back
CTIZAN AD

विद्यार्थीलाई पोसाक वितरण

वि.सं.२०७८ माघ २४ सोमवार

873 

shares

बनेपा । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका-७ स्थित इन्द्रेश्वर माध्यमिक विद्यालयका विद्यार्थीलाई सरस्वती पूजाको अवसर पारेर पोसाक (ट्रयाकसुट) वितरण गरिएको छ । सोही विद्यालयबाट २०४५ सालमा एसएलसी परीक्षा दिएका विद्यार्थीको समूहले सो पोसाक वितरण गरेको हो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पुरुषोत्तम कर्माचार्यका अनुसार २१० विद्यार्थीलाई पोसाक वितरण गरिएको छ । उक्त समूहले जेहेन्दार र आर्थिक अवस्था कमजोर भएका विद्यार्थीका लागि अक्षयकोष स्थापना गर्ने तयारीसमेत गरेको छ । कोरोना सङ्क्रमणका कारण विद्यालय प्रशासनलाई पोसाक हस्तान्तरण गरिएको एसएलसी समूह २०४५ का अध्यक्ष लक्ष्मी दाहालले बताए ।

प्रधानाध्यापक उमारुद्र बस्नेतले उक्त पोसाक विद्यालय सञ्चालन भएपछि वितरण गरिने बताए । उक्त समूहले पनौती नगरपालिका वडा नं ५ ठाडोबाटोस्थित रियल नेपालमा अध्ययनरत आठ न्यून दृष्टिविहीन विद्यार्थीलाईसमेत ट्रयाकसुट वितरण गरेको आयोजकले जनाएको छ ।
रासस

वि.सं.२०७८ माघ २४ सोमवार ११:४८ मा प्रकाशित

फिफा विश्वकप फुटबल २०२६ : मेक्सिको अन्तिम १६ मा प्रवेश

फिफा विश्वकप फुटबल २०२६ : मेक्सिको अन्तिम १६ मा प्रवेश

काठमाडौँ । इक्वेडरलाई पराजित गर्दै मेक्सिको फिफा विश्वकप फुटबल २०२६...

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको...

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

नारायणगढ,चितवन। विगत १५ वर्षदेखि व्यावसायिक केराखेती गर्दै आएका चितवनको रत्ननगर...

चितवनका विद्यार्थी धान रोप्न सिक्दै

चितवनका विद्यार्थी धान रोप्न सिक्दै

काठमाडौँ ।  राष्ट्रिय धान दिवस । देशभर किसान र विभिन्न...

उही प्रकृतिका बेरुजु दोहोरिनु वित्तीय अनुशासन र सुशासनका दृष्टिले चिन्ताको विषय हो : सभामुख अर्याल

उही प्रकृतिका बेरुजु दोहोरिनु वित्तीय अनुशासन र सुशासनका दृष्टिले चिन्ताको विषय हो : सभामुख अर्याल

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले विश्वभर सार्वजनिक लेखापरीक्षणमा प्रयोग भइरहेको...

राष्ट्रियसभा बैठक : जातीय भेद्भाव हटाउन माग

राष्ट्रियसभा बैठक : जातीय भेद्भाव हटाउन माग

काठमाडौँ । राष्ट्रियसभाका सांसदहरुले जातीय भेद्भाव हटाउन, स्वास्थ्य बिमा कार्यक्रमलाई...