back
CTIZAN AD

एमालेले सभामुखविरुद्व महाभियोग ल्याउन सक्ने

वि.सं.२०७८ फागुन १ आइतवार

678 

shares

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्व अप्रत्यासित महाभियोग दर्ता भएसँगै राष्ट्रिय राजनीति तरंगीत बनेको छ । सत्ता गठबन्धनले महाभियोगको ‘फायर’ प्रधानन्यायाधीशबाट खोलेसँगै अन्य संवैधानिक निकायमा पनि त्यसको प्रभाव पर्नसक्ने देखिएको छ ।

प्रधानन्यायाधीश राणाविरुद्व गठबन्धनले महाभियोग दर्ता गरेसँगै प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले पनि सभामुख अग्निप्रसाद सापकोटाविरुद्व महाभियोगको प्रस्ताव ल्याउने तयारी गरेको छ । एमालेका एक सांसदले बताएअनुसार केन्द्रीय सचिवालय र संसदीय दलको बैठकपछि त्यस्तो निर्णय हुनसक्छ ।

एमालेले सभामुखविरुद्व महाभियोग दर्ता गर्न यसअघिदेखि नै तयारी गरिरहेको थियो । एमालेले सत्ता गठबन्धनकाे मुख्य दल नेपाली कांग्रेससँग प्रस्ताव नै गरेको थियो ।

सभामुखविरुद्व महाभियोग दर्ता भए श्रृंखलामा अन्य संवैधानिक अंग

यदि सभामुखविरुद्व एमालेले महाभियोग दर्ता गरेमा माओवादी केन्द्रको नेतृत्वमा राष्ट्रपति विद्यादेवी भण्डारीमाथि नै महाभियोग दर्ता हुनसक्ने सम्भावना छ । राष्ट्रपतिसँगै सत्ता गठबन्धनले क्रमशः एमाले नेतृत्वको सरकारले नियुक्त गरेका संवैधानिक निकायमाथि हमला गर्नसक्ने देखिन्छ ।

गठबन्धनले खोलेको महाभियोगको फायरले क्रमशः अन्य संवैधानिक अंगहरु पनि अछुतो रहने छैनन् । विश्लेषकहरु राष्ट्रिय सभा अध्यक्षसहित संवैधानिक निकायका पदाधिकारीहरु महाभियोगको तारोमा पर्नेछन् ।

वि.सं.२०७८ फागुन १ आइतवार १८:१५ मा प्रकाशित

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

तानसेन (पाल्पा) । एक दशकअघिसम्म पाल्पाका फाँटहरूमा असार लागेसँगै हल...

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

नारायणगढ,चितवन। विगत १५ वर्षदेखि व्यावसायिक केराखेती गर्दै आएका चितवनको रत्ननगर...

पालिकाले दियो हल गोरु पाल्ने एकसय १५ कृषकलाई पाँच/पाच हजार

पालिकाले दियो हल गोरु पाल्ने एकसय १५ कृषकलाई पाँच/पाच हजार

वालिङ (स्याङ्जा) । स्याङ्जाको गल्याङ नगरपालिकाले हल गोरु पाल्ने कृषकलाई...

कर्णालीमा ४३ हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा धानखेती हुँदै

कर्णालीमा ४३ हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा धानखेती हुँदै

काँक्रेविहार (सुर्खेत)  । कर्णाली प्रदेशका १० जिल्लामा ४३ हजार २९०...

अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० सुँगुर/बङ्गुर मरे

अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० सुँगुर/बङ्गुर मरे

गोरखा । अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० भन्दा बढी सुँगुर÷बङ्गुर...

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

काठमाडौँ । फिफा विश्वकप–२०२६ फुटबल प्रतियोगिताअन्तर्गत राउण्ड अफ ३२ को खेलमा...