back
CTIZAN AD

‘एक वडा, एक उत्पादन’ कार्यक्रमबाट किसान लाभान्वित

वि.सं.२०७८ माघ २८ शुक्रवार

690 

shares

कञ्चनपुर । कृष्णपुर नगरपालिकामा सञ्चालित ‘एक वडा, एक उत्पादन’ कार्यक्रमबाट तरकारी खेतीमा संलग्न किसान लाभान्वित भएका छन् । कार्यक्रमअन्तर्गत किसानलाई समूहमार्फत अनुदानमा बीउबिजन, प्लाष्टिक टनेल, सिँचाइका लागि पम्पसेट, विद्युतीय मोटरलगायत उपलब्ध गराइएको छ ।

तरकारी खेतीमा नगरपालिकालाई आत्मनिर्भर बनाउनका लागि वडाको भौगोलिक विशिष्टताका आधारमा कार्यक्रम सञ्चालन गरिएको छ । नगरपालिकाको कृषि शाखाका कृषि प्रसार अधिकृत लालबहादुर धामीका अनुसार तरकारी खेतीका लागि नगरपालिका नौ वडामध्ये वडा नं १, २, ३, ६, ७ र ८ लाई तरकारी खेतीका लागि गत वर्ष छनोट गरिएको थियो ।

“तरकारीखेती गर्ने किसानलाई समूहमा आबद्ध गरी मागका आधारमा अनुदानमा रकम सिधैँ खातामा उपलब्ध गराउने व्यवस्था मिलाएका थियौँ”, अधिकृत धामीले भने, “अनुदान रकमसँगै तरकारी खेतीका लागि तालिम दिने कार्य, माटो परीक्षण र आइपिएम पाठशाला सञ्चालन गरिएको थियो ।”

त्यसबाट व्यावसायिक तरकारी खेतीमा संलग्न दुई दर्जन बढी समूहमा आवद्ध किसान लाभान्वित भएका छन् । किसानले व्यावसायिक तरकारी खेतीलाई विस्तार गरी आत्मनिर्भर भएको अधिकृत धामीले बताए । जैविक तरकारी खेती गर्ने किसानलाई नगरपालिकाले थप प्रोत्साहित गर्ने नीति लिएको छ ।

चालु आवमा समेत सो कार्यक्रमअनुसार कम्तीमा समूहमा आवद्ध किसानले पाँच बिघा जग्गामा तरकारी खेती गरेका आधारमा अनुदान रकम उपलब्ध गराउनका लागि प्रक्रिया अगाडि बढाइएको छ । “कृषिलाई व्यावसायीकरण गरी किसानलाई आजआर्जनसँग जोडेर आत्मनिर्भर बनाउनका लागि कार्यक्रम सञ्चालन गरेका हौँ”, उनले भने, “बाली विविधिकरणसँगै बाँझो जग्गाको सदुपयोग गर्नका लागि सञ्चालन गरिएको कार्यक्रम प्रभावकारी हुँदै गएको छ ।”

किसानलाई कार्यक्रमअनुसार मागका आधारमा अनुदान रकम उपलब्ध गराइँदै आएको छ । तरकारी खेतीका लागि प्रस्ताव पेश गरेका समूहलाई गत वर्ष रु तीन लाखका दरले अनुदान रकम उपलब्ध गराइएको थियो । चालु आवमा व्यावसायिक खेतीका लागि प्रतिसमूहलाई रु दुई लाखका दरले अनुदान रकम उपलब्ध गराइने व्यवस्था गरिएको छ ।

 

वि.सं.२०७८ माघ २८ शुक्रवार १२:४३ मा प्रकाशित

विद्यालयबाट फर्किने क्रममा बेपत्ता बालिका खोलामा मृत भेटिइन्

विद्यालयबाट फर्किने क्रममा बेपत्ता बालिका खोलामा मृत भेटिइन्

घोडाघोडी (कैलाली) । कैलालीमा विद्यालयबाट घर फर्किने क्रममा सम्पर्कविहीन भएकी...

आम्दानीको प्रमुख माध्यम बंगुर र माछापालन

आम्दानीको प्रमुख माध्यम बंगुर र माछापालन

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडीका तेजबहादुर चौधरीले डिउरो जातको बंगुरपालन...

पहिचान खुल्ने डरले टाढाको अस्पताल पुगेर सेवा लिन्छन् एचआइभी सङ्क्रमित

पहिचान खुल्ने डरले टाढाको अस्पताल पुगेर सेवा लिन्छन् एचआइभी सङ्क्रमित

दुर्गा देवकोटा, टीकापुर (कैलाली) । एचाइभी सङ्क्रमितलाई समाजमा अझै सम्मानजनक...

जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

टिकाराम सुनार, सुदूरपश्चिम । माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली...

सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

गोदावरी (कैलाली) । लम्कीचुहा नगरपालिका–३ स्थित गोरङ्गे ब्यारेकमा सैन्य तालिमका...

अनैतिक गतिविधिमा संलग्न रहेका भारतीयसहति २४ जना नियन्त्रणमा

अनैतिक गतिविधिमा संलग्न रहेका भारतीयसहति २४ जना नियन्त्रणमा

कैलाली। धनगढी उपमहानगरपालिका बजार क्षेत्रका विभिन्न होटलमा अनैतिक गतिविधि भइरहेको...