back
CTIZAN AD

एमसीसीभित्र लुकेको अमेरिकी स्वार्थ

वि.सं.२०७८ फागुन १ आइतवार

666 

shares

सन् १९३८ अघिसम्म कोरिया एक स्वतन्त्र मुलुक थियो । युरोपेली झैं साम्राज्यवाद खडा गर्ने धुनमा जापानले सन् १९३८ मा कोरियामाथि आक्रमण गर्‍यो । अब कोरिया जापानको उपनिवेश बन्न बाध्य भयो । लगत्तै जापानले चीनको मञ्चुरिया पनि कब्जा गर्‍यो । भनिन्छ, जापानले सम्पूर्ण एसिया तथा हिटलर नेतृत्वमा जर्मनले बाँकी विश्व कब्जा गर्ने सहमति गरेका थिए । त्यसरी जापानी सेनाहरु कोरिया, चीन, बर्मा कब्जा गर्दै हाल भारतको नागाल्याण्डसम्म आइपुगेका थिए ।

पहिलो विश्वयुद्वमा जर्मनविरुद्व भर्साईल सन्धिसम्म मात्र अघि सरेको अमेरिका हतियार उत्पादन गरेर बेच्दै धन कमाउदै थियो । दोस्रो विश्वयुद्वमा भने त्यो महाशक्ति बन्न पुग्यो । जब फ्रान्समाथि कब्जा जमाएर हिटलर सेनाले बेलायतमाथि बम वर्षा गर्न थाल्यो, तब हिटलरविरुद्व संयुक्त मोर्चाका लागि बेलायति प्रधानमन्त्री चर्चिलले सोभियत राष्ट्रपति स्टालिन समक्ष अनुनय गरे । अब हिटलरविरुद्वको संयुक्त लडाइँमा स्टालिन अग्रसर भए । स्मरणीय के छ भने कोलम्बसले कथित पत्ता लगाएको अमेरिकी महादेशमा मुख्यतः बेलायतको कब्जा थियो । त्यसैले अमेरिकी स्वतन्त्रता संग्राम, खासगरी अमेरिका र बेलायतबीचको लडाइँ थियो । पहिला बेलायतीलाई लखेटेर धपाउने अनि अमेरिकामाथि आफ्नो साम्राज्य कायम गर्ने रणनीतिमा फ्रान्सले अमेरिकी स्वतन्त्रता संग्रामीहरुलाई भारी सहयोग गरेको थियो । यद्यपि, अमेरिकामाथि साम्राज्य कायम गर्ने फ्रान्सेली रणनीति प्रयोग हुन सकेन । जे होस्, यसरी बेलायतविरुद्व फ्रान्स र अमेरिकाबीच मित्रता बन्न पुगेको थियो ।

दोस्रो विश्वयुद्वमा हिटलरविरुद्व चर्चिल–स्टालिनबीच संयुक्त मोर्चाबन्दी हुनुले आफुसहित पुँजीवादी देशहरुको ढाड भाँच्ने खतरा अमेरिकाले ठान्यो । र, नै फ्रान्स मुक्तिका लागि भन्दै अमेरिकाले जोरजुलुम गर्‍यो । अमेरिकी सेना फ्रान्स हुँदै जर्मनीतर्फ अघि बढ्यो ।

भनिन्छ, हिटलरको अवसानसँगै आफ्नो सम्राटको रक्षा सुनिश्चित भएमा सोभियत संघको नेतृत्वमा समाजवादको बाटो हिंड्न जापान तयार रहेकोबारे जापानले स्टालिनसँग वार्ता पहल बढाएको थियो । त्यो सूचना पाएर नै, सोभियत समाजवादको विश्वव्यापी लहर रोक्न, अमेरिकाले जापानमाथि विनाशकारी आक्रमण गर्‍यो ।

जब चर्चिल–स्टालिनबीच संयुक्त मोर्चा घोषणा गरियो, लगत्तै हिटलरले आफ्नो मुख्य फौज सोभियत संघमाथि खन्यायो । परिणाम स्वरुप सोभियत सेनाका सर्वोच्च कमाण्डर जोसेफ स्टालिन अमेरिकीहरु भन्दा अगाडि नै बर्लिन पुगे । पराजय अवश्यमभावी देखेर हिटलरले आत्महत्या गरे । यसरी सोभियत नियन्त्रणको समाजवादी जर्मनी र अमेरिका नियन्त्रणको पुँजीवादी जर्मनीमा त्यो विभाजन हुन पुग्यो ।

यसरी विश्व कब्जा गर्न हिँडेका हिटलरको अवसान भयो । तर, जापानी सेनाको आक्रमण निरन्तर जारी थियो । अमेरिकी सेनाको एक अखडा पर्लहार्बर टापुमाथि जापानी आक्रमणको निहुँमा अमेरिकाले जापानको हिरोसिमा र नागाशाकीमाथि अणु बम नै खसाल्यो । आत्मसमर्पण नगरे टोकियोमाथि पनि अणु बम प्रहार गर्ने धम्कीसहित अमेरिकाले जापानलाई २४ घण्टे चेतावनी प्रसार गर्‍यो । जापान आत्मसमर्पण गर्न बाध्य भयो । सन् १९४५ मा दोस्रो विश्वयुद्व यसरी सकिएको थियो ।

भनिन्छ, हिटलरको अवसानसँगै आफ्नो सम्राटको रक्षा सुनिश्चित भएमा सोभियत संघको नेतृत्वमा समाजवादको बाटो हिंड्न जापान तयार रहेकोबारे जापानले स्टालिनसँग वार्ता पहल बढाएको थियो । त्यो सूचना पाएर नै, सोभियत समाजवादको विश्वव्यापी लहर रोक्न, अमेरिकाले जापानमाथि विनाशकारी आक्रमण गर्‍यो ।

जब आत्मसमर्पण गर्‍यो, जापान अमेरिकाको पुँजीवादी नेतृत्वमा गयो । परिणाम, चीनलगायत सबै तिरबाट सेना फिर्ता गरे पनि अमेरिकी योजनामा कोरियास्थित आफ्नो सेना जापानले यथावत राख्यो । अर्को शब्दमा भन्नु पर्दा कोरियामा विश्वयुद्व जारी रह्यो । परन्तु, कोरियाली देशभक्तहरुको जनप्रतिरोध युद्व पनि जारी थियो । त्यसैले सन् १९४७ मा कोरियाली श्रमिक पार्टीको नेतृत्वमा जनवादी गणतन्त्र कोरियाको प्रथम राष्ट्रपति किम ईल सुङलाई चुनियो । लगत्तै अमेरिकाले आफ्नो सहयोगी सिकमण्ड रीलाई कोरियाको राष्ट्रपति घोषणा गरिदियो । यसरी कोरियाली युद्व विस्तार हुँदै राज्यको निर्मम विभाजनमा पुग्यो ।

सोभियत राष्ट्रपति स्टालिनको सहयोग र समर्थनमा सन् १९५० मा राष्ट्रिय एकीकरणका लागि उत्तरबाट किम ईल सुङ नेतृत्वको जनसेनाले दक्षिणमा चढाई गर्‍यो । जहाँ संयुक्त राष्ट्रसंघ सेनाको नाममा अमेरिकाले अड्डा जमाएर बसेको थियो ।

प्रथम विश्वयुद्व नामको अन्तर–पुँजीवादी युद्वमा सैनिक एवं जनसाधारणको हत्या भएको तथ्य इण्डो–प्यासिफिक सैन्य रणनीतिअन्तर्गत एमसीसी सम्झौताको सन्दर्भमा हेक्का राख्न अत्यन्त जरुरी छ । दोस्रो विश्वयुद्धमा अमेरिकाले जे रणनीति बोकेको थियो आज पनि त्यो बदलिएको छैन । आज पैदलको सट्टा नाभिकीय युद्व हुन सक्ने प्रष्ट छ र त्यसले आम विनाश गर्ने पनि त्यत्तिकै प्रष्ट छ ।

कोरियाली जनसेनालाई सहयोग गर्न, भर्खरै स्वतन्त्र बनेको चीनले १ लाख ५० हजार जनमुक्ति सेना कोरियातर्फ तत्काल खटायो । कोरियाली युद्वमा उत्तर कोरियाको ९ लाख र चीनियाँ जनमुक्ति सेनाको ६ लाख गरि सेना तथा जनता समेत ३० लाखको वलिदान भयो ।

कोरियाली युद्वमा अमेरिकाले ६ लाख टन बम खसाल्यो । अणु बम चाहिँ यसकारण प्रहार गरेन कि जुन अणु बम सोभियत संघले पनि उत्पादन गरिसकेको थियो । सुरुमा जापान र त्यसपछि अमेरिकाको कारण सन् १९५३ माकोरिया पनि विभाजनको सिकार बन्यो ।

प्रथम विश्वयुद्व नामको अन्तर–पुँजीवादी युद्वमा सैनिक एवं जनसाधारणको हत्या भएको तथ्य इण्डो–प्यासिफिक सैन्य रणनीतिअन्तर्गत एमसीसी सम्झौताको सन्दर्भमा हेक्का राख्न अत्यन्त जरुरी छ । दोस्रो विश्वयुद्धमा अमेरिकाले जे रणनीति बोकेको थियो आज पनि त्यो बदलिएको छैन । आज पैदलको सट्टा नाभिकीय युद्व हुन सक्ने प्रष्ट छ र त्यसले आम विनाश गर्ने पनि त्यत्तिकै प्रष्ट छ । तर, यहाँ भन्न खोजिएको अमेरिकाकै कारण नेपाल र नेपालीको जसरी विनाश निम्त्याइँदै छ, प्रतिरोधमा एमसीसी परियोजना खारेज आन्दोलनलाई देशभक्तिपूर्ण जनप्रतिरोध क्रान्तिमा विकसित गर्नु पर्दछ । अमेरिका नभए पनि नेपाल सहजै चल्न सक्छ, तर छिमेकी चीन र भारत बिना किमार्थ चल्दैन ।

वि.सं.२०७८ फागुन १ आइतवार १५:४५ मा प्रकाशित

अदालतको प्रत्यक्ष प्रसारणमा अन्तर्राष्ट्रिय प्रचलनहरु

अदालतको प्रत्यक्ष प्रसारणमा अन्तर्राष्ट्रिय प्रचलनहरु

यतिबेला न्यायिक कारवाहीको प्रत्यक्ष सुनुवाईको थालनी भएपछि यसले सार्वजनिक बहस...

किन हुन्छ बौद्धिक वर्गको भूमिका र यथार्थबीच विरोधाभास ?

किन हुन्छ बौद्धिक वर्गको भूमिका र यथार्थबीच विरोधाभास ?

१ पृष्ठभूमि बौद्धिक वर्गलाई परम्परागत रूपमा जटिल मानसिक श्रममा संलग्न...

तीन सङ्कटले थलिएको नेपाली अर्थतन्त्र

तीन सङ्कटले थलिएको नेपाली अर्थतन्त्र

१. पृष्ठभूमि नेपाल तीनवटा संरचनात्मक आर्थिक सङ्कटहरू–खाद्य असुरक्षा, फराकिलो व्यापार...

पूँजीवादी उपभोक्तावाद र बिज्ञापन: “खाए खा नखाए घिच”

पूँजीवादी उपभोक्तावाद र बिज्ञापन: “खाए खा नखाए घिच”

के तपाईं टेलिभिजन हेर्दा, रेडियो सुन्दा, पत्रिका पढ्दा वा सामाजिक...

राष्ट्रवाद र देशभक्तिमा के फरक छ ?

राष्ट्रवाद र देशभक्तिमा के फरक छ ?

१. पृष्ठभूमि राष्ट्रवाद र देशभक्ति बीचको मुख्य भिन्नता के हो...

विज्ञान भैरवतन्त्रः संक्षिप्त विवेचना

विज्ञान भैरवतन्त्रः संक्षिप्त विवेचना

विज्ञान भैरवतन्त्र काश्मीर शैव दर्शन र कौल त्रिक परम्पराको एक...