back
CTIZAN AD

यातायात व्यवस्थापन गर्नका लागि वैकल्पिक सडक सञ्चालन

वि.सं.२०७८ माघ २८ शुक्रवार

891 

shares

म्याग्दी । सदरमुकाम बेनी बजारभित्र सवारीको चाप घटाउन, जाम हटाउन र दुर्घटना न्यूनीकरणका लागि वैकल्पिक सडक सञ्चालन भएको छ । बेनी नगरपालिका–७ र ८ मा पर्ने बेनीलाई नदी कटानबाट जोगाउन कालीगण्डकी र म्याग्दी नदीको किनारमा तटबन्ध निर्माण भएपछि बनेको खाली भागमा सडक बनाएर यातायातका साधन सञ्चालन गर्न थालिएको हो ।

नगर प्रमुख हरिकुमार श्रेष्ठले साँघुरो सडक भएको बजारभित्र सवारी व्यवस्थापन गर्न वैकल्पिक सडक, बहुउद्देश्यीय मैदानमा बसपार्क, एकतर्फी सवारी सञ्चालन गराइएको बताए । “पोखरा र पर्वत हुँदै बेनी आएका म्याग्दीको पश्चिमी क्षेत्र जाने तथा बागलुङ र म्याग्दी भेगबाट बेनी हुँदै मुस्ताङ र पर्वततर्फ जाने मालवाहक सवारी साधनलाई कालीगण्डकी र म्याग्दी नदीको किनारमा बनाइएको सडकबाट गन्तव्यतर्फ जाने व्यवस्था मिलाएका छौँ”, उनले भने, “बजारभित्र लोड, अनलोड गर्नेबाहेक ट्रक, ट्र्याक्टर वैकल्पिक सडकबाट पठाउँदा व्यवस्थापन गर्न सहज भएको छ ।”

नदी किनारमा निर्माण भएको तटबन्धलाई असर नपुग्ने गरी ढुङ्गा र माटोले फिलिङ गरेर म्याग्दी प्रवेशद्धार कालीपुलबाट कालीगण्डकी र म्याग्दी नदीको दोभान हुँदै दरबाङ बसपार्क जोड्ने करिब एक किलोमिटर दूरीको वैकल्पिक सडक सञ्चालन भएको छ । बहुउद्देश्यीय मैदानमा नगरपालिकाले रु २० लाख बढी खर्चेर पूर्वाधार बनाएर बेनी–दरवाङ, बेनी–पाखापानी, बेनी–बरङ्जा, बेनी–बागलुङलगायत पश्चिमी क्षेत्रमा चल्ने बस, जीप र ट्याक्सी पार्किङ गर्ने व्यवस्था मिलाइएको छ ।

सो बसपार्कमा १०० सवारी साधन पार्किङ गर्ने क्षमता छ । नयाँ बसपार्क सञ्चालन भएपछि सडकमै यात्रुवाहक सवारी पार्किङ गर्नुपर्ने समस्या हटेको बेनी–७ का वडाध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले बताए । एकतर्फी पार्किङ र यातायात सञ्चालन पनि बेनी बजारको यातायात व्यवस्थापनका लागि भएको अर्को पहल हो । गत पुस १ गतेदेखि एकतर्फी यातायात सञ्चालन भएपछि बेनी बजारभित्र दुर्घटना घटेका र जामको समस्या हटेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख इन्द्रबहादुर नेपालीले बताए ।

बेनी बजारभित्र सञ्चालन हुने सवारी साधनले क्याम्पसचोकबाट गणेशटोल, सङ्गमचोक, बालमन्दिर चोक, जिल्ला प्रशासन कार्यालय अगाडिको चोक, हुलाकचोक, न्यूरोड हुँदै पुनः क्याम्पसचोक पुग्ने गरी सडक प्रयोग गर्नुपर्ने नियम बनाइएको छ । वैकल्पिक सडकको धुलो र हिलोको समस्या हटाउन ग्राभेल गर्न लागिएको बेनी–८ का वडाध्यक्ष रामकृष्ण बराइलीले बताउनुभयो । गत पुस २८ गते भएको नगरसभाले दरबाङ बसपार्कमा नाली निर्माण र वैकल्पिक सडक ग्राभेल गर्न दुई शीर्षकमा रु १६ लाख विनियोजन गरेको थियो । यसअघि कालीपुलबाट गणेशटोल हँुदै बेनीबजार छिर्ने र बाहिरिने वैकल्पिक सडक पनि बनाइएको थियो ।

वि.सं.२०७८ माघ २८ शुक्रवार १३:१५ मा प्रकाशित

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौँ । सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा हिक्मतबहादुर रावललाई नियुक्त...

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

काठमाडौँ । ट्राफिक प्रहरीले गोँगबुस्थित नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी...

दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ

दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ

कर्णाली । कर्णाली राजमार्गको दैलेख सडकखण्डमा दुर्घटनाग्रस्त यात्रुवाहक फोर्स गाडी...

सरकारका १०० दिनः शासकीय सुधारसम्बन्धी सञ्चारअन्तर्गत सम्पन्न भएका कार्य

सरकारका १०० दिनः शासकीय सुधारसम्बन्धी सञ्चारअन्तर्गत सम्पन्न भएका कार्य

काठमाडौँ । सरकारले अघि सारेको ‘शासकीय सुधारसम्बन्धी १०० कार्यसूची’ कार्यान्वयन...

कर्णालीमा खसेको गाडीमा १४ जना सवार रहेको अनुमान

कर्णालीमा खसेको गाडीमा १४ जना सवार रहेको अनुमान

दैलेख । कर्णाली राजमार्गअन्तर्गत दैलेखको चामुन्डा विन्द्रासैनी नगरपालिका–७ सांगेतडामा दुर्घटनामा...

हुम्लामा सहुलियतको चामल बिक्री सुरु

हुम्लामा सहुलियतको चामल बिक्री सुरु

सिमकोट (हुम्ला) । यहाँस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा...