back
CTIZAN AD

पछिल्लो २४ घण्टामा थपिए १३६९ कोरोना संक्रमित, १२ जनाको मृत्यु

वि.सं.२०७८ माघ २७ बिहीवार

651 

shares

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १३६९ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एन्टिजेन र पिसीआर विधिबाट गरिएको ११ हजार ८८० नमुना परीक्षणमा १३६९ जना नयाँ संक्रमित थपिएका हु्न् ।

आज थपिएका १३६९ जनासँगै नेपालमा हालसम्म कोरोना संक्रमित हुनेको संख्या ११ लाख ७ हजार ९८६ पुगेको छ ।

आज काठमाडौंमा २३५ भक्तपुरमा ३० र ललितपुरमा ६४ गरी ३२९ जना संक्रमित भएका छन् ।

त्यसैगरी पछिल्लो २४ घण्टामा २२३८ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका २२३८ जनासँगै नेपालमा कोरोनाबाट मुक्त हुनेको संख्या ९ लाख ३० हजार ६०७ पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । आज थपिएका १२ जनासँगै नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ८६४ पुगेको छ ।

त्यसैगरी हाल देशैभरी २९ हजार ४ जना सक्रिय संक्रमित रहेका छन् । ती मध्ये होम आइसोलेशनमा २७ हजार ९३० जना र संस्थागत आइसोलेशनमा १०७४ जना रहेका छन् । ती मध्ये आइसीयुमा २२५ र भेन्टिलेटरमा ३२ जनाको उपचार भइरहेको छ ।

नेपालमा आज २ लाख २० हजार ६०१ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।

कोरोनाबाट थप १४ जनाको मृत्यु २,४०१ कोरोना संक्रमण

वि.सं.२०७८ माघ २७ बिहीवार १७:३४ मा प्रकाशित

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

तानसेन (पाल्पा) । एक दशकअघिसम्म पाल्पाका फाँटहरूमा असार लागेसँगै हल...

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

नारायणगढ,चितवन। विगत १५ वर्षदेखि व्यावसायिक केराखेती गर्दै आएका चितवनको रत्ननगर...

पालिकाले दियो हल गोरु पाल्ने एकसय १५ कृषकलाई पाँच/पाच हजार

पालिकाले दियो हल गोरु पाल्ने एकसय १५ कृषकलाई पाँच/पाच हजार

वालिङ (स्याङ्जा) । स्याङ्जाको गल्याङ नगरपालिकाले हल गोरु पाल्ने कृषकलाई...

कर्णालीमा ४३ हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा धानखेती हुँदै

कर्णालीमा ४३ हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा धानखेती हुँदै

काँक्रेविहार (सुर्खेत)  । कर्णाली प्रदेशका १० जिल्लामा ४३ हजार २९०...

अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० सुँगुर/बङ्गुर मरे

अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० सुँगुर/बङ्गुर मरे

गोरखा । अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० भन्दा बढी सुँगुर÷बङ्गुर...

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

काठमाडौँ । फिफा विश्वकप–२०२६ फुटबल प्रतियोगिताअन्तर्गत राउण्ड अफ ३२ को खेलमा...