back
CTIZAN AD

बेइजिङमा भारी हिम वर्षा, शीतकालीन ओलम्पिक नै प्रभावित

वि.सं.२०७८ फागुन १ आइतवार

657 

shares

काठमाडाैं । बेइजिङमा शीतकालीन ओलम्पिक चलिरहेका समय हिम बर्षा हुँदा खेलमा सहभागी हुन आएका खेलाडी र पाहुनासमेतले अत्यधिक चीसोको सामना गर्नुपरेको छ ।

बेइजिङ मौसम विज्ञान पूर्वानुमान शाखाले बेइजिङमा आइतबार १२ः५५ देखि भारी हिमपात हुनसक्ने र शहरमा औसत ४ मिलिमिटरभन्दा बढी हिमपात हुने जानकारी दिएको थियो । बाटोमा धेरै हिमपात भएको कारण यातायात सेवा समेत प्रभावित बनेको छ ।

बेइजिङमा जारी शीतकालीन ओलम्पिकमा प्रतिस्पर्धा गरिरहेका स्वदेशी तथा विदेशी खेलाडी आइतबारबिहान सबेरै भारी हिउँको बर्षासँगै ब्युझिए भने हिमबर्षा हुनसक्ने पूर्वानुमान केही घण्टाअघि जारी गरिएको ‘ब्लु अलर्ट’ बाट ‘ऐलो अलर्ट’ मा पुगेको छ ।

सोमबार ५ः०० बजेसम्म उत्तर र पश्चिमका कतिपय क्षेत्रमा नै ६ देखि १० मिलिमिटर बढी हिउँ जम्मा हुने अनुमान गरिएको छ । तर, सोमबार ३ः०० बजेदेखि भने हिमपात बिस्तारै कम हुँदै जाने बेइजिङ नगरीय मौसम पूर्वानुमान शाखाका प्रमुख अधिकारी झाङ यिङक्सिनले बताए।

सोमबार दिनभर जसो शहरका केही स्थानमा तापक्रम –२ डिग्रीसम्म रहनेछ जबकि बेलुकाको तापक्रम –६ डिग्री सेल्सियससम्म हुनसक्ने पूर्वानुमान शाखाद्वारा अनुमान गरिएको छ ।

हिउँको प्रभावका कारण आइतबार र सोमबार केही क्षेत्रमा एक किलोमिटरभन्दा कम दृश्यावरोध हुनसक्ने भन्दै सडकमा यातायात सञ्चालन गर्दा सावधानी अपनाउन भनिएको छ ।

विशेष गरी सन् २०२२ को बेइजिङ शीतकालीन ओलम्पिकको लागी आएका पाहुना तथा आयोजकको सहजीकरणका लागि शहरभरि हिउँ सफा गर्ने काम सुरु गरिएको छ ।

भारी हिमपातको कारण भएको कडा दृश्यावरोधले शीतकालीन ओलम्पिकका केही खेलहरू स्थगित गरिएको छ । एजेन्सी

वि.सं.२०७८ फागुन १ आइतवार १७:४९ मा प्रकाशित

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

तानसेन (पाल्पा) । एक दशकअघिसम्म पाल्पाका फाँटहरूमा असार लागेसँगै हल...

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

नारायणगढ,चितवन। विगत १५ वर्षदेखि व्यावसायिक केराखेती गर्दै आएका चितवनको रत्ननगर...

पालिकाले दियो हल गोरु पाल्ने एकसय १५ कृषकलाई पाँच/पाच हजार

पालिकाले दियो हल गोरु पाल्ने एकसय १५ कृषकलाई पाँच/पाच हजार

वालिङ (स्याङ्जा) । स्याङ्जाको गल्याङ नगरपालिकाले हल गोरु पाल्ने कृषकलाई...

कर्णालीमा ४३ हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा धानखेती हुँदै

कर्णालीमा ४३ हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा धानखेती हुँदै

काँक्रेविहार (सुर्खेत)  । कर्णाली प्रदेशका १० जिल्लामा ४३ हजार २९०...

अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० सुँगुर/बङ्गुर मरे

अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० सुँगुर/बङ्गुर मरे

गोरखा । अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० भन्दा बढी सुँगुर÷बङ्गुर...

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

काठमाडौँ । फिफा विश्वकप–२०२६ फुटबल प्रतियोगिताअन्तर्गत राउण्ड अफ ३२ को खेलमा...