back
CTIZAN AD

हरियो वन नेपालको धन केवल नारामा मात्रै सीमित : मन्त्री थापा

वि.सं.२०७८ फागुन १ आइतवार

1.4K 

shares

गण्डकी । गण्डकी प्रदेशका कानुन, सञ्चार तथा प्रदेशसभा मामिलामन्त्री विन्दुकुमार थापाले अनावश्यक वन फँडानी रोकिनुपर्ने बताएका छन् । प्रजातान्त्रिक वन प्राविधक सङ्घ नेपाल गण्डकी प्रदेशको प्रथम अधिवेशनको आज पोखरामा उद्घाटन गर्दै उनले नेपालमा अनावश्यक रुपमा वन फँडानी भइरहेको र यसको संरक्षणमा लाग्नुपर्ने आवश्यकता औँल्याए ।

“अनावश्यक रुपमा वन फँडानी हुँदा प्राकृतिक विपत्ति जस्ता समस्या आइरहेका छन”, उनले, “हरियो वन नेपालको धन केवल नारामा मात्रै सीमित रहेको छ, यसको संरक्षणमा सबै जुट्नुपर्ने आवश्यकता छ ।” प्रदेश सरकारले वन संरक्षणसम्बन्धी ऐन निर्माण गर्ने तयारी गरिरहेको र सङ्घीय सरकारको केही झन्झटिलो नीतिनियमका कारण रोकिएको उनले जानकारी दिए । वनलाई विकास निर्माण र देशको समृद्धिसँग पनि जोड्नुपर्ने उल्लेख गर्दै उनले वन संरक्षणमा वन प्राविधिकको भूमिका महत्वपूर्ण रहेको बताए ।

वनले पर्यटन क्षेत्रको विकासमा समेत टेवा पुग्ने विश्वास व्यक्त गर्दै उनले सामुदायिक वनको संरक्षणले नेपालमा पाइने दुर्लभ वन्यजन्तुमा ह्रास नआउने र अवलोकनका लागि पर्यटकको आगमन बढ्ने बताए ।

वन प्राविधिकका समस्या न्यूनीकरणमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताउँदै मन्त्री थापाले दक्ष जनशक्तिलाई नेपालमै काम गर्ने वातावरण मिलाउनुपर्नेमा जोड दिए । विकास विरोधी वन ऐनका कारण कतिपय काठ वनमा नै कुहिएर नाश हुने अवस्था रहेको जनाउँदै उहाँले यसलाई संशोधन गरी विकासमैत्री बनाउनुपर्ने बताए । वनलाई संरक्षण गर्दै पुराना रूखलाई काठका रुपमा परिणत गरी विकास निर्माणमा प्रयोग गर्नुपर्ने उनको धारणा छ ।

 

वि.सं.२०७८ फागुन १ आइतवार १५:२६ मा प्रकाशित

पर्यटकीय बसाइ लम्बाउन घोडेपानी–पुनहिलमा पूर्वाधार विस्तार

पर्यटकीय बसाइ लम्बाउन घोडेपानी–पुनहिलमा पूर्वाधार विस्तार

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको प्रमुख पर्यटकीयस्थल घोडेपानी–पुनहिलमा...

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

तानसेन (पाल्पा) । एक दशकअघिसम्म पाल्पाका फाँटहरूमा असार लागेसँगै हल...

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

नारायणगढ,चितवन। विगत १५ वर्षदेखि व्यावसायिक केराखेती गर्दै आएका चितवनको रत्ननगर...

कर्णालीमा ४३ हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा धानखेती हुँदै

कर्णालीमा ४३ हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा धानखेती हुँदै

काँक्रेविहार (सुर्खेत)  । कर्णाली प्रदेशका १० जिल्लामा ४३ हजार २९०...

भाइद्वारा दाजुको हत्या

भाइद्वारा दाजुको हत्या

नेपालगञ्ज । बाँके प्रहरीले कोहलपुरमा आफ्नै सहोदर दाजुको हत्या गरेको...

चितवनका विद्यार्थी धान रोप्न सिक्दै

चितवनका विद्यार्थी धान रोप्न सिक्दै

काठमाडौँ ।  राष्ट्रिय धान दिवस । देशभर किसान र विभिन्न...