back
CTIZAN AD

बालअधिकार तथा बाल संरक्षण प्रणालीको विस्तार र सुदृढीकरण गर्न जोड

वि.सं.२०७८ माघ २९ शनिवार

2.1K 

shares

काठमाडौँ । ‘राष्ट्रिय ज्ञान सम्मेलन’ले बालश्रम अन्त्यका लागि बालअधिकार तथा बाल संरक्षण प्रणालीको विस्तार र सुदृढीकरण गर्नुपर्नेलगायत पाँच बुँदे सिफारिस गरेको छ ।

स्वतन्त्रता अभियान नेपालले विश्व शिक्षालगायतका विभिन्न संस्थासँगको सहकार्यमा आयोजित दुई दिने सम्मेलनमा सहभागी बाल अधिकार प्रवद्र्धनकर्ताले बालश्रम अन्त्य गर्न सम्बन्धितत र सरोकारवाला संस्था, निकाय, नागरिक समाजले गर्नुपर्ने क्रियाकलाप, सहकार्य र समन्वयबारे उल्लेख गरिएको छ ।

सिफारिसपत्रमा बालश्रम अन्त्यका लागि बालअधिकार तथा बाल संरक्षण प्रणालीको विस्तार र सुदृढीकरण गर्ने, सबै स्थानीय तहले बालबालिका सम्बन्धी ऐनले व्यवस्था गरेका बालअधिकार तथा बाल संरक्षण सेवा प्रवाहको कानुनी व्यवस्था, बालअधिकार समितिको गठन तथा परिचालन, बाल कोषको स्थापना तथा परिचालन, बाल कल्याण अधिकारीको व्यवस्था तथा बालमनोविज्ञ र समाजसेवीको सूचीकरण र परिचालनको व्यवस्थाको कार्यान्वयनलाई द्रुतगतिमा अघि बढाउन जरुरी रहेको उल्लेख छ ।

त्यसैगरी बाल हेल्पलाइन सेवा (१०९८) तथा बालबालिका खोजतलास सेवा (१०४) ले जोखिममा रहेका बालबालिका तथा श्रममा संलग्न बालबालिकाको उद्धार तथा संरक्षणमा प्रभावकारी भूमिका खेलेको हुनाले प्रदेश, स्थानीय तह र सङ्घीय सरकार तथा नागरिक संस्थाको साझा लगानीमा प्रत्येक जिल्लामा बाल हेल्पलाइन (१०९८) सेवाको विस्तार तथा प्रत्येक प्रदेशमा बालबालिका खोजतलास सेवा (१०४) को सेवा विस्तार र परिचालनलाई महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र राष्ट्रिय बालअधिकार परिषद्ले प्राथमिकताका साथ अघि बढाउनुपर्ने उल्लेख छ ।

जोखिममा रहेका तथा बालश्रमबाट उद्धार गरिएका बालबालिकालाई संरक्षण तथा पुनःस्थापना प्रयोजनका लागि अस्थायी संरक्षण सेवा तथा वैकल्पिक हेरचाहको सेवा व्यवस्थापन महत्वपूर्ण हुने भएकाले जिल्लास्तरसम्म विस्तार गर्न एवं यस्ता सेवालाई स्थानीय तह तथा प्रदेश सरकारबाट अनुदान सहायता प्रदान गर्ने व्यवस्थालाई नीतिगत र व्यवहारिकरुपमा लागू गर्नु जरुरी रहेको उल्लेख छ ।

नेपाल र भारतबीच खुला सीमाका कारण नेपाली बालबालिका भारततर्पm र भारतीय बालबालिका नेपालका विभिन्न स्थान र श्रम क्षेत्रमा श्रमिकका रुपमा काम गरिरहेको तथ्याङ्कले देखाएको छ । नेपाल र भारतबीच बालबालिकाको उद्धार, संरक्षण तथा स्वदेश फिर्तीसम्बन्धी व्यवस्थित प्रणाली र कानुनी प्रक्रिया नभएका कारण अनौपचारिकरुपमा नागरिक संस्थामार्पmत बालबालिकाको उद्धार, संरक्षण र स्वदेश फिर्ती सीमित मात्रामा भइरहेको छ । सीमापार रहेका बालश्रमिकको उद्धार संरक्षण तथा स्वदेश फिर्तीका लागि महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय तथा राष्ट्रिय बालअधिकार परिषद्बाट विशेष कार्यविधि तथा प्रणालीको निर्माण र कार्यान्वयन हुन आवश्यक रहेको सिफारिसपत्रमा लेखिएको छ ।

कार्यक्रममा राष्ट्रिय बालअधिकार परिषद्का कार्यकारी निर्देशक मिलनराज धरेलले जोखिममा परेका बालबालिकाको उद्धारका लागि सञ्चालित बाल हेल्प लाइन १०९८ र बालबालिका खोजतलास केन्द्र १०४ को विस्तार गर्ने प्रतिबद्धता जनाए ।

 

वि.सं.२०७८ माघ २९ शनिवार १०:११ मा प्रकाशित

सरकारका आधिकारिक दस्तावेज मोबाइलबाट ‘स्क्यान’ नगर्न निर्देशन

सरकारका आधिकारिक दस्तावेज मोबाइलबाट ‘स्क्यान’ नगर्न निर्देशन

काठमाडौँ । सरकारी कामकाजका आधिकारिक कागजात मोबाइल एप प्रयोग गरी...

विद्यालयबाट फर्किने क्रममा बेपत्ता बालिका खोलामा मृत भेटिइन्

विद्यालयबाट फर्किने क्रममा बेपत्ता बालिका खोलामा मृत भेटिइन्

घोडाघोडी (कैलाली) । कैलालीमा विद्यालयबाट घर फर्किने क्रममा सम्पर्कविहीन भएकी...

जलवायु उत्थानशीलता अभिवृद्धि गर्न नेपाललाई ८.५ मिलियन अमेरिकी डलर अनुदान

जलवायु उत्थानशीलता अभिवृद्धि गर्न नेपाललाई ८.५ मिलियन अमेरिकी डलर अनुदान

काठमाडौँ । हरित जलवायु कोष (जिसिएफ) बोर्डको ४५औँ बैठकले नेपालमा...

सिटिजन्स बैंकद्वारा बिश्रामपुर, बारामा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न 

सिटिजन्स बैंकद्वारा बिश्रामपुर, बारामा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न 

काठ्माडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

मानुुषी लघुवित्तको साधारण सभा सम्पन्न मर्जर प्रस्ताव पारित

मानुुषी लघुवित्तको साधारण सभा सम्पन्न मर्जर प्रस्ताव पारित

काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको सातौं वार्षिक साधारण...

प्रभु बैंक लिद्धारा त्रिभुवन विश्वविद्यालयलाई डिजिटल बोर्ड हस्तान्तरण

प्रभु बैंक लिद्धारा त्रिभुवन विश्वविद्यालयलाई डिजिटल बोर्ड हस्तान्तरण

काठमाडौँ । काठमाण्डौ महानगरपालिका, वडा नं ११, बबरमहल स्थित प्रभु...