back
CTIZAN AD

युक्रेन संकट नबढाउने फ्रान्सका राष्ट्रपतिकाे याेजना,रुस के भन्छ?

वि.सं.२०७८ माघ २६ बुधवार

663 

shares

काठमाडाैं । फ्रान्सका राष्ट्रपति एमानुअल माँक्रोले राष्ट्रपति पुटिनले रुसी फौजले युक्रेनतर्फको सीमामा सङ्कट नबढाउनेमा आफूलाई आश्वास्त पारेको बताएका छन्।

रुसले भने सुनिश्चितता खोज्ने कुनै पनि सुझाव ‘ठिक नभएको’ जनाएको छ।

यो साता राष्ट्रपति माँक्रो कूटनीतिक भ्रमणका क्रममा सोमवार मस्कोमा भ्लादिमिर पुटिनसँग झण्डै ६ घण्टा बिताएर मङ्गलवार युक्रेनको राजधानी किएभ पुगेका थिए।

युक्रेनी नेतालाई भेट्नुअघि पत्रकारहरूसँग बोलेका माँक्रोले भने, “मैले त्यहाँको अवस्था थप नबिग्रने वा नगहिरिने सुनिश्चितता सुरक्षित गरेको छु।”

फ्रान्स र रुसले के भनिरहेका छन् ?

त्यसपछि माँक्रो बर्लिन पुगेर जर्मन चान्सलर र पोल्याण्डका राष्ट्रपतिसँग छलफल गर्दै युक्रेनको सार्वभौमसत्ताका पक्षमा संयुक्त प्रतिबद्धता व्यक्त गरेका छन्।

यसैबीच युरोपेली सङ्घका विदेशनीति प्रमुख जोसेफ बोरेलले माँक्रोको रुस भ्रमणले मुडभेड रोक्न सक्ने केही सम्झौताको विन्दू देखाएको बताएका छन्।

फ्रान्सका एकजना अधिकारीले पत्रकारहरूसँग बोल्दै दुई नेताहरू बेलारुसबाट रुसी सेना फिर्ता गर्ने विषयमा सहमत भएको जनाएका थिए।

बेलारुसमा युक्रेनतर्फको उत्तरी सीमामा रुसी सेनाहरू अभ्यास गरिरहेका छन्। क्रेमलिनका प्रवक्ताले चाहिँ माँक्रोसँग कुनै सम्झौता नभएको तर एउटा विन्दूमा त्यहाँबाट फौजहरू रुस फर्कने अपेक्षा गरिएको बताए।

युक्रेनी राष्ट्रपतिको आग्रह

किएभमा माँक्रोसँगको एक पत्रकार सम्मेलनमा बोलेका युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्सीले अब त्यहाँ ‘वार्ताहरू अगाडि बढाउने अवसर देखिएको’ बताएका थिए।

त्यस क्रममा जेलेन्सीले पुटिनलाई तनाव घटाउन गम्भीर कदमहरू चाल्न आग्रह गरे। यतिखेर रुसले युक्रेनतर्फको सीमामा एक लाखभन्दा धेरै सैनिक तैनाथ गरेको भए पनि हमलाको तयारी गरिराखेको भन्ने आरोपलाई अस्वीकार गर्दै आएको छ।

अमेरिकी अधिकारीहरूले आइतवार रुसले पूर्ण आकारको हमलाका लागि चाहिने सेनााको ७० प्रतिशत फौज भेला पारिसकेको बताएका थिए। बीबीसीबाट

वि.सं.२०७८ माघ २६ बुधवार १६:३९ मा प्रकाशित

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौँ । सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा हिक्मतबहादुर रावललाई नियुक्त...

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

काठमाडौँ । ट्राफिक प्रहरीले गोँगबुस्थित नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी...

दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ

दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ

कर्णाली । कर्णाली राजमार्गको दैलेख सडकखण्डमा दुर्घटनाग्रस्त यात्रुवाहक फोर्स गाडी...

सरकारका १०० दिनः शासकीय सुधारसम्बन्धी सञ्चारअन्तर्गत सम्पन्न भएका कार्य

सरकारका १०० दिनः शासकीय सुधारसम्बन्धी सञ्चारअन्तर्गत सम्पन्न भएका कार्य

काठमाडौँ । सरकारले अघि सारेको ‘शासकीय सुधारसम्बन्धी १०० कार्यसूची’ कार्यान्वयन...

कर्णालीमा खसेको गाडीमा १४ जना सवार रहेको अनुमान

कर्णालीमा खसेको गाडीमा १४ जना सवार रहेको अनुमान

दैलेख । कर्णाली राजमार्गअन्तर्गत दैलेखको चामुन्डा विन्द्रासैनी नगरपालिका–७ सांगेतडामा दुर्घटनामा...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...