैद

पर्वत । मोदी गाउँपालिका–६, तिलाहारका ५१ वर्षीय जीतबहादुर विकलाई आफ्नै...

अर्घाखाँचीमा साठी हजार टिमुरका बिरुवा रोपिँदै

अर्घाखाँचीमा साठी हजार टिमुरका बिरुवा रोपिँदै

अर्घाखाँची । डिभिजन वन कार्यालयले जिल्लामा टिमुरखेती प्रवद्र्धन गर्न ६०...

सिक्टा नहरको पानीले किसानलाई राहत, धमाधम रोपाइ गर्दै

सिक्टा नहरको पानीले किसानलाई राहत, धमाधम रोपाइ गर्दै

रुपनी जिएम, जानकी (बाँके)। पर्याप्त वर्षा नहुँदा पनि सिक्टा सिँचाइ आयोजनाबाट...

अत्यधिक गर्मी बढेपछि लमहीका विद्यालय चार दिन बिदा

अत्यधिक गर्मी बढेपछि लमहीका विद्यालय चार दिन बिदा

घोराही (दाङ) । लमही नगरपालिकाले पछिल्लो समय अत्यधिक गर्मी बढेपछि...