back
CTIZAN AD

‘भाइरल’ तोरीबारीमा आजदेखी घुम्न खुल्ला

वि.सं.२०७८ फागुन १ आइतवार

771 

shares

गलेश्वर । पछिल्लो समय राष्ट्रिय सञ्चारमाध्यम र सामाजिक सञ्जालमा ‘भाइरल’ बनेको बेनी नगरपालिका–१, रत्नेचौरको तोरीबारीमा थामिनसक्नु भीड लागेपछि स्थानीय प्रशासनले लगाएको रोक आजबाट खुल्ला भएको छ ।
म्याग्दी, बागलुङ र पर्वतसहित गण्डकी प्रदेशका विभिन्न जिल्लाबाट रत्नेचौरमा पहेँलपुर फूलेको तोरीबारीमा पुगेर तस्बीर खिचाउने र टिकटक बनाउनेको ताँती नै लाग्ने गरेको छ । उत्तरपट्टी चाँदी झै टल्केका धवलागिरि हिमशृङ्खला, पश्मिबाट पूर्वतर्फ लमतन्न फैलिएको समथर फाँट, फाँटैभरी गहुँको हरियाली र पहँेलै फुलेको तोरीको मिश्रणले अकर्षक लाग्ने दृश्यका कारण फाँटकोबीच भागमा पीच गरिएको पक्की सडकमा तस्बीर खिच्न र टिकटक बनाउन व्यस्त युवायुवती तथा वयस्कहरुको भीडले रत्नेचौरको रौनक बढाएको हो ।

तोरीबारीमा घुम्न गएका धेरैजसो युवती फाँटको पहेँलपुर तोरीबारीमा मखमलीको चोलो तथा पोलिस्टरका गुन्यूँ, पटुका, गरगहना, बाला, माडबारी, तिलहरी, औंठी, चुराजस्ता जनजातिको संस्कृति र वेषभूषा झल्किने पोशाकमा सजिएर तस्बीर लिने गरेका छन् ।रत्नेचौरको फाँटमा सयौं तन्नेरी पुगेर दैनिक तोरीबारीलाई फेसबुक, टिकटक, इन्स्टाग्राममा कैद गर्नाका लागि रत्नेचौर महिला बचत तथा ऋण सहकारीले जनजातिको पोशाक भाडामा दिएर एक महिनामै करिब रु ६० हजार आम्दानी गरेको छ ।

सहकारीले आफ्नो सहकारीको साधारणसभा तथा समुदायस्तरमा आयोजना हुने कार्यक्रमका लागि रु ३० हजारमा १० सेट त्यस्ता गहना र पोशाक खरिद गरेको सहकारीका सचिव सुलोचना केसीले बताए । “तोरीबारीले मगर समुदायको वेषभूषाको पनि प्रचारप्रसार भयो र सङ्कलित रकमलाई जातीय पोशाक प्रवद्र्धनमै खर्च गछौं” उनले भने ।

रत्नेचौरका महिलालाई आर्थिक, सामाजिक तथा आयर्आजनको क्षेत्रमा समेत सहयोग गर्ने गरेको सहकारीले तोरीबारीमा पोशाक प्रयोग गर्ने स्थानीयवासीलाई रु १०० र बाहिरबाट आउनेलाई रु २०० लिने गरेको छ । रत्नेचौरलाई कृषिको हब बनाउन स्थानीय युवा अग्रसर भएका छन् । कृषि पर्यटनको प्रचुर सम्भावना रहेको त्यस स्थानकोे विकासका लागि अग्रसर भएका स्थानीय युवा तथा भानु माध्यमिक विद्यालयका प्रधानाध्यापक भरत खत्रीका अनुसार जगतगुरु हिमालयन बाबाको योजना अनुसार रत्नेचौरमा निर्माण हुन लागेको पार्कलाई रत्नपार्क नामाकरण गरेर त्यहाँ पृथ्वी आकारको भ्यू टावरको काम अगाडि बढाउने योजना रहेको छ ।

 

वि.सं.२०७८ फागुन १ आइतवार १६:१२ मा प्रकाशित

पर्यटकीय बसाइ लम्बाउन घोडेपानी–पुनहिलमा पूर्वाधार विस्तार

पर्यटकीय बसाइ लम्बाउन घोडेपानी–पुनहिलमा पूर्वाधार विस्तार

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको प्रमुख पर्यटकीयस्थल घोडेपानी–पुनहिलमा...

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

तानसेन (पाल्पा) । एक दशकअघिसम्म पाल्पाका फाँटहरूमा असार लागेसँगै हल...

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

नारायणगढ,चितवन। विगत १५ वर्षदेखि व्यावसायिक केराखेती गर्दै आएका चितवनको रत्ननगर...

कर्णालीमा ४३ हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा धानखेती हुँदै

कर्णालीमा ४३ हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा धानखेती हुँदै

काँक्रेविहार (सुर्खेत)  । कर्णाली प्रदेशका १० जिल्लामा ४३ हजार २९०...

भाइद्वारा दाजुको हत्या

भाइद्वारा दाजुको हत्या

नेपालगञ्ज । बाँके प्रहरीले कोहलपुरमा आफ्नै सहोदर दाजुको हत्या गरेको...

चितवनका विद्यार्थी धान रोप्न सिक्दै

चितवनका विद्यार्थी धान रोप्न सिक्दै

काठमाडौँ ।  राष्ट्रिय धान दिवस । देशभर किसान र विभिन्न...