सन् १९३८ अघिसम्म कोरिया एक स्वतन्त्र मुलुक थियो । युरोपेली झैं साम्राज्यवाद खडा गर्ने धुनमा जापानले सन् १९३८ मा कोरियामाथि आक्रमण गर्यो । अब कोरिया जापानको उपनिवेश बन्न बाध्य भयो । लगत्तै जापानले चीनको मञ्चुरिया पनि कब्जा गर्यो । भनिन्छ, जापानले सम्पूर्ण एसिया तथा हिटलर नेतृत्वमा जर्मनले बाँकी विश्व कब्जा गर्ने सहमति गरेका थिए । त्यसरी जापानी सेनाहरु कोरिया, चीन, बर्मा कब्जा गर्दै हाल भारतको नागाल्याण्डसम्म आइपुगेका थिए ।
पहिलो विश्वयुद्वमा जर्मनविरुद्व भर्साईल सन्धिसम्म मात्र अघि सरेको अमेरिका हतियार उत्पादन गरेर बेच्दै धन कमाउदै थियो । दोस्रो विश्वयुद्वमा भने त्यो महाशक्ति बन्न पुग्यो । जब फ्रान्समाथि कब्जा जमाएर हिटलर सेनाले बेलायतमाथि बम वर्षा गर्न थाल्यो, तब हिटलरविरुद्व संयुक्त मोर्चाका लागि बेलायति प्रधानमन्त्री चर्चिलले सोभियत राष्ट्रपति स्टालिन समक्ष अनुनय गरे । अब हिटलरविरुद्वको संयुक्त लडाइँमा स्टालिन अग्रसर भए । स्मरणीय के छ भने कोलम्बसले कथित पत्ता लगाएको अमेरिकी महादेशमा मुख्यतः बेलायतको कब्जा थियो । त्यसैले अमेरिकी स्वतन्त्रता संग्राम, खासगरी अमेरिका र बेलायतबीचको लडाइँ थियो । पहिला बेलायतीलाई लखेटेर धपाउने अनि अमेरिकामाथि आफ्नो साम्राज्य कायम गर्ने रणनीतिमा फ्रान्सले अमेरिकी स्वतन्त्रता संग्रामीहरुलाई भारी सहयोग गरेको थियो । यद्यपि, अमेरिकामाथि साम्राज्य कायम गर्ने फ्रान्सेली रणनीति प्रयोग हुन सकेन । जे होस्, यसरी बेलायतविरुद्व फ्रान्स र अमेरिकाबीच मित्रता बन्न पुगेको थियो ।
दोस्रो विश्वयुद्वमा हिटलरविरुद्व चर्चिल–स्टालिनबीच संयुक्त मोर्चाबन्दी हुनुले आफुसहित पुँजीवादी देशहरुको ढाड भाँच्ने खतरा अमेरिकाले ठान्यो । र, नै फ्रान्स मुक्तिका लागि भन्दै अमेरिकाले जोरजुलुम गर्यो । अमेरिकी सेना फ्रान्स हुँदै जर्मनीतर्फ अघि बढ्यो ।
भनिन्छ, हिटलरको अवसानसँगै आफ्नो सम्राटको रक्षा सुनिश्चित भएमा सोभियत संघको नेतृत्वमा समाजवादको बाटो हिंड्न जापान तयार रहेकोबारे जापानले स्टालिनसँग वार्ता पहल बढाएको थियो । त्यो सूचना पाएर नै, सोभियत समाजवादको विश्वव्यापी लहर रोक्न, अमेरिकाले जापानमाथि विनाशकारी आक्रमण गर्यो ।
जब चर्चिल–स्टालिनबीच संयुक्त मोर्चा घोषणा गरियो, लगत्तै हिटलरले आफ्नो मुख्य फौज सोभियत संघमाथि खन्यायो । परिणाम स्वरुप सोभियत सेनाका सर्वोच्च कमाण्डर जोसेफ स्टालिन अमेरिकीहरु भन्दा अगाडि नै बर्लिन पुगे । पराजय अवश्यमभावी देखेर हिटलरले आत्महत्या गरे । यसरी सोभियत नियन्त्रणको समाजवादी जर्मनी र अमेरिका नियन्त्रणको पुँजीवादी जर्मनीमा त्यो विभाजन हुन पुग्यो ।
यसरी विश्व कब्जा गर्न हिँडेका हिटलरको अवसान भयो । तर, जापानी सेनाको आक्रमण निरन्तर जारी थियो । अमेरिकी सेनाको एक अखडा पर्लहार्बर टापुमाथि जापानी आक्रमणको निहुँमा अमेरिकाले जापानको हिरोसिमा र नागाशाकीमाथि अणु बम नै खसाल्यो । आत्मसमर्पण नगरे टोकियोमाथि पनि अणु बम प्रहार गर्ने धम्कीसहित अमेरिकाले जापानलाई २४ घण्टे चेतावनी प्रसार गर्यो । जापान आत्मसमर्पण गर्न बाध्य भयो । सन् १९४५ मा दोस्रो विश्वयुद्व यसरी सकिएको थियो ।
भनिन्छ, हिटलरको अवसानसँगै आफ्नो सम्राटको रक्षा सुनिश्चित भएमा सोभियत संघको नेतृत्वमा समाजवादको बाटो हिंड्न जापान तयार रहेकोबारे जापानले स्टालिनसँग वार्ता पहल बढाएको थियो । त्यो सूचना पाएर नै, सोभियत समाजवादको विश्वव्यापी लहर रोक्न, अमेरिकाले जापानमाथि विनाशकारी आक्रमण गर्यो ।
जब आत्मसमर्पण गर्यो, जापान अमेरिकाको पुँजीवादी नेतृत्वमा गयो । परिणाम, चीनलगायत सबै तिरबाट सेना फिर्ता गरे पनि अमेरिकी योजनामा कोरियास्थित आफ्नो सेना जापानले यथावत राख्यो । अर्को शब्दमा भन्नु पर्दा कोरियामा विश्वयुद्व जारी रह्यो । परन्तु, कोरियाली देशभक्तहरुको जनप्रतिरोध युद्व पनि जारी थियो । त्यसैले सन् १९४७ मा कोरियाली श्रमिक पार्टीको नेतृत्वमा जनवादी गणतन्त्र कोरियाको प्रथम राष्ट्रपति किम ईल सुङलाई चुनियो । लगत्तै अमेरिकाले आफ्नो सहयोगी सिकमण्ड रीलाई कोरियाको राष्ट्रपति घोषणा गरिदियो । यसरी कोरियाली युद्व विस्तार हुँदै राज्यको निर्मम विभाजनमा पुग्यो ।
सोभियत राष्ट्रपति स्टालिनको सहयोग र समर्थनमा सन् १९५० मा राष्ट्रिय एकीकरणका लागि उत्तरबाट किम ईल सुङ नेतृत्वको जनसेनाले दक्षिणमा चढाई गर्यो । जहाँ संयुक्त राष्ट्रसंघ सेनाको नाममा अमेरिकाले अड्डा जमाएर बसेको थियो ।
प्रथम विश्वयुद्व नामको अन्तर–पुँजीवादी युद्वमा सैनिक एवं जनसाधारणको हत्या भएको तथ्य इण्डो–प्यासिफिक सैन्य रणनीतिअन्तर्गत एमसीसी सम्झौताको सन्दर्भमा हेक्का राख्न अत्यन्त जरुरी छ । दोस्रो विश्वयुद्धमा अमेरिकाले जे रणनीति बोकेको थियो आज पनि त्यो बदलिएको छैन । आज पैदलको सट्टा नाभिकीय युद्व हुन सक्ने प्रष्ट छ र त्यसले आम विनाश गर्ने पनि त्यत्तिकै प्रष्ट छ ।
कोरियाली जनसेनालाई सहयोग गर्न, भर्खरै स्वतन्त्र बनेको चीनले १ लाख ५० हजार जनमुक्ति सेना कोरियातर्फ तत्काल खटायो । कोरियाली युद्वमा उत्तर कोरियाको ९ लाख र चीनियाँ जनमुक्ति सेनाको ६ लाख गरि सेना तथा जनता समेत ३० लाखको वलिदान भयो ।
कोरियाली युद्वमा अमेरिकाले ६ लाख टन बम खसाल्यो । अणु बम चाहिँ यसकारण प्रहार गरेन कि जुन अणु बम सोभियत संघले पनि उत्पादन गरिसकेको थियो । सुरुमा जापान र त्यसपछि अमेरिकाको कारण सन् १९५३ माकोरिया पनि विभाजनको सिकार बन्यो ।
प्रथम विश्वयुद्व नामको अन्तर–पुँजीवादी युद्वमा सैनिक एवं जनसाधारणको हत्या भएको तथ्य इण्डो–प्यासिफिक सैन्य रणनीतिअन्तर्गत एमसीसी सम्झौताको सन्दर्भमा हेक्का राख्न अत्यन्त जरुरी छ । दोस्रो विश्वयुद्धमा अमेरिकाले जे रणनीति बोकेको थियो आज पनि त्यो बदलिएको छैन । आज पैदलको सट्टा नाभिकीय युद्व हुन सक्ने प्रष्ट छ र त्यसले आम विनाश गर्ने पनि त्यत्तिकै प्रष्ट छ । तर, यहाँ भन्न खोजिएको अमेरिकाकै कारण नेपाल र नेपालीको जसरी विनाश निम्त्याइँदै छ, प्रतिरोधमा एमसीसी परियोजना खारेज आन्दोलनलाई देशभक्तिपूर्ण जनप्रतिरोध क्रान्तिमा विकसित गर्नु पर्दछ । अमेरिका नभए पनि नेपाल सहजै चल्न सक्छ, तर छिमेकी चीन र भारत बिना किमार्थ चल्दैन ।
वि.सं.२०७८ फागुन १ आइतवार १५:४५ मा प्रकाशित






























