back
CTIZAN AD

हेटौँडा सिमेन्ट उद्योग डेढ महिनादेखि महाप्रबन्धकविहीन

वि.सं.२०७८ माघ २५ मंगलवार

696 

shares

२५ माघ, काठमाडौँ । सरकारी स्वामित्वमा सञ्चालित हेटौँडा सिमेन्ट उद्योग विगत डेढ महिनादेखि महाप्रबन्धकविहीन भएको छ । महाप्रबन्धक प्रेमशङ्कर सिंहको कार्यकाल सकिएसँगै उद्योग महाप्रबन्धकविहीन भएको उद्योग प्रशासनले जनाएको छ ।

पुसमा सिंहको कार्यकाल सकिएको भए पनि हालसम्म नयाँ महाप्रबन्धक नियुक्ति प्रक्रिया अगाडि बढन् नसकेकाले उद्योगको काम लथालिङ्ग भएको त्यहाँ कार्यरत प्राविधिक तथा कर्मचारीको भनाइ छ । साथै महाप्रबन्धकको समस्यासँगै हाल उद्योगको सिमेन्ट उत्पादन र बिक्रीसमेत ठप्प भएको बताइएको छ । उद्योगको ढुङ्गा धुलो पकाउने मेसिन ९किल्न० बिग्रिएर सिमेन्ट उत्पादन बन्द भएको हो ।

उद्योगको उत्पादन बन्द भएको एक महिनाभन्दा बढी भइसकेको छ भने पुस २६ गतेदेखि सिमेन्ट नहुँदा बिक्रीसमेत बन्द भएको बताइएको छ । बिग्रिएको मेसिन ९किल्न० चलाउनका लागि उदयपुर सिमेन्ट उद्योगसँग आवश्यक इँटा र मेसिन सापटी लिएर मर्मतको काम भइरहेको र केही दिनमा उत्पादन सुरु हुने उद्योग प्रशासनले जनाएको छ । सिमेन्ट उत्पादन गर्ने मेसिन धेरै जीर्ण भइसकेकाले पटक–पटक बिग्रिने गरेको र क्षमताअनुसार उत्पादन गर्न सकेको छैन ।

यता उद्योगका मञ्जदुर सङ्घ–सङ्गठनले महाप्रबन्धक छिटो नियुक्त गर्न माग गरेका छन् । औद्योगिक मजदुर सङ्घ, नेपाल कारखाना श्रमिक सङ्घ र समग्र उद्योग ट्रेड युनियन नेपालले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवलाई सम्बोधन गर्दै संयुक्तरूपमा ध्यानाकर्षणपत्र जारी गरी महाप्रबन्धक नियुक्त गर्न माग गरेको जनाएको छ ।

ध्यानाकर्षणपत्रमा महाप्रबन्धकको कार्यकाल सकिनुअगाडि नै महाप्रबन्धकको नियुक्ति समयमा गर्न आग्रह गरेको स्मरणपत्रमा उल्लेख छ । सङ्घीय सरकारको मन्त्रिपरिषद्बाट महाप्रबन्धक नियुक्ति गर्ने व्यवस्था छ । प्रेमशङ्कर सिहंले विसं २०७१ देखि निरन्तर महाप्रबन्धकको जिम्मेवारी सम्हाल्दै आउनुभएकामा पुसदेखि उहाँको कार्यकाल सकिएको हो । हाल त्यहाँ ३४१ प्राविधिकसहित कर्मचारी रहेका छन् । हेटौँडामा रहेका निजी क्षेत्रका शिवम् र रिद्दीसिद्दी सिमेन्ट उद्योगको अवस्था भने राम्रो छ ।

वि.सं.२०७८ माघ २५ मंगलवार ११:३३ मा प्रकाशित

मानुुषी लघुवित्तको साधारण सभा सम्पन्न मर्जर प्रस्ताव पारित

मानुुषी लघुवित्तको साधारण सभा सम्पन्न मर्जर प्रस्ताव पारित

काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको सातौं वार्षिक साधारण...

प्रभु बैंक लिद्धारा त्रिभुवन विश्वविद्यालयलाई डिजिटल बोर्ड हस्तान्तरण

प्रभु बैंक लिद्धारा त्रिभुवन विश्वविद्यालयलाई डिजिटल बोर्ड हस्तान्तरण

काठमाडौँ । काठमाण्डौ महानगरपालिका, वडा नं ११, बबरमहल स्थित प्रभु...

नेपाल बैंक र ॐ समाज डेन्टल हस्पिटल प्रा.लि बीच सम्झौता

नेपाल बैंक र ॐ समाज डेन्टल हस्पिटल प्रा.लि बीच सम्झौता

काठमाडौँ । मिति २०८३ साल असार ०८ गते नेपाल बैंक...

सिटिजन्स बैंक र जय नेपाल सिनेमाजबीच समझदारी

सिटिजन्स बैंक र जय नेपाल सिनेमाजबीच समझदारी

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र जय नेपाल सिनेमाज...

इतिहास रच्दै नेपाल लाइफ: Gold Award बाट सम्मानित

इतिहास रच्दै नेपाल लाइफ: Gold Award बाट सम्मानित

काठमाडाैँ । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ...

नबिल बैंक लगातार तेस्रो पटक उत्कृष्ट गोल्ड अवार्डद्वारा सम्मानित

नबिल बैंक लगातार तेस्रो पटक उत्कृष्ट गोल्ड अवार्डद्वारा सम्मानित

काठमाडौँ। नबिल बैंक लिमिटेड बैंकिङ क्षेत्रका तीन वटा प्रतिष्ठित अवार्डबाट...