back
CTIZAN AD

होटल याक एण्ड यति बन्द गर्न सरकारको निर्देशनपछि संचालक भन्छन्–सरकारको निर्णय गलत

वि.सं.२०७८ माघ २७ बिहीवार

1.2K 

shares

काठमाडौं । विगत ४२ वर्षदेखि सञ्चालनमा रहँदै आएको होटल याक एण्ड यतीलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको मन्त्रीस्तरिय निर्णय गर्दै होटल बन्द गर्न निर्देशन दियो ।

साथै होटल याक एण्ड यतिको ५ तारे प्रमाणपत्र पनि रद्द गर्ने निर्णय ग¥यो । त्यस्तैगरी उक्त मन्त्रीस्तरीय निर्णयले होटलको चल अचल सम्पत्ती समेत रोक्का गरेको छ । क्यासिनो रोयल्टी वापतको ४२ करोड २५ लाख रुपैयाँ पटक पटक ताकेता गर्दा समेत नतिरेको भन्दै माघ २६ पर्यटन मन्त्रालयले उक्त निर्णय गरेको जनाइएको छ ।

क्यासिनोको बक्यौतामा होटल बन्द किन ?
२०४८ साल पुष २२ गते संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट होटल याक एण्ड यतीले कानुनी प्रकृया पुरा गरेर क्यासिनो सञ्चालनको अनुमति प्राप्त गरेको थियो । होटलले आँफै सञ्चालन गर्दै आएको क्यासीनो २०६६ साल माघ २३ गते एक सम्झौता गर्दै गिल्ट इनभेष्टमेन्ट प्रालिलाई सञ्चालन गर्न दियो । सञ्चालनको केही वर्षपछि नै गिल्ट इनभेष्टमेन्ट प्रालिले सरकारलाई बुझाउनुपर्ने रोयल्टी नियमित रुपमा बुझाउन छोड्यो । कम्पनीले सरकारलाई रोयल्टी बुझाउन छोडेपछि सरकारले होटल याक एण्ड यतीलाई पत्र लेखेर रोयल्टी बुझाउन निर्देशन दियो ।

सोही क्रममा २०७१ वैशाख ५ गते संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले क्यासिनोको इजाजत पत्र रद्द ग¥यो । रोयल्टीकै कारण सरकारपक्षबाट क्यासीनो सञ्चालन रोक्न निर्देशन दिने, क्यासिनो सञ्चालक पक्ष सर्वोच्च जाने र सर्वोच्चले अन्तरिम आदेश जारी गरेर फैसला नभएसम्मका लागि सञ्चालन गर्न अनुमति दिने प्रकृया चल्दै आयो ।

सरकार र क्यासिनो सञ्चालकको मुद्दालाई सर्वाेच्च अदालतका तत्कालीन न्यायाधीशद्वय चोलेन्द्रशमशेर जबरा र डम्बरबहादुर शाहीको संयुक्त इजलासले २०७५ असार ३ गते सँयुक्त इजलासमार्फत फैसला गरेर सुनायो । उक्त फैसलाले नेपाल सरकारले याक एण्ड यति होटलका नाममा इजाजतपत्र जारी गरेकाले रोयल्टी र बक्यौता तिर्ने दायित्व होटलकै हुने भनेको छ ।

सर्वोच्चले गरेको फैसला बमोजिम विभागले गत कात्तिक ७ गते होटललाई बक्यौता रकम ३५ दिनभित्र भुक्तानी गर्न पत्राचार गरेको थियो । तर होटल बक्यौता रकम बुझाउनको लागि पर्यटन विभागको सम्पर्कमा समेत आएन् । त्यसपछि विभागले गत पुस २७ गते थप १५ दिनको समय दिएर होटललाई पठाएको दोस्रो पत्रलाई पनि उसले कार्यान्वयन नगरेपछि विभागले माघ १९ गते एक साताको समय दिँदै गोरखापत्रमा बक्यौता तिर्न सार्वजनिक सुचना प्रकाशित गर्यो । सरकारको पक्षबाट अबलम्बन गरिएका सबै प्रकृयालाई पनि होटल सञ्चालक पक्षले नटेरेपछि संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले मन्त्रिस्तरीय निर्णय गर्दै होटललाई कारबाही गर्नुका साथै क्यासिनो नियमावलीको नियम १४ बमोजिम होटलका नाममा रहेको क्यासिनो सञ्चालन इजाजत पत्र रद्द गर्ने निर्णय गरेका हुन् ।

होटल याक एण्ड यतीको सञ्चालक पक्षले होटल बन्द गर्ने सरकारको निर्णय गलत भएको भन्दै कानुनी उपचारमा जाने तयारी गरेको छ । होटल र क्यासिनो फरक फरक विषय र स्वामित्व भएको र निश्चित राजनीतिक उद्देश्य राखेर होटल बन्द गराइएको निष्कर्ष निकाल्दै व्यवस्थापन पक्ष कानुनी उपचार खोज्ने निर्णयमा पुगेको जनाइएको छ ।

तर कोभिडका कारण अहिले थुनुवा र जरुरी प्रकृतिका निवेदनका मुद्दा मात्रै सर्वोच्चले हेर्ने गरेको छ । जसका कारण होटलले तत्कालै सरकारको निर्णय विरुद्धमा कानुनी उपचार अगाडि बढाउन भने सहज देखिएको छैन् ।

वि.सं.२०७८ माघ २७ बिहीवार २१:३३ मा प्रकाशित

अश्लील क्रियाकलापमा सङ्लग्न पाँच विदेशी महिला पक्राउ

अश्लील क्रियाकलापमा सङ्लग्न पाँच विदेशी महिला पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले ठमेल क्षेत्रमा अश्लिल क्रियाकलापमा लाग्ने पाँच...

सरकारका आधिकारिक दस्तावेज मोबाइलबाट ‘स्क्यान’ नगर्न निर्देशन

सरकारका आधिकारिक दस्तावेज मोबाइलबाट ‘स्क्यान’ नगर्न निर्देशन

काठमाडौँ । सरकारी कामकाजका आधिकारिक कागजात मोबाइल एप प्रयोग गरी...

विद्यालयबाट फर्किने क्रममा बेपत्ता बालिका खोलामा मृत भेटिइन्

विद्यालयबाट फर्किने क्रममा बेपत्ता बालिका खोलामा मृत भेटिइन्

घोडाघोडी (कैलाली) । कैलालीमा विद्यालयबाट घर फर्किने क्रममा सम्पर्कविहीन भएकी...

जलवायु उत्थानशीलता अभिवृद्धि गर्न नेपाललाई ८.५ मिलियन अमेरिकी डलर अनुदान

जलवायु उत्थानशीलता अभिवृद्धि गर्न नेपाललाई ८.५ मिलियन अमेरिकी डलर अनुदान

काठमाडौँ । हरित जलवायु कोष (जिसिएफ) बोर्डको ४५औँ बैठकले नेपालमा...

सिटिजन्स बैंकद्वारा बिश्रामपुर, बारामा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न 

सिटिजन्स बैंकद्वारा बिश्रामपुर, बारामा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न 

काठ्माडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

मानुुषी लघुवित्तको साधारण सभा सम्पन्न मर्जर प्रस्ताव पारित

मानुुषी लघुवित्तको साधारण सभा सम्पन्न मर्जर प्रस्ताव पारित

काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको सातौं वार्षिक साधारण...