back
CTIZAN AD

एमसीसीमा च्याँखे थाप्दै ओली, राजनीतिक लाभ उठाउने दाउ

वि.सं.२०७८ माघ २८ शुक्रवार

693 

shares

काठमाडौं । अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्बन्धी मुद्दा नेपाली राजनीतिको मुख्य मुद्दा बनिरहेको छ । तर, मुख्य राजनीतिक मुद्दा बनेको एमसीसीमा मुलुकको सबैभन्दा ठूलो दल नेकपा (एमाले) भने अनिर्णित छ । एमालेले एमसीसी मुद्दालाई नै राजनीतिक दाउपेचको विषय बनाइरहेको देखिन्छ ।

एमालेले अहिलेसम्म पनि एमसीसीमा आधिकारिक धारणा बनाएको छैन । एमालेले सत्ता गठबन्धनले धारणा बनाएपछि मात्रै निर्णय लिने बताइरहेको छ । बिहीबार साँझ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको फोन संवादमा पनि एमाले अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनले निर्णय नगरी नबोल्ने बताएका थिए ।

अहिले प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डले एमसीसी मुख्यालयलाई लेखेको पत्र बाहिरिएसँगै सत्ता गठबन्धन दबाबमा छ । विशेषगरी पत्र बाहिरिएसँगै माओवादी केन्द्रलाई सबैभन्दा बढी सकसमा पारेको छ । पत्रमा नेताहरुले एमसीसी पारित गर्ने वातावरण बनाउनका लागि थप समयको माग गरेका थिए । तर, एमसीसी मुख्यालयले पारित गर्न डेडलाइन नै तोकेपछि भने समस्या देखिएको हो ।

अमेरिकाले एमसीसी पारित गराउन निकै जोडबल गरिरहेको छ । डेडलाइन तोकेर पत्र पठाएसँगै अमेरिकी प्रतिनिधिले नेपाली नेताहरुलाई फोन नै गरेर एमसीसीलाई अगाडि बढाउन दबाब दिइरहेका छन् । बिहीबार अमेरिकी विदेशमन्त्री डोनाल्ड लुले प्रधानमन्त्री शेरबहादुर देउवासहित तीन दलका शीर्ष नेतालाई फोन गरी एमसीसीबारे छिटो निर्णय लिन भनेका थिए ।

विदेशमन्त्री लुले एमसीसी फिर्ता गरेमा नेपालसँगको नीतिमै पुनरावलोकन गर्ने चेतावनी दिएका थिए । विदेशमन्त्री लुको चेतावनी लगत्तै प्रचण्डले ओलीलाई फोन गर्दै एमसीसीमा निर्णय लिन भनेका थिए । तर, ओलीले भने गठबन्धनले निर्णय नलिइ एमालेले निर्णय नलिने बताए ।

एमसीसीमा गठबन्धन विभाजित

अहिले एमसीसीको विषयमा गठबन्धन विभाजित छ । गठबन्धनको मुख्य दल नेपाली कांग्रेस एमसीसी पारित गर्ने पक्षमा भएको भए पनि माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) संशोधन बिना पारित नगर्ने अडानमा छन् । तर, एमसीसी मुख्यालयले संशोधन गर्न सकिन्न भन्ने जवाफ फर्काएसँगै भने दुई दलले एमसीसी यथास्थितिमा स्वीकार गर्न नसकिने बताइरहेका छन् ।

एमसीसी मुख्यालयलाई सम्झौताप्रति सकारात्मक रहेको भनेर पत्र पठाएको भएपनि प्रचण्डले पनि एमसीसी संशोधन बिना पारित नगर्ने स्पष्ट अडान राखिरहेका छन् । एमसीसी मुख्यालयलाई समय घर्काउने योजनाअनुसार कुटनीतिक शैलीमा पत्र पठाइएको प्रचण्डको भनाई छ । तर, यही मुद्दालाई कांग्रेसले एमसीसी पारित गर्ने रणनीतिको रुपमा लिएको छ भने एमालेले भने राजनीतिक लाभ उठाउने दाउको रुपमा हेरेको छ ।

राजनीतिक लाभ उठाउने दाउमा ओली

बिहीबार प्रचण्डसँग भएको फोन संवादमा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमसीसी मुख्यायललाई पठाइएको पत्रलाई मुख्य एजेण्डा बनाएका थिए । उनले सोही पत्रलाई देखाउँदै आफुलाई विस्थापित गराइएको बताएका थिए । उनले आफुँले पनि एमसीसीलाई सहजै रुपमा नलिने स्पष्ट पारेका थिए ।

ओलीले एमसीसीकै आधारमा सभामुखलाई मात्रै होइन सत्ता गठबन्धनका अन्य साझेदारलाई पनि सत्ताबाट विस्थापित गराउने दाउ रचेका छन् । एमसीसीमा सकारात्मक रहेका ओली कांग्रेससँग सहकार्य गरेर सत्ताबाट माओवादी केन्द्र र एकीकृत समाजवादीलाई विस्थापित गर्ने रणनीतिमा छन् । ओलीको उक्त एजेण्डामा कांग्रेस पनि सहमत देखिन थालेको छ ।

बिहीबार बसेको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले एमसीसीलाई कुनै हालतमा पारित गर्ने निर्णय गर्दै सभामुखको विषयमा पनि सोंच्नुपर्ने निष्कर्ष निकालेको थियो । जुन ओलीको योजनालाई सघाउने एजेण्डा हो ।

वि.सं.२०७८ माघ २८ शुक्रवार १३:०१ मा प्रकाशित

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौँ । सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा हिक्मतबहादुर रावललाई नियुक्त...

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

काठमाडौँ । ट्राफिक प्रहरीले गोँगबुस्थित नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी...

दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ

दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ

कर्णाली । कर्णाली राजमार्गको दैलेख सडकखण्डमा दुर्घटनाग्रस्त यात्रुवाहक फोर्स गाडी...

सरकारका १०० दिनः शासकीय सुधारसम्बन्धी सञ्चारअन्तर्गत सम्पन्न भएका कार्य

सरकारका १०० दिनः शासकीय सुधारसम्बन्धी सञ्चारअन्तर्गत सम्पन्न भएका कार्य

काठमाडौँ । सरकारले अघि सारेको ‘शासकीय सुधारसम्बन्धी १०० कार्यसूची’ कार्यान्वयन...

कर्णालीमा खसेको गाडीमा १४ जना सवार रहेको अनुमान

कर्णालीमा खसेको गाडीमा १४ जना सवार रहेको अनुमान

दैलेख । कर्णाली राजमार्गअन्तर्गत दैलेखको चामुन्डा विन्द्रासैनी नगरपालिका–७ सांगेतडामा दुर्घटनामा...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...