back
CTIZAN AD

धमिराहरुका कारण एनआरएनए जापान थप दुर्घटनामा जाँदै

वि.सं.२०७८ फागुन १ आइतवार

1.1K 

shares

२००४ को फेब्रअरी १२ मा स्थापना भएको एनआरएनए जापानले आफ्नो स्थापनाकालदेखि हालसम्मको दिनमा आउँदै गर्दा संसारभरको एनआरएनएहरूको नेतृत्व गर्ने दुई अध्यक्ष पाइसकेको छ भने एनआरएनए अभियानमा समेटिएका देशहरू मध्ये शक्तिशाली देशमा पर्छ जापान ।

देश भूकम्पबाट विनास भएका बेला होस् या कोरोनाले थलिएको अवस्था होस् हरेक समस्यामा सहयोगका लागि उत्तिकै अब्बल देखिदै आएको एनआरएनए जापान २०२१ को जुलार्ई ३० मा सम्पन्न भएको निर्वाचनपश्चात ऐतिहासिकरूपमा दुर्घन्धित भएको मात्रै हैन यसले समग्र एनआरएनएलार्ई नै धरापमा पारेको पछिल्लो अवस्थाले पुष्टि गर्दै गएको छ ।

धाँधलीपूर्ण निर्वाचन र आइसिसिको दोहोरो चरित्र

सामान्यतयाः निर्वाचन प्रणालीलाई हेर्दा अधिकांश जित्नेले केही न केही तिकडम गरेको र हार्नेले धाँधली भए पनि नभएपनि असन्तुष्टी देखाएको देखिन्छ र केही समयसँगै यो सेलाउँदै गएको पनि पाइन्छ । जुन अघिल्लो वर्ष संसारको शक्तिशाली देश भनिएको अमेरिकाको निर्वाचनले पनि देखाएको छ । यस्तो संस्कारबाट गुज्रिएको हाम्रो समाजमा निरन्तर छलकपट गर्दै अगाडि बढ्दै आएको एनआरएनएमा गल्ति गर्नेले सजाय भोग्नैपर्ने र नेतृत्वले त्यसलार्ई सुधारेर अगाडि बढाउँछ भनेर यो अभियानमा लागेकाहरू कल्पना नै गर्न समेत सक्दैनन् ।

निर्वाचन प्रणालीलाई हेर्दा अधिकांश जित्नेले केही न केही तिकडम गरेको र हार्नेले धाँधली भए पनि नभएपनि असन्तुष्टी देखाएको देखिन्छ र केही समयसँगै यो सेलाउँदै गएको पनि पाइन्छ । जुन अघिल्लो वर्ष संसारको शक्तिशाली देश भनिएको अमेरिकाको निर्वाचनले पनि देखाएको छ । यस्तो संस्कारबाट गुज्रिएको हाम्रो समाजमा निरन्तर छलकपट गर्दै अगाडि बढ्दै आएको एनआरएनएमा गल्ति गर्नेले सजाय भोग्नैपर्ने र नेतृत्वले त्यसलार्ई सुधारेर अगाडि बढाउँछ भनेर यो अभियानमा लागेकाहरू कल्पना नै गर्न समेत सक्दैनन् ।

हामी नेपालीहरू यति धेरै मनकारी छौ कि आफ्नै अगाडि भएको गलत कुराहरू छरप्रष्ट हुँदा पनि सामाजिक काम हो एकपटक लाई गल्ति गर्यो छोडीदिउँ अर्को पटक सुधारेर अगाडि बढौला भनि कम्जोर मनस्थिति राखी छोड्छौ तर, गलत गर्नेलार्ई यस्तो कुराले अर्को पटक सुधारेर अगाडि बढ्नु भन्दा पनि दुइ चार दिन कराउछन अनि आफै हराउँछन् भन्ने सोचका कारण मनोबल बढ्ने र फेरि त्यहि गलत कुकर्म गरि पद हत्याउने प्रपञ्चमा लाग्न प्रेरित गरिरहेको पाइन्छ ।

समय सधैँ एकै नास हुँदैन भनेजस्तै लामो समय गलत कर्म गर्दै जनमतको अपमान गरि नेतृत्व परिवर्तनको चाबी आफ्नो हातमा भएको दाबि गर्ने एनआरएनए जापानका धमिराहरूलाई यो पटकको जुलार्ई ३० मा भएको एनआरएनए जापानको निर्वाचन र त्यसपछि विकसित भएको असन्तुष्ट पक्षले संस्था सुधारको लागि लिएको चट्टानी अडान र तथ्यगत आधारमा गरेको कार्यले समग्र एनआरएनए अभियानलार्ई नै हल्लाएर राखेको छ ।

निर्वाचनमा धाँधली पुष्टि र त्यसपछि छरिएका भ्रम

गैरआवासीय नेपाली संघ जापानको अनलाइन प्रबिधिबाट जुलाई ३० मा भएको निर्वाचन धाँधलीपूर्ण भएको भनि असन्तुष्ट पक्षले तथ्य प्रमाणसहित विवरण प्रस्तुत गरेपछि उत्पन्न विवादलाई समाधान गर्न संस्थापक अध्यक्ष राजन प्रधानांगको संयोजकत्वमा निर्वाचन छानबिन समिति गठन गरियो । समितिद्वारा प्रकाशित २९२ पृष्ठ लामो प्रतिवेदनमा एनआरएनए जापानको सदस्यता नरहेकाहरूद्वारा ६० वटा ग्रुप मेल तयार गरी २ हजार ९ सय ४ मत अनधिकृत रूपमा मतदान प्रक्रियामा राखिएको तथ्य भेटिएको उल्लेख गरेको छ । सिस्टम लगअनुसार १७१३ सदस्यहरूको जानकारी विना नै इमेल परिवर्तन गरिएको प्रतिवेदनमा उल्लेख छ ।

कुल ७ हजार ७ सय ५७ मत खसेकोमा ग्रुप मेलबाट २,९०४ र सिंगल इमेल दर्ता भएकाबाट ४,८५३ मत खसेको पाइएको प्रतिवेदन सार्वजनिक कार्यक्रममा बताइएको छ । प्रतिवेदनमा उल्लेख भएअनुसार ६० वटा ग्रुप मेलबाट २ वटादेखि ४९६ सम्म मत राखिएको छ । निष्पक्ष निर्वाचन र मतदाताको मताधिकार विपरित ६० वटा ग्रुपमेल बनाई निर्वाचनको परिणामलार्ई प्रभावित परेको स्पष्ट हुने र यसरी तयार पारिएका मेलबाट २,९७० मतदाताको सदस्यता बनाइएको त्यसमध्ये ९८ प्रतिशत मतदान गरिएको पाइएको छ ।

निर्वाचन धाँधलीपूर्ण भएको भनि असन्तुष्ट पक्षले तथ्य प्रमाणसहित विवरण प्रस्तुत गरेपछि उत्पन्न विवादलाई समाधान गर्न संस्थापक अध्यक्ष राजन प्रधानांगको संयोजकत्वमा निर्वाचन छानबिन समिति गठन गरियो । समितिद्वारा प्रकाशित २९२ पृष्ठ लामो प्रतिवेदनमा एनआरएनए जापानको सदस्यता नरहेकाहरूद्वारा ६० वटा ग्रुप मेल तयार गरी २ हजार ९ सय ४ मत अनधिकृत रूपमा मतदान प्रक्रियामा राखिएको तथ्य भेटिएको उल्लेख गरेको छ । सिस्टम लगअनुसार १७१३ सदस्यहरूको जानकारी विना नै इमेल परिवर्तन गरिएको प्रतिवेदनमा उल्लेख छ ।

छानबिन समितिले आफ्नो निष्कर्षमा ‘यस्ता ग्रुप इमेलहरू प्रयोग गरी धेरैभन्दा धेरै सदस्यहरूको भोटिङ लिंक एउटै इमेलमा प्राप्त गरी खसालिएको २,९०४ मत स्वच्छ र निष्पक्ष निर्वाचनको भावना विपरित भएको देखिन्छ ।’ प्रतिवेदनका अनुसार एम आइ एस प्रणाली मा पहुँच भएका केही व्यक्ति ले इमेलहरूपनि प्लस (+) र डट (.) प्रयोग गरेर समूहगत ईमेलहरूको प्रकृतिमा नै परिवर्तन गरेको देखिएको छ ।

ईभोटिङको क्रममा अनियमितता भएको प्रमाण समितिले भेटाएको संयोजक प्रधानांगले बताएका थिए । ‘सबैको एउटा इमेल आएजस्तो देखिने तर, भोट जाँदा धेरैजसो सदस्य र दर्ता नभएका इमेलमा धेरै भोट खसेको देखिएको छानबिन समितिले प्रस्ट पार्यो । यति हुने वित्तिकै आइसिसिको नेतृत्वले आफ्ना हजारौ सदस्यहरूको व्यक्तिगत विवरणको चरम दुरूपयोग गर्नेलार्ई तत्काल कारबाही गरि धाँधली पूर्ण निर्वाचन रद्द गराएर नयाँ निष्पक्ष नेतृत्व चयनको प्रकृयामा गएको भए यो समस्याले यति बिकराल रूप लिने नै थिएन तर, आफै राजनीतिक घेराबन्दीबाट परिचालित नेतृत्वले आफैले गठन गरेको छानबिनको रिपोर्टको मर्मलाई बुझ्न नसकी राजनीतिक रंग दिएर निरन्तर त्यसलार्ई निस्तेज पार्न विभिन्न प्रपञ्चहरू गरि नै रह्यो । जसको परिणाम जापानमा मिलेर बसेको नेपाली समुदायहरूबिचको भाइचारा खलबलिनु मात्रै नभएर संस्था नै ऐतिहासिक दुर्घन्धको चपेटामा फस्यो ।

पदभन्दा पद्दतिको विकास गर्नुपर्छ अनि गलत गलत नै हुन्छ त्यसलाई कारबाहीको दायरामा ल्याएन भने कालान्तरमा त्यसले नयाँ पुस्तालार्ई झन् ठुलो खाडलमा धकेल्न सक्छ । खारिएको अनुभव, दरिलो टिम र निष्पक्ष निडर र इमान्दार असन्तुष्ट पक्षको समूहले एनआरएनएको मुख्यालयसम्म पुगेर अध्यक्ष कुमार पन्त र नेतृत्वलाई दबाब दिएपनि नेतृत्वले आल टाल गर्दै झन् झन् घटनालाई गिजोल्दै जाँदा परिणामत मुद्दा परराष्ट्र हुदै अदालत र साइबर ब्युरो सम्म पुग्यो । हरेक ठाउँमा गल्तिको ढाकछोप गर्दै आएको नेतृत्वले मुद्दा साइबर ब्युरोमा पुगेपछि मात्रै आफ्नो दम्भ र मुर्ख्याँइ संस्था तहसनहस हुन लागेको र लामो समयदेखि हुन नसकेको निर्वाचनको प्रमुख कारण मध्येको एक जापान घटना भएको महसुस गरि जापानमा भएको धाँधलीपूर्ण निर्वाचनको बिषयमा जापानमा देखिएको दुवै समिति र सरोकारवालाहरूसँग छलफल गर्ने र सहमतीय वातावरण नभएमा निर्वाचन खारेजी मात्रै नभएर दुइ वर्षको लागि एनआरएन जापान खारेजसमेत गर्न सक्ने गरि संरक्षकद्वय देवमान हिराचन र भवन भट्टलाई अख्तियारी दिइयो ।

अर्कातिर केही गलत तत्वहरूले ऐले उठिरहेका बिषयहरू पहिला नै थाहा थियो किन चुप लागेर बसियो, एकजना उम्मेदवारले चुनाब अगाडि नै चुनाब सारौ भन्दा कसैले मानेनन् सबै चुप लागेर जित्ने भ्रम पालेर बसे ऐले आएर हार स्वीकार गर्न किन नसकेको ? भन्ने कुरामा उम्मेदवारहरू प्रति धेरैलाई भ्रम छरिएको अवस्था छ । मलगायत अन्य उम्मेदवार सबै चुप लागेर जित्ने भ्रम पालेर बसे ऐले आएर हार स्वीकार गर्न किन नसकेको भन्ने कुरामा धेरैले वास्तविकता नबुझी टिप्पणी गरिरहनु भएको छ ।

यथार्थ के हो त ?

जुलार्ई २५ मा ओसाकामा भएको अधिवेशनको अघिल्लो दिन आइसिसि कोषाध्यक्ष सहित बसेको कार्यसमितिको बैठकमा जसरी हुन्छ जुलार्ईभित्र निर्वाचन हुने वातावरण मिलाईदिनुस नत्र एनआरएन जापान नै खारेज हुन्छ यदि निर्वाचन गर्न सबैको सहयोग रहेमा केही समय अगाडिबाट नै चर्चामा रहेको १७०० मेल र व्यक्तिगत विवरण चोरीलगायतको जति पनि दोषीहरू छन् । सबैलार्ई तत्काल कारबाही गरेर अगाडि बढिनेछ भन्ने प्रत्याभूति दिलाएको अवस्थामा जुलार्ई ३० को निर्वाचन भएको हो । यो पृष्ठभूमिमा निर्वाचन भयो तत्पश्चात जुन किसिमले धाँधली पुष्टि भएर आउँदा पनि आइसिसिको जिम्मेवार निकायले न कबुल गरे अनुरूप दोषीलाई कारबाही गर्न इमान्दारिता देखाए न यहाँको नेपाली समाज मिलाउने बिषयमा, उल्टै यिनीहरू दुवैतिर उक्साउदै गैरजिम्मेवार भएर निक्लिए ।

जुलार्ई भित्रमा निर्वाचन नगरेमा आइसीसी महासचिवलगायतले एनसिसि खारेज हुन्छ भनेर अल्टिमेटम दिएको अवस्था थियो । यस्तो संक्रमणकालिन अवस्थामा उम्मेदवारको हिसाबले तत्काल पब्लिकको सहानुभूति लिन निर्वाचन बहिस्कार गर्न सकिन्थ्यो होला तर, अभियानको गहिराइमा लागेर उम्मेदवारी दिँदै गर्दा यदि हामीले निर्वाचन बहिस्कार गरेर जुलार्ईभित्रमा निर्वाचन हुन नसकेको अवस्थामा एनआरएनए जापान नै खारेज हुन्छ भन्ने अल्टिमेटम हुँदा हुँदै त्यो कदम चाल्ने कुरा पक्कै पनि भएन । यदि चालेर कथंंकदाचित जुलार्ई भित्र निर्वाचन हुन नसकेको भए र परिणामत एनआरएन जापान खारेज भएको भए त्यसको दोष पनि तिनै उम्मेदवार हरूलार्ई जाने थियो र त्यसले कालान्तरमा पछुतो सिबाय केही दिने थिएन ।

आइसिसिको छानबिन समितिले नै धाँधली भएको भनेर पुष्टि गर्दा समेत अपराध कर्म गरेर पद प्राप्तिलाई आफ्नो संस्कार सम्झिएकाहरूले अर्को पक्षका साथीहरूसँग बसेर भएका कमि कमजोरीहरूलार्ई आत्मालोचना गरि समाधान गर्नुको साटो आफुले आफैलार्ई भयंकर नै आदर्श देखाउने दुस्साहस गरिरहे । यसले समितिमा निर्विरोध भएका र केही निस्वार्थ व्यक्तिहरूलार्ई निल्नु न ओकल्नु बनाए पनि बाध्यताले होला उनीहरू पनि तिनै अपराधका नाइकेहरूको पछि पछि लाग्न बिबस भएको स्थिति देखिएको छ भने यस्तै गतिविधिले समस्यालार्ई झन् झन् बल्झाउँदै गएको देखिन्छ ।

आइसिसिको छानबिन समितिले नै धाँधली भएको भनेर पुष्टि गर्दा समेत अपराध कर्म गरेर पद प्राप्तिलाई आफ्नो संस्कार सम्झिएकाहरूले अर्को पक्षका साथीहरूसँग बसेर भएका कमि कमजोरीहरूलार्ई आत्मालोचना गरि समाधान गर्नुको साटो आफुले आफैलार्ई भयंकर नै आदर्श देखाउने दुस्साहस गरिरहे । यसले समितिमा निर्विरोध भएका र केही निस्वार्थ व्यक्तिहरूलार्ई निल्नु न ओकल्नु बनाए पनि बाध्यताले होला उनीहरू पनि तिनै अपराधका नाइकेहरूको पछि पछि लाग्न बिबस भएको स्थिति देखिएको छ भने यस्तै गतिविधिले समस्यालार्ई झन् झन् बल्झाउँदै गएको देखिन्छ ।

यो पटक प्रमाणसहित सम्पूर्ण कुरा पुष्टि भएकोले यसलार्ई सफाया गर्ने सबैभन्दा उपयुक्त समय हो भनेर हामी यो कठिन लडाइमा कटिबद्ध भएका छौ । पदिय लोलुपतामा पर्ने हाम्रो स्वभाब भएको भए सायदै यो कठिन यात्रा यस्तो परिस्थिति आउन्जेल सम्म पनि यसरि अगाडि पक्कै बढ्ने थिएन । पदभन्दा माथि नैतिकता हुन्छ भन्ने कुरामा हामी राम्रो हेक्का राख्दछौ । हुन त, कुनै पनि कुरा नबुझ्नेलाई बुझाउन जति सजिलो हुन्छ बुझेर पनि बुझपचाउनेहरूलार्ई लगभग असम्भव जस्तै हुन्छ । अभियानको सुन्दरता निस्पक्षता र प्रबिधि मैत्री एनआरएनएको कुरा गरेर नथाक्ने युवाहरू यस्तो दुर्गन्धमा पनि चारतिर रूवाबासी अनुनय बिनय गर्दै मनोनयनमा रौसिएको र त्यसरी परेपछि संसार नै कायापलट गर्छु जस्तै गरेर अपराधलाई मलजल गर्न तल्लिन भएको लाजमर्दो परिदृश्य देख्दा जसरि भएपनि पद पाउनु पर्छ भन्ने घृणित सोच भएकाहरूप्रति दुःख लागेर आउछ ।

यहाँ गलत सबैले गरेका छन् भन्ने हैन तर, सामाजिक काममा यस्तो कुसंस्कार निरन्तर चलि रहे पनि यो पटक छताछुल्ल भयो र यो पंक्तिकार लगायत केही साथीहरू प्रमाणको आधारमा यसलार्ई सुधार्नु पर्छ भनेर लाग्दा कुसंस्कारमा रमाउन पल्केका संस्थामा अपराधीकरणको मलजल गरि व्यापारिक थलो बनाउन तल्लिन गिरोहहरूलार्ई असहय भएको स्थिति देखिएको छ ।

जापानबाट आइसीसीमा नेतृत्व गर्ने आइसीसी कोषाध्यक्ष, एसिया प्यासिफिक संयोजक, उपसंयोजकलगायत अन्य आइसीसी सदस्यहरू धेरै जिम्मेवार निकायहरू हुँदाहुदैँ गलत पुष्टि भएको कुरामा सबै जानकार रहँदा रहँदै पनि दबाएर पेलेर अगाडि बढाउन खोज्दा आज संस्था दुर्घटनाको अवस्थामा पुगेको छ । दुईवटा कार्यसमिति देखिएर परिस्थिति नियन्त्रणभन्दा बाहिर जाने जस्तो देखिएपछि बल्ल–बल्ल पूर्वअध्यक्ष तथा संरक्षकद्वय देवमान हिराचन र भवन भट्टलाई पूर्ण अधिकार सहित समस्या समाधानको अख्तियारी दिएर हिराचनले दुवै पक्षलाई मिलाएर अगाडि बढाउने तथा दोषीलाई कारबाहीको प्रक्रियामा ल्याउने गरि छलफल अगाडि बढाएको अवस्थामा संस्थापन पक्षका जिम्मेवार निकायहरूले त्यो समितिले केही गर्न नसक्ने भएकोले तिनीहरूको कुरामा नलाग्न र नमिल्न भन्दै भ्रामक रूपमा गलत तरिकाले निर्देश गरिरहेको कुराले लामो समयदेखि उल्झनमा परेर समाधानको नजिक पुग्न लागेको एनआरएन जापान पुनः गम्भीर दुर्घटनाको संघारमा जाने हो कि भनेर जापानबासि नेपालीहरू चिन्तित भएको अवस्था छ ।

वि.सं.२०७८ फागुन १ आइतवार १६:४४ मा प्रकाशित

किसानको भविष्य र अनुदानको पुनर्संरचना

किसानको भविष्य र अनुदानको पुनर्संरचना

​नेपालको अर्थतन्त्रको मेरुदण्ड मानिने कृषि र पशुपालन क्षेत्र आज एक...

असमानताको वर्तमान अर्थराजनीतिक चित्र

असमानताको वर्तमान अर्थराजनीतिक चित्र

१.अवधारणा सामाजिक असमानता भनेको समाजभित्र व्यक्ति वा समूहहरू बिच स्रोत,...

सामुदायिक विद्युतीकरणमा नीतिगत एवं व्यवस्थापकीय सुधारको पहल

सामुदायिक विद्युतीकरणमा नीतिगत एवं व्यवस्थापकीय सुधारको पहल

काठमाडौँ । ऊर्जा क्षेत्रजस्तो दीर्घकालीन प्रभाव पार्ने क्षेत्रमा समन्वय, निरन्तरता...

विचलित नेपालको कम्युनिष्ट नेतृत्व

विचलित नेपालको कम्युनिष्ट नेतृत्व

नेपालमा कम्युनिष्ट आन्दोलन वर्गसंघर्ष, समानता र जनताको मुक्तिको मार्गचित्रबाट सुरु...

सामाजिक परिवर्तन र दिगोपनका चुनौतीहरु

सामाजिक परिवर्तन र दिगोपनका चुनौतीहरु

सामाजिक परिवर्तन वा रूपान्तरणले समयसँगै सामाजिक संरचना, संस्था र सम्बन्धहरूको...

संकट व्यवस्थापनमा न्यायालय र नेतृत्व

संकट व्यवस्थापनमा न्यायालय र नेतृत्व

न्यायालय न्याय, समानता र स्वतन्त्रताको आधार हो।यसको सुदृढता बिना कुनै...