back
CTIZAN AD

वर्षातले अदुवाको सुठो कुहिँदा किसान चिन्तित

वि.सं.२०७८ फागुन १ आइतवार

1.1K 

shares

डोटी । काँचो अदुवाको मूल्य नपाउँदा अदुवा सुकाएर सुठो बनाउँदै गरेका यहाँको बडिकेदार गाउँपालिकाका किसान लगातारजसो भइरहेको वर्षातका कारण सुठो सुक्न नपाउँदा चिन्तित भएका छन् । मेहनतअनुसारको मूल्य नपाएपछि उक्त पालिकामा उत्पादन भएको अदुवा सङ्कलन गरी गाउँमै सुठो बनाउन थाले पनि पछिल्लो समय भएको हिमपात र दिन बिराएर हुने वर्षातका कारण सुठो सुक्न नपाउँदा कुहिने अवस्थामा पुगेको किसान बताउँछन् ।

जिल्लाको बडिकेदार गाउँपालिका-४ का किसानले काँचो अदुवाको मूल्य नपाउँएपछि सुठो बनाउन सुरु गरेका थिए । अदुवा तथा बेसारखेतीका लागि जिल्लाकै प्रसिद्ध मानिँदै आएको उक्त पालिकामा प्रायः सबै किसानले अदुवा र बेसारखेती गर्दै आएका छन् । अदुवाको मूल्य नपाउँदा सुठो बनाउँदै गरेका यहाँका किसानलाई वर्षात र हिमपातले सुठो कुहिन थालेपछि चिन्तित बनाएको बडिकेदार-४ का अदुवा व्यापारी खडक केसीले बताए । उनले भने, “काँचो अदुवाको मूल्य नपाएपछि गाउँमै सबै मिलेर सुठो बनाउँदै थियौँ, वर्षात र हिमपातले सुठो सुक्नै पाउँदैन, कुहिने भयो, यो वर्ष अदुवा खेतीले घाटा गर्ने निश्चित छ ।”

यहाँ उत्पादन हुने अदुवा तथा बेसारको मुख्य व्यापारिक केन्द्र भारतको पलिया, गौरीफण्टा र बनबासा भएको र त्यहाँका व्यापारीले हाल अदुवाको मूल्यमा घटीबढी गर्ने गरेका कारण यो वर्ष काँचो अदुवा बिक्री नगरी गाउँमै किसना मिलेर सुठो बनाएका थिए । घरको छाना तथा खुली रहेको गाउँकै काउले बजार नजिकैको खाली डाँडामा सुठोका लागि अदुवा सुकाइएको भए पनि दिन बिराएर हुने बर्सात हुँदा सुक्न नपाउँदै कुहिन थालेको सुनौलो किरण किसान समूह बडिकेदार-४ का अध्यक्ष नरेन्द्रबहादुर ताडीले दुखेसो गरे । उनले भने, “अदुवा व्यापारीले मूल्यमा ओरालो लागेको छ, गाउँमै सुठो बनाएर बिक्री गरौँभन्दा वर्षातले अदुवा सुक्नै पाउँदैन, यो भन्दा ठूलो घाटा अरु के होला ।” यहाँका किसानले उत्पादन गरेको काँचो अदुवालाई गाउँकै व्यापारीले सुठो बनाउन थालेको भए ।

उनका अनुसार काँचो अदुवालाई कम्तीमा पनि एकदेखि दुई हप्तासम्म चर्को घाममा सुकाएर सुठो बनाइन्छ । तीन किलो काँचो अदुवा बराबर पछि गएर सुकेपछि जम्मा एक किलो मात्रै सुठो हुने उनको भनाइ छ । सुकाएर बनाइएको सुठो बर्सौसम्म पनि नकुहिने तथा नबिग्रिने भएकाले पनि यहाँका किसानले उत्पादन गरेका अदुवा गाउँमै सुठो बनाउन थालिएको थियो । किसानले उत्पादन गरेको अदुवा स्थानीयस्तरमै बिक्री वितरण तथा खपत गर्ने उद्देश्यले सुठो बनाउन थालिएको हो ।

काँचो अदुवा सुठो बनाउनका लागि गाउँका कम्तीमा पनि सात आठ जना युवा परिचालन गरिएको छ । यहाँका व्यापारीले अहिले गाउँमा उत्पादन गरिएको काँचो अदुवा प्रति किलो रु २८ मा खरिद गरी सुठो बनाउन थालेको बडिकेदार गाउँपालिका-५ का हर्कबहादुर बोहराले जानकारी दिए ।

यहाँका किसानको मुख्य आयस्रोत भनेको अदुवा र बेसार भएकाले उक्त खेतीलाई बढी प्राथमिकतामा राखी गाउँमै अदुवाँ प्रशोधन केन्द्र बनाउनुपर्ने स्थानीयवासीको माग रहेको छ । भारतीय व्यापारीले अदुवा र बेसारको मूल्यमा वर्सेनि गर्ने उतारचढावले यहाँका किसानलाई ठूलो नोक्सानी हुने गरेको छ ।
रासस/फाइल फोटो

वि.सं.२०७८ फागुन १ आइतवार १६:४८ मा प्रकाशित

आम्दानीको प्रमुख माध्यम बंगुर र माछापालन

आम्दानीको प्रमुख माध्यम बंगुर र माछापालन

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडीका तेजबहादुर चौधरीले डिउरो जातको बंगुरपालन...

पहिचान खुल्ने डरले टाढाको अस्पताल पुगेर सेवा लिन्छन् एचआइभी सङ्क्रमित

पहिचान खुल्ने डरले टाढाको अस्पताल पुगेर सेवा लिन्छन् एचआइभी सङ्क्रमित

दुर्गा देवकोटा, टीकापुर (कैलाली) । एचाइभी सङ्क्रमितलाई समाजमा अझै सम्मानजनक...

जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

टिकाराम सुनार, सुदूरपश्चिम । माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली...

सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

गोदावरी (कैलाली) । लम्कीचुहा नगरपालिका–३ स्थित गोरङ्गे ब्यारेकमा सैन्य तालिमका...

अनैतिक गतिविधिमा संलग्न रहेका भारतीयसहति २४ जना नियन्त्रणमा

अनैतिक गतिविधिमा संलग्न रहेका भारतीयसहति २४ जना नियन्त्रणमा

कैलाली। धनगढी उपमहानगरपालिका बजार क्षेत्रका विभिन्न होटलमा अनैतिक गतिविधि भइरहेको...

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड बजेट विनियोजन

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड बजेट विनियोजन

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को...