back
CTIZAN AD

कोरोनाबाट थप १४ जनाको मृत्यु २,४०१ कोरोना संक्रमण

वि.सं.२०७८ माघ २६ बुधवार

759 

shares

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २,४०१ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एन्टिजेन र पिसीआर विधिबाट गरिएको १६ हजार ३५६ नमुना परीक्षणमा २,४०१ जना नयाँ संक्रमित थपिएका हु्न् ।

आज थपिएका २,४०१ जनासँगै नेपालमा हालसम्म कोरोना संक्रमित हुनेको संख्या ११ लाख ६ हजार ६१७ पुगेको छ ।

आज काठमाडौंमा ८९०, भक्तपुरमा २५ र ललितपुरमा १०२ गरी १०१७ जना संक्रमित भएका छन् । मंगलवारको तुलनामा परीक्षण गर्ने र संक्रमित हुनेको संख्या बढेको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा ७ हजार ७७७ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका ७ हजार ७७७ जनासँगै नेपालमा कोरोनाबाट मुक्त हुनेको संख्या ९ लाख २८ हजार ३६९ पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । आज थपिएका १४ जनासँगै नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ८५२ पुगेको छ ।

त्यसैगरी हाल देशैभरी ३० हजार २४१ जना सक्रिय संक्रमित रहेका छन् । ती मध्ये होम आइसोलेशनमा २९ हजार ११७ जना र संस्थागत आइसोलेशनमा ११२४ रहेका छन् । ती मध्ये आइसीयुमा २४२ र भेन्टिलेटरमा ४२ जनाको उपचार भइरहेको छ ।

आज थप १९५७ जनामा कोरोना संक्रमण, ११ जनाको मृत्यु

वि.सं.२०७८ माघ २६ बुधवार १७:११ मा प्रकाशित

उच्च गर्मीमा हीट स्ट्रोकको जोखिम : कसरी बच्ने ?

उच्च गर्मीमा हीट स्ट्रोकको जोखिम : कसरी बच्ने ?

देशका विभिन्न क्षेत्रमा अत्यधिक गर्मी बढ्दै गएसँगै स्वास्थ्यसम्बन्धी जोखिम पनि...

महानगरमा मौन महामारीका रूपमा फैलिँदै मानसिक समस्या

महानगरमा मौन महामारीका रूपमा फैलिँदै मानसिक समस्या

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले पछिल्लो समय मानसिक समस्या मौन महामारीका...

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

काठमाडौं । १२ औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा सामाखुसीस्थित रेडन...

जेसिस इन्टरनेसनल स्कुलमा योग दिवस: योग र कलाको अनुपम फ्युजन

जेसिस इन्टरनेसनल स्कुलमा योग दिवस: योग र कलाको अनुपम फ्युजन

काठमाडौँ । चन्द्रागिरी–११, सतुङ्गलस्थित जेसिस इन्टरनेसनल बोर्डिङ सेकेन्डरी स्कुलमा बाह्रौँ...

क्यान्सर विरामीको प्रश्न : डाक्टरसाप, निको भएपछि गर्भधारण गर्न मिल्छ ?

क्यान्सर विरामीको प्रश्न : डाक्टरसाप, निको भएपछि गर्भधारण गर्न मिल्छ ?

भक्तपुर । डाक्टर साहेब क्यान्सर निको भएपछि गर्भधारण गर्न कुनै...

गोरखामा १२औँ विश्व योग दिवस: करिब २०० जनाको सहभागिता

गोरखामा १२औँ विश्व योग दिवस: करिब २०० जनाको सहभागिता

गोरखा । १२ औँ विश्व योग दिवसको अवसरमा गोरखामा एकदिवसीय...