back
CTIZAN AD

कांग्रेस कार्यसम्पादन समितिको बैठक : गठबन्धन तोडिए पनि एमसीसी पास गर्नुपर्ने निष्कर्ष

वि.सं.२०७८ माघ २७ बिहीवार

681 

shares

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)सँगको सम्झौता जसरी पनि पारित गर्नुपर्ने निर्णय गरेको छ । बिहीबार पार्टी कार्यालय सानेपामा बसेको बैठकले गठबन्धन तोडिए पनि एमसीसी पास गर्नुपर्ने निर्णय गरेको हो ।

कांग्रेस केन्द्रीय सदस्य एवं पूर्वमहामन्त्री शशांक कोइरालाले बताएअनुसार बैठकले एमसीसीलाई निःशर्त पारित गरेर जानुपर्ने निष्कर्ष निकालेको छ । “बैठकमा एमसीसीका विषयमा छलफल भयो, एमसीसी जसरी पनि पारित गर्नुपर्ने निष्कर्ष बैठकको छ”, बैठकको छलफलबारे कोइरालाले भनेका छन् ।

कोइरालाले बताएअनुसार एमसीसी पारित गर्नेमा सबै नेताहरु एकमत छन् । एमसीसी नेपालको विकाससँग जोडिएकाले पारित गर्नुको विकल्प नरहेको धेरै नेताहरुको धारणा छ ।

बैठकमा सभापति शेरबहादुर देउवाले सत्ता गठबन्धनभित्र एमसीसीको विषयमा भइरहेको छलफलबारे जानकारी गराएका थिए । उनले नेता रामशरण महतलाई एमसीसीको विषयमा टिपोट गरी स्पष्ट पार्न सुझाएका थिए ।

वि.सं.२०७८ माघ २७ बिहीवार १७:१९ मा प्रकाशित

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

तानसेन (पाल्पा) । एक दशकअघिसम्म पाल्पाका फाँटहरूमा असार लागेसँगै हल...

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

नारायणगढ,चितवन। विगत १५ वर्षदेखि व्यावसायिक केराखेती गर्दै आएका चितवनको रत्ननगर...

पालिकाले दियो हल गोरु पाल्ने एकसय १५ कृषकलाई पाँच/पाच हजार

पालिकाले दियो हल गोरु पाल्ने एकसय १५ कृषकलाई पाँच/पाच हजार

वालिङ (स्याङ्जा) । स्याङ्जाको गल्याङ नगरपालिकाले हल गोरु पाल्ने कृषकलाई...

कर्णालीमा ४३ हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा धानखेती हुँदै

कर्णालीमा ४३ हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा धानखेती हुँदै

काँक्रेविहार (सुर्खेत)  । कर्णाली प्रदेशका १० जिल्लामा ४३ हजार २९०...

अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० सुँगुर/बङ्गुर मरे

अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० सुँगुर/बङ्गुर मरे

गोरखा । अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० भन्दा बढी सुँगुर÷बङ्गुर...

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

काठमाडौँ । फिफा विश्वकप–२०२६ फुटबल प्रतियोगिताअन्तर्गत राउण्ड अफ ३२ को खेलमा...