back
CTIZAN AD

निर्माणाधीन अस्पतालको टेवा पर्खाल सम्पन्न नहुँदै भत्कियो

वि.सं.२०७८ माघ २८ शुक्रवार

726 

shares

खोटाङ । पचास शय्यामा स्तरोन्नति गर्ने गरी निर्माण सुरु गरिएको जिल्ला अस्पतालको टेवा पर्खाल लगाइ नसक्दै भत्किएको छ । ठेकेदार कम्पनी श्यामसुन्दर/रामसुन्दर नेपाल/फूलबारी जेभीले निर्माणको जिम्मा लिएको अस्पतालको पश्चिमपट्टि लगाइएको पर्खाल सम्पन्न नहुँदै भत्किएको हो ।

जिल्लाको एकमात्र सरकारी अस्पतालको स्तरोन्नति हुने भएपछि उपचार सेवालाई निरन्तरता दिन पुरानो भवन भत्काउनुअघि पश्चिमपट्टि प्रि–फ्यावको अस्थायी भवन निर्माण गरिएको थियो । अस्थायी भवनको अगाडिपट्टि निर्माणाधीन टेवा पर्खाल सम्पन्न नहुँदै भत्किएपछि अस्पताल भर्ना भएर उपचार गराइरहेका जटिल किसिमका बिरामी जोखिम मोलेर उपचार गराउन बाध्य छन् ।

ठेकेदार कम्पनीले घडेरी सम्याउँदा फालिएको माटोमाथि पर्खाल लगाएकाले भत्किएको नेकपा (माओवादी केन्द्र)का युवानेता मिलनचन्द्र राईले बताए । “निर्माणाधीन अस्पताल भवनको पर्खाल हिउँदे वर्षामै भत्किएको छ”, उनले भने, “जिल्ला अस्पतालजस्तो संवेदनशील क्षेत्रमा निर्माणाधीन भवन गुणस्तरीय बनाउन र छिटो सम्पन्न गराउन सम्बन्धित निकायको तत्काल ध्यान जान जरुरी छ ।”

पर्खाल निर्माण गरिएको ठाउँ कमजोर रहेको र स्टिमेटसमेत गलत भएकाले अस्पतालको निर्माणाधीन पर्खाल भत्किएको सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय ओखलढुङ्गाका इञ्जीनियर रामहृदय पट्टेलले बताए । “पर्खाल भत्किनुमा ठेकेदार कम्पनीको लापरवाही देखिन्न”, उनले भने, “आरसिसी पर्खाल लगाउनुपर्नेमा स्टिमेटअनुसार नै मेसिनरी पर्खाल लगाउँदा भत्किएको देखिन्छ, वर्षामा पानी पलाउने उक्त ठाउँमा अब डिजाइन परिवर्तन गरेर आरसिसी पर्खाल लगाउन लगाइन्छ ।”

सङ्घीय सरकारको करिब रु २१ करोडको लागतमा ३० महिनाभित्र भवन निर्माणको काम सक्ने गरी गत असारमा अस्पतालको भवन निर्माणको ठेक्का सम्झौता भएको थियो । विसं २०४९ वैशाख १ गते स्थापना गरिएको १५ शय्याको अस्पताललाई ५० शय्यामा स्तरोन्नति गर्न अहिले पुरानो भवन हटाएर नयाँ भवन निर्माण गर्न घडेरी सम्याउने तथा टेवा पर्खाल लगाउने काम भइरहेको छ ।

अस्पतालमा सञ्चालित बिरामी भर्ना कक्ष, डेलीभरी (सुत्केरी गराउने ठाउँ) कक्ष, शल्यक्रिया कक्ष, आकस्मिककक्षलगायतका सेवा सञ्चालित भवनलाई भत्काएर नयाँ भवन निर्माणको तयारी थालिएको जिल्ला अस्पतालका प्रमुख चिकित्सक डा बैभव मल्लिकले बताए । “४० मिटर लम्बाइ र २०.५ मिटर चौडाइ हुने चारतले आरसिसी पक्की भवन निर्माणको काम सुरु गरिएको छ”, उनले भने, “ पहिलो तलामा ओपिडी कक्ष, आकस्मिक कक्ष, शल्यक्रिया कक्ष, एक्स–रे कक्ष, फार्मेसी, सेक्युरिटी कक्षलगायतका संरचना निर्माण गर्ने योजना छ ।”
रासस

वि.सं.२०७८ माघ २८ शुक्रवार १३:३४ मा प्रकाशित

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौँ । सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा हिक्मतबहादुर रावललाई नियुक्त...

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

काठमाडौँ । ट्राफिक प्रहरीले गोँगबुस्थित नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी...

दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ

दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ

कर्णाली । कर्णाली राजमार्गको दैलेख सडकखण्डमा दुर्घटनाग्रस्त यात्रुवाहक फोर्स गाडी...

सरकारका १०० दिनः शासकीय सुधारसम्बन्धी सञ्चारअन्तर्गत सम्पन्न भएका कार्य

सरकारका १०० दिनः शासकीय सुधारसम्बन्धी सञ्चारअन्तर्गत सम्पन्न भएका कार्य

काठमाडौँ । सरकारले अघि सारेको ‘शासकीय सुधारसम्बन्धी १०० कार्यसूची’ कार्यान्वयन...

कर्णालीमा खसेको गाडीमा १४ जना सवार रहेको अनुमान

कर्णालीमा खसेको गाडीमा १४ जना सवार रहेको अनुमान

दैलेख । कर्णाली राजमार्गअन्तर्गत दैलेखको चामुन्डा विन्द्रासैनी नगरपालिका–७ सांगेतडामा दुर्घटनामा...

हुम्लामा सहुलियतको चामल बिक्री सुरु

हुम्लामा सहुलियतको चामल बिक्री सुरु

सिमकोट (हुम्ला) । यहाँस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा...