back
CTIZAN AD

कोरोनाबाट थप १० जनाको मृत्यु, ५२१ जनामा संक्रमण

वि.सं.२०७८ फागुन १ आइतवार

765 

shares

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १० जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा थप १० जना कोरोना संक्रमितको मृत्यु भएको हो । आज थपिएका १० जनासँगै नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११. हजार ८९२ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा एन्टिजेन र पिसीआर विधिबाट गरिएको १०,११५ नमुना परीक्षणमा ५२१ जना नयाँ संक्रमित थपिएका छन् ।
आज काठमाडौंमा ९७ भक्तपुरमा ९ र ललितपुरमा ४४ गरी जम्मा १५० जना संक्रमित भएका छन् । केही दिनयता उपत्यकामा संक्रमित हुनेको संख्या ह्वात्तै घटेको छ ।

आज थपिएका ५२१ जनासँगै नेपालमा हालसम्म कोरोना संक्रमित हुनेको संख्या ११ लाख १० हजार ४७१ पुगेको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा ३,९३५ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका ३,९३५ जनासँगै नेपालमा कोरोनाबाट मुक्त हुनेको संख्या ९ लाख ३८ हजार ५८३ पुगेको छ ।

त्यसैगरी हाल देशैभरी २२ हजार ५८४ जना सक्रिय संक्रमित रहेका छन् । ती मध्ये होम आइसोलेशनमा २१ हजार ६९२ जना र संस्थागत आइसोलेशनमा ८९२ जना रहेका छन् । ती मध्ये आइसीयुमा १८१ र भेन्टिलेटरमा ३३ जनाको उपचार भइरहेको छ ।
शनिवारको तुलनामा आइसीयु र भेन्टिलेटरमा उपचार गराउनेको संख्या पनि घटेको छ ।

एक सातामा ७ हजार ४१० संक्रमित
मन्त्रालयका अनुसार गतसाता साता गरिएका कूल ५९ हजार ४५९ पिसीआर परीक्षण गरिएकोमा १७ हजार ८३० जनामा संक्रमण पुष्टि भएको थियो भने यो साता गरिएको ६५ हजार ९४ वटा पिसीआर परीक्षणमा ७ हजार ४१० जनामा कोरोना पुष्टि भएको छ । यो साता संक्रमण दर ११.४ प्रतिशत मात्रै रहेको छ । जुन पछिल्लो साताको तुलनामा १८.५ प्रतिशतले कमी हो ।

हालसम्म ३ करोड ५३ लाख मात्रा खोप लगाइयो
त्यसैगरी नेपालमा आज ५६ हजार १२ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा हालसम्म ३ करोड ५३ लाख १५ हजार ४१५ मात्रा खोप लगाइसकिएको छ । ती मध्ये १ करोड ४२ लाख ३८ हजार ९९२ जनाले पहिलो मात्रा र १ करोड ६३ लाख ५७ हजार ९७७ जनाले पूर्णमात्राको खदोप लगाएका छन् । साथै ७ लाख १८ हजार ७४६ जनाले अतिरिक्त मात्राको खोप लगाएकमा छन् ।

चैत मसान्तसम्म १८ वर्षमाथिका सबैलाई खोप लगाइने
नेपालमा कूल लक्षित जनसंख्याको १८ वर्ष माथिका ९१ प्रतिशतलाई कम्तिमा पहिलो मात्रा र ७५ प्रतिशतलाई पूर्ण मात्राको खोप प्रदान गरिएको पनि मन्त्रालयका सहप्रवक्ता समिर प्रसाद अधिकारीले जानकारी दिएका छन् ।

त्यस्तै लक्षित जनसंख्याको १२ वर्षभन्दा माथिका ९१ प्रतिशतलाई कोरोनाविरुद्धको पहिलो र ७० प्रतिशतलाई पूर्णमात्राको खोप लगाइसकिएको र कूल जनसंख्यामा ७० प्रतिशतलाई कम्तिमा पहिलो र ५४ प्रतिशतलाई पूर्णमात्राको खोप लगाइसकिएको छ ।

सरकारले यहि आउँदो चैत मसान्तसम्म १८ वर्ष माथिका शतप्रतिशत जनसंख्यालाई खोपको पूरामात्रा लगाउने लक्ष्य राखेको छ ।

वि.सं.२०७८ फागुन १ आइतवार १६:५५ मा प्रकाशित

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

नारायणगढ,चितवन। विगत १५ वर्षदेखि व्यावसायिक केराखेती गर्दै आएका चितवनको रत्ननगर...

पालिकाले दियो हल गोरु पाल्ने एकसय १५ कृषकलाई पाँच÷पाच हजार

पालिकाले दियो हल गोरु पाल्ने एकसय १५ कृषकलाई पाँच÷पाच हजार

वालिङ (स्याङ्जा) । स्याङ्जाको गल्याङ नगरपालिकाले हल गोरु पाल्ने कृषकलाई...

कर्णालीमा ४३ हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा धानखेती हुँदै

कर्णालीमा ४३ हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा धानखेती हुँदै

काँक्रेविहार (सुर्खेत)  । कर्णाली प्रदेशका १० जिल्लामा ४३ हजार २९०...

अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० सुँगुर/बङ्गुर मरे

अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० सुँगुर/बङ्गुर मरे

गोरखा । अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० भन्दा बढी सुँगुर÷बङ्गुर...

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

काठमाडौँ । फिफा विश्वकप–२०२६ फुटबल प्रतियोगिताअन्तर्गत राउण्ड अफ ३२ को खेलमा...

पौडेललाई थप तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

पौडेललाई थप तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

काठमाडौँ । विशेष अदालतले पूर्वउपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई सम्पत्ति...