back
CTIZAN AD

जीवन बीमाकोष बलियो बनाउँदै सिटिजन लाइफ

वि.सं.२०७८ फागुन १ आइतवार

726 

shares

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७८÷०७९ को दोश्रो त्रैमासिक (पौष मसान्त) सम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

सार्वजनिक गरिएको वित्तीय विवरण अनुसार कम्पनीले आफ्नो व्यवसाय वृद्धिसँगै जीवन बीमाकोष बलियो बनाउँदै १०३.७९% ले वृद्धि गरेको छ ।

गतआर्थिक वर्षको पौष मसान्तमा कम्पनीको जीवन बीमा कोष २ अर्व ३९ करोड ८१ लाख रहेकोमा यस पौष मसान्तमा सो रकम ४ अर्व ८८ करोड ७१ लाख पुगेको कम्पनीले जनाएको छ ।

यसका साथै कम्पनीले गत आर्थिक वर्षको पौष मसान्तसम्ममा कुल बीमाशुल्क १ अर्व ४० करोड २१ लाख संकलन गरेकोमा यस आर्थिक वर्षको सोही अवधिमा २ अर्व ४८ करोड ३१ लाख संकलन गर्न सफल भएको छ ।

यसरी हेर्दा बीमा शुल्क आर्जन ७७.१०% प्रतिशतले बढेको देखिन्छ । समीक्षा अवधिमा जीवन बीमा कोषमा १०३.७९% को वृद्धि गराउन सफल कम्पनीले जगेडा तथा कोषको आकार पनि ७९ करोड ६४ लाखबाट ११.७२% ले बढाएर ८८ करोड ९८ लाखको उचाई चुमाएको छ । साथै कम्पनीले लगानीर बीमालेखको धितो तथाअन्यकर्जाबाट प्राप्तहुने आयमा ४१.६० प्रतिशतको वृद्धि गरी ३२ करोड ७९ लाख पु¥याएको छ ।

जीवन बीमा व्यवसायमा लगानीको अवधिले कम्पनीको आयमा प्रत्यक्ष प्रभाव पार्ने भएकोले कम्पनीले दीर्घकालीन लगानी तथा कर्जालाई प्राथमिकता दिई कुल लगानी तथा कर्जा रकम ७ अर्व ६४ करोड मध्ये करिब ७४.६७% रकम विभिन्न बैंक तथा वित्तीय संस्थाको दीर्घकालीन अवधिको ऋणपत्र तथा मुद्धती निक्षेपमा लगानी गर्न सफलभएको छ । यस अघि गरिएको दीर्घकालीन लगानीले भविष्यमा समेत उच्च दरमा प्रतिफल प्रदान गरी कम्पनीको स्थायित्वका लागि आधार स्तम्भ निर्माणमा प्रत्यक्ष भूमिका निर्वाह गर्ने देखिन्छ ।

वि.सं.२०७८ फागुन १ आइतवार ०८:४३ मा प्रकाशित

आईएमई लाइफ इन्स्योरेन्सले गर्यो समता एजुकेशनलाई पाँच लाख सहयोग

आईएमई लाइफ इन्स्योरेन्सले गर्यो समता एजुकेशनलाई पाँच लाख सहयोग

काठमाडौँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

आईएमई लाइफ इन्स्योरेन्सद्वारा फेलोसिप सोसाइटी नेपाललाई सहयोग, दृष्टिविहीन विद्यार्थीको शिक्षामा साथ

आईएमई लाइफ इन्स्योरेन्सद्वारा फेलोसिप सोसाइटी नेपाललाई सहयोग, दृष्टिविहीन विद्यार्थीको शिक्षामा साथ

काठमाडौँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक...

विपन्न नागरिकको मोतिबिन्दु शल्यक्रिया गर्न आईएमई लाइफले गर्याे आर्थिक सहयोग

विपन्न नागरिकको मोतिबिन्दु शल्यक्रिया गर्न आईएमई लाइफले गर्याे आर्थिक सहयोग

काठमाडाैँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक...