काठमाडौं । गायक सरगम राईको गीत ‘माया गाढा छ’को भिडियो सार्वजानिक गरिएको छ । गीतको भिडियो गायक राईले द आजीटी फिल्मस् युट्युब च्यानल मार्फत शनिबार सार्वजनिक गरेका हुन् ।
गायक राईको शब्द, संगीत र गायन रहेको सार्वजनिक गीतमा कविता नेपाली र विजु पार्कीको अभिनय रहेको छ । गायक राईलाई विदेशी गायिका बानी राइटले गीतमा स्वरमा साथ दिएकी छन् । सार्वजनिक म्यूजिक भिडियोमा युवापुस्ताको खुशीको पललाई चित्रण गरिएको छ ।
उक्त म्यूजिक भिडियोलाई केशव राज भट्टले निर्देशन गरेका हुन् भने छायांकन बुद्ध थापाले गरेका हुन् । भिडियो सम्पादन भने दिनसोन शाहले गरेका छन् ।
वि.सं.२०७८ फागुन १ आइतवार १५:३० मा प्रकाशित




























