१ फागुन, काठमाडौँ । साताको पहिलो दिन सेयर बजार नेप्सेमा १०० अकंले पहिरो गएको छ । आज सेयर बजार ९नेप्से० १०० दशमलब ६७ अकंले घटेर २७०० दशमलब ८९ विन्दुमा पुगेको छ । त्यस्तै ठूला कम्पनीहरुकोे कारोबार मापक सेन्सेटिभ पनि १५ दशमलब ६२ अकंले घटेर ५११ दशमलब ६६ विन्दुमा पुगेको छ ।
आज कुल सूचिकृतमध्ये २२७ कम्पनीको ५ अर्ब ९७ करोड ७२ लाख १४ हजार १७८७३० रुपैंया बराबरको १ करोड १६ लाख ६१ हजार ६३९ कित्ता सेयर किनबेच भएको छ । तिनको कारोबारमा ८१ हजार ८ सय ३७ पटक लेनदेन भएको हो ।
कारोबार रकमको आधारमा अपर तामाकोशी, अरुण भ्याली हाईड्रोपावर, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, नेशनल हाईड्रोपावर, अपी लगायतका कम्पनीहरु शिर्ष स्थानमा रहे भने कारोबार संख्याको आधारमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक, नेशनल हाईड्रोपावर, एचआईडिसिएल, अरुण भ्याली हाईड्रोपावर, अपर तामाकोशी लगायतका कम्पनीहरु शिर्ष स्थानमा रहे ।
सबै भन्दा धेरै गुमाउनेमा अपर तामाकोशी, नारायणी डेभलपमेन्ट बैंक, शिव श्री हाईड्रोपावर, विन नेपाल बुद्धभुमी नेपाल हाईड्रोपावर लगायतका कम्पनीका लगानीकर्ताहरु परेका छन ।
वि.सं.२०७८ फागुन १ आइतवार १६:०० मा प्रकाशित


























