back
CTIZAN AD

आज १५७० जनामा कोरोना संक्रमण, १३ जनाको मृत्यु

वि.सं.२०७८ माघ २४ सोमवार

912 

shares

काठमाडौं । नेपालमा आज १,५७० जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एन्टिजेन र पिसीआर विधिबाट गरिएको ११ हजार ३६५ नमुना परीक्षणमा १,५७० जना नयाँ संक्रमित थपिएका हु्न् ।

आज थपिएका १५७० जनासँगै नेपालमा हालसम्म कोरोना संक्रमित हुनेको संख्या ११ लाख ९९५ पुगेको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा ६ हजार १४६ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका ६ हजार १४६ जनासँगै नेपालमा कोरोनाबाट मुक्त हुनेको संख्या ९ लाख १५ हजार ४८९ पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा १३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । आज थपिएका १३ जनासँगै नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ८२७ पुगेको छ । त्यसैगरी हाल देशैभरी ४० हजार ११२ जना सक्रिय संक्रमित रहेका छन् ।

ती मध्ये होम आइसोलेशनमा ३८ हजार ८८३ जना र संस्थागत आइसोलेशनमा १२२८ रहेका छन् । ती मध्ये आइसीयुमा २५५ र भेन्टिलेटरमा ४२ जनाको उपचार भइरहेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा १ लाख ७८ हजार ५७९ जनामा कोरोना भाइरसविरुद्धको खोप लगाइएका छन् ।

वि.सं.२०७८ माघ २४ सोमवार १७:३१ मा प्रकाशित

सिटिजन्स बैंकद्वारा बिश्रामपुर, बारामा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न 

सिटिजन्स बैंकद्वारा बिश्रामपुर, बारामा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न 

काठ्माडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

मानुुषी लघुवित्तको साधारण सभा सम्पन्न मर्जर प्रस्ताव पारित

मानुुषी लघुवित्तको साधारण सभा सम्पन्न मर्जर प्रस्ताव पारित

काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको सातौं वार्षिक साधारण...

प्रभु बैंक लिद्धारा त्रिभुवन विश्वविद्यालयलाई डिजिटल बोर्ड हस्तान्तरण

प्रभु बैंक लिद्धारा त्रिभुवन विश्वविद्यालयलाई डिजिटल बोर्ड हस्तान्तरण

काठमाडौँ । काठमाण्डौ महानगरपालिका, वडा नं ११, बबरमहल स्थित प्रभु...

नेपाल बैंक र ॐ समाज डेन्टल हस्पिटल प्रा.लि बीच सम्झौता

नेपाल बैंक र ॐ समाज डेन्टल हस्पिटल प्रा.लि बीच सम्झौता

काठमाडौँ । मिति २०८३ साल असार ०८ गते नेपाल बैंक...

सिटिजन्स बैंक र जय नेपाल सिनेमाजबीच समझदारी

सिटिजन्स बैंक र जय नेपाल सिनेमाजबीच समझदारी

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र जय नेपाल सिनेमाज...

इतिहास रच्दै नेपाल लाइफ: Gold Award बाट सम्मानित

इतिहास रच्दै नेपाल लाइफ: Gold Award बाट सम्मानित

काठमाडाैँ । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ...