back
CTIZAN AD

प्रतिनिधिसभाको बैठक फागुन २ गतेसम्मका लागि स्थगित

वि.सं.२०७८ माघ २५ मंगलवार

708 

shares

काठमाडौं । प्रतिनिधिसभाको बैठक फागुन २ गते बस्नेगरी स्थगित भएको छ ।

संसद सचिवालयले मंगलवार संसदको संभावित कार्यसूची सहित बुधबार दिउँसो १ बजेका लागि बैठक डाकिएकोमा त्यसलाई स्थगित गर्दै ७ दिनपछि फागुन २ गतेका लागि बैठक तोकेको हो ।

संसद सचिवालयद्धारा मंगलवार बेलुका एक सूचना जारी गर्दै विशेष कारणले उक्तदिन र समायमा बैठक बस्न नसक्ने भएको जनाउँदै फागुन २ गते १ बजे बैठक बस्ने जानकारी दिएको हो ।

बुधबार बस्ने बैठकमा एमसीसी सम्झौतालाई संसदमा टेबुल गर्ने बताइएको थियो । तर, एमसीसीका विषयमा सत्तारुढ गठबन्धनभित्रै दुईमत रहेको छ । नेकपा माओवादी केन्द्रले माघ २७ गतेदेखि केन्द्रीय बैठक डाकेर एमसीसीका विषयमा ठोस निर्णय गर्ने बताउँदै आइरहेका बेला संसद बैठक पुनः स्थगित गरेर फागुन २ गतेका लागि सारिएको हो ।

यसअघि पनि फागुन १६ गते बस्ने भनिएको बैठक १० दिन पछि सारेर माघ २५ गतेलाई राखिएको थियो ।

May be an image of text that says 'प्रतितिप सभा सुर्षमेष्चि २०७ साल माघ २५ गते मंगतवार बस्ने समय परिवर्तन भएको सम्वन्धी सचना मिति २०७ር साल माघ २६ गते बुधवार दिनको १:०० वजे वस्ने गरी निर्धारण भएको प्रतिनिषि सभाको वैठक विशेप कारणले उक्त दिन र समयमा वस्न नसक्ने भएकोले प्रतिनिषि सभा नियमावली, २०७५ को नियम६ को उपनियम (३) वमोजिम सम्माननीय सभामुखज्यूल मिति २०७ साल फागुन गते सोमवार दिनको ૧:૦૦ वजे वैठक वस्ने गरी निर्घारण गर्नुभएको व्यहोरा माठ सदस्यहरुका जानकारीको लागि यो सूचना प्रकाशित गरिएको हा. भरतराज गौतम संघीय संसदको महासचिव'

वि.सं.२०७८ माघ २५ मंगलवार २२:१८ मा प्रकाशित

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

तानसेन (पाल्पा) । एक दशकअघिसम्म पाल्पाका फाँटहरूमा असार लागेसँगै हल...

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

नारायणगढ,चितवन। विगत १५ वर्षदेखि व्यावसायिक केराखेती गर्दै आएका चितवनको रत्ननगर...

पालिकाले दियो हल गोरु पाल्ने एकसय १५ कृषकलाई पाँच/पाच हजार

पालिकाले दियो हल गोरु पाल्ने एकसय १५ कृषकलाई पाँच/पाच हजार

वालिङ (स्याङ्जा) । स्याङ्जाको गल्याङ नगरपालिकाले हल गोरु पाल्ने कृषकलाई...

कर्णालीमा ४३ हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा धानखेती हुँदै

कर्णालीमा ४३ हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा धानखेती हुँदै

काँक्रेविहार (सुर्खेत)  । कर्णाली प्रदेशका १० जिल्लामा ४३ हजार २९०...

अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० सुँगुर/बङ्गुर मरे

अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० सुँगुर/बङ्गुर मरे

गोरखा । अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० भन्दा बढी सुँगुर÷बङ्गुर...

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

काठमाडौँ । फिफा विश्वकप–२०२६ फुटबल प्रतियोगिताअन्तर्गत राउण्ड अफ ३२ को खेलमा...