काठमाडौं । नेपालमा आज १,९५७ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एन्टिजेन र पिसीआर विधिबाट गरिएको १२ हजार ६९२ नमुना परीक्षणमा १,९५७ जना नयाँ संक्रमित थपिएका हु्न् ।
आज थपिएका १९५७ जनासँगै नेपालमा हालसम्म कोरोना संक्रमित हुनेको संख्या ११ लाख २ हजार ९५२ पुगेको छ ।
आज काठमाडौंमा ३३८, भक्तपुरमा ४३ र ललितपुरमा ७० गरी ४५१ जना संक्रमित भएका छन् ।
त्यसैगरी पछिल्लो २४ घण्टामा ५ हजार १०३ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका ५ हजार १०३ जनासँगै नेपालमा कोरोनाबाट मुक्त हुनेको संख्या ९ लाख २० हजार ५९२ पुगेको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ । आज थपिएका ११ जनासँगै नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ८३८ पुगेको छ ।
त्यसैगरी हाल देशैभरी ३६ हजार १८१ जना सक्रिय संक्रमित रहेका छन् ।
ती मध्ये होम आइसोलेशनमा ३४ हजार ९८३ जना र संस्थागत आइसोलेशनमा ११९८ रहेका छन् । ती मध्ये आइसीयुमा २५६ र भेन्टिलेटरमा ३८ जनाको उपचार भइरहेको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा २ लाख ७३ हजार ३४८ जनामा कोरोना भाइरसविरुद्धको खोप लगाइएका छन् ।
वि.सं.२०७८ माघ २५ मंगलवार १६:५६ मा प्रकाशित






























