काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजिनामाको माग गर्दै आन्दोलनरत नेपाल बार एशोसियसनले आजदेखि पुनः भौतिकरुपमै उपस्थित भएर आन्दोलन गर्ने जनाएको छ ।
सर्वोच्च अदालतभित्र भएका बेथिति, भ्रष्टाचार लगायतका विषयलाई लिएर लामो समयदेखि प्रधानन्यायाधीश जबराकाको राजिनामाको मागसहित आन्दोलन गर्दै आएको बारले कोरोना महामारीका कारण केही समय भर्चुअल माध्यमबाटै आन्दोलन गर्दै आएको थियो ।
आजदेखि भौतिक रुपमै आन्दोलन अगाडि बढाउने बारका महासचिव लीलामणि पौडेलले जानकारी दिएका छन् ।
पौडेलका अनुसार माघ २८ गते बसेको बारको बैठकको निर्णयअनुसार आज ११ बजेदेखि १२ बजेसम्म सर्वोच्च अदाल परिसरमा भौतिक रुपमा उपस्थित भएर आन्दोलनका कार्यक्रम अगाडि बढाउने भएको हो ।
वि.सं.२०७८ फागुन १ आइतवार १०:४३ मा प्रकाशित






























