back
CTIZAN AD

यसवर्ष आलुको उत्पादन घट्ने सम्भावना

वि.सं.२०७८ माघ २८ शुक्रवार

861 

shares

चितवन । जिल्लामा यसवर्ष आलुको उत्पादन घट्ने भएको छ । बेमौसममा परेको पानीका कारण आलु उत्पादनमा कमी आउने कृषि ज्ञानकेन्द्रले जनाएको छ । केन्द्रका सूचना अधिकारी मीनबहादुर पुनका अनुसार जिल्लाको एक हजार ९५९ हेक्टर क्षेत्रफलमा आलु लगाइएकामा ३५ हजार ७३२ मेट्रिकटन आलु उत्पादन हुने अनुमान गरिएको छ । गतवर्ष सोही क्षेत्रफलको जमिनमा ३७ हजार ६१३ मेट्रिकटन आलु उत्पादन भएको थियो ।

गतवर्ष १९ दशमलब दुई मेट्रिकटन प्रतिहेक्टर उत्पादकत्व रहेकोमा यसवर्ष उत्पादकत्व घटेर १८ दशमलब २४ मेट्रिकटनमा आउने अनुमान गरिएको उनले जानकारी दिए । आलुमा पछौटे डडुवा रोगसमेत रहेकाले उत्पादनमा कमी आउने देखिएको हो । सूचना अधिकारी पुनले भने, “आलु थन्काउने समयमा चिसो बढेसँगै पानी परेर आलु उत्पादनमा समस्या आयो ।”जिल्लामा विशेष गरी आलुखेती पूर्वी चितवन, भरतपुर महानगरपालिका र माडी क्षेत्रमा बढी हुने गरेको छ । आलु थन्काउने समयमा पानी परेकाले बारीमा रहेको आलु कुहिने समस्या हुने उनले जानकारी दिए ।

वि.सं.२०७८ माघ २८ शुक्रवार १५:३८ मा प्रकाशित

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

नारायणगढ,चितवन। विगत १५ वर्षदेखि व्यावसायिक केराखेती गर्दै आएका चितवनको रत्ननगर...

चितवनका विद्यार्थी धान रोप्न सिक्दै

चितवनका विद्यार्थी धान रोप्न सिक्दै

काठमाडौँ ।  राष्ट्रिय धान दिवस । देशभर किसान र विभिन्न...

उही प्रकृतिका बेरुजु दोहोरिनु वित्तीय अनुशासन र सुशासनका दृष्टिले चिन्ताको विषय हो : सभामुख अर्याल

उही प्रकृतिका बेरुजु दोहोरिनु वित्तीय अनुशासन र सुशासनका दृष्टिले चिन्ताको विषय हो : सभामुख अर्याल

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले विश्वभर सार्वजनिक लेखापरीक्षणमा प्रयोग भइरहेको...

राष्ट्रियसभा बैठक : जातीय भेद्भाव हटाउन माग

राष्ट्रियसभा बैठक : जातीय भेद्भाव हटाउन माग

काठमाडौँ । राष्ट्रियसभाका सांसदहरुले जातीय भेद्भाव हटाउन, स्वास्थ्य बिमा कार्यक्रमलाई...

असार १५: जुजु धौको माग उच्च

असार १५: जुजु धौको माग उच्च

काठमाडौँ । आज असार १५, नेपाली संस्कृति र परम्पराअनुसार आजको...

धानका बिरुवासँग किसानका सपना जोडिएका हुन्छन् : सभापति थापा

धानका बिरुवासँग किसानका सपना जोडिएका हुन्छन् : सभापति थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले खेतमा रोपिएको प्रत्येक...