back
CTIZAN AD

प्रचण्ड सचिवालयको आरोप – एमसीसीमा ओली गैरजिम्मेवार बने

वि.सं.२०७८ माघ २८ शुक्रवार

672 

shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले एमसीसीको सन्दर्भमा एमाले अध्यक्ष केपी शर्मा ओली गैरजिम्मेवार बनेको आरोप लगाएको छ । बिहीबार साँझ भएको टेलिफोन संवादमा एमसीसीबारे ओलीले गैरजिम्मेवार जवाफ दिएको प्रचण्ड सचिवालयले भनेको छ ।

“अध्यक्ष कमरेड प्रचण्डले एमसीसी अहिले सामान्य आर्थिक सहयोगको परियोजना मात्र रहेन, यो राष्ट्रिय राजनीतिको मुद्दा बनिसक्यो, यसमा सत्तापक्ष र प्रतिपक्षको मानसिकताबाट माथि उठेर छलफल गरौं, यसमा तपाईं र तपाईंको पार्टीको धारणा स्पष्ट गर्नुस् र यसमा राष्ट्रिय सहमति निर्माण गर्ने कोसिस गरौं, देश अहिले निर्वाचनमा होमिएको र एमसीसीमा दलहरूबीच र राष्ट्रिय रुपमा सहमति बन्ने स्थिति नभएको अवस्थामा सम्बन्धित पक्षसँग यसलाई निर्वाचन पछि लैजाने कुरा गरौं भन्नुभएको हो”, प्रचण्डका स्वकीय सचिव रमेश मल्लले सामाजिक सञ्जालमा लेखेका छन् ।

तर, प्रचण्डले एमसीसीमा निर्णय लिन र राष्ट्रिय सहमति निर्माणमा जुट्न गरेको आग्रहमा ओलीले भने ‘तपाईँहरुसँग नै बहुमत छ, बहुमतको आधारमा निर्णय गर्नुस्’ भनेर पन्छिएको सचिवालयले बताएको छ । ओलीले एमसीसीलाई वेवास्ता गर्दै माधवकुमार नेपालसहितका १४ सांसदमाथि कारबाही नगरी पछाडि नहट्ने अडान राखेको सचिवालयले बताएको छ ।

मल्लले भनेका छन्, “उहाँले बरु तपाईंहरुसँग बहुमत छ, पास गर्नुस्। तर गैर संसदमा रहँदासम्म संसद चल्न भने दिन्नौँ भनेर पुरै गैरजिम्मेवार जवाफ फर्काउनु भएको हो। यसबारे अरु कुनै भ्रम रहन जरुरी छैन ।”

अमेरिकाले एमसीसी पारित गर्न डेडलाइन नै तोेकेसँगै दलहरु दबाबमा छन् । अमेरिकी विदेशमन्त्री फोनमार्फत एमसीसीलाई निर्णय लिन चेतावनीपूर्णं शैलीमा दबाब दिएसँगै नेताहरु छलफलमा जुटेका हुन् । तर, एमालेले सुरुदेखि नै एमसीसीलाई राजनीतिक दाउपेचको रुपमा लिँदै आएको छ ।

वि.सं.२०७८ माघ २८ शुक्रवार १५:४२ मा प्रकाशित

आजको मौसम : यी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना !

आजको मौसम : यी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

बागमती विश्वविद्यालयले गर्यो परीक्षा सकिएको सातौँ दिनमा परीक्षाफल

बागमती विश्वविद्यालयले गर्यो परीक्षा सकिएको सातौँ दिनमा परीक्षाफल

बागमती । बागमती विश्वविद्यालयले विश्वविद्यलायअन्तर्गत सञ्चालित तीनवटा सङ्कायको पहिलो सेमेष्टरको...

बागलुङ नगरपालिकाले बनायो कुकुरका लागि ‘होस्टेल’

बागलुङ नगरपालिकाले बनायो कुकुरका लागि ‘होस्टेल’

गलकोट (बागलुङ) । बागलुङ नगरपालिकाले सामुदायिक तथा समस्याग्रस्त कुकुरलाई आवासीय...

घट्यो पेट्रोलियम पदार्थको मूल्य, यस्तो छ मूल्य सूची

घट्यो पेट्रोलियम पदार्थको मूल्य, यस्तो छ मूल्य सूची

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ...

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

तानसेन (पाल्पा) । एक दशकअघिसम्म पाल्पाका फाँटहरूमा असार लागेसँगै हल...

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

नारायणगढ,चितवन। विगत १५ वर्षदेखि व्यावसायिक केराखेती गर्दै आएका चितवनको रत्ननगर...