back
CTIZAN AD

नेपाली कांग्रेसले पनि बोलायो संंसदीय दलको बैठक

वि.सं.२०७८ फागुन २ सोमवार

624 

shares

काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ ।

कांग्रेसले मंगलवार बिहान ९ बजेका लागि बैठक बोलाएको हो । बैठक संसद भवनको ल्होत्से हलमा बस्ने बताइएको छ ।

बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल हुने बताइएको छ ।

सत्तारुढ गठबन्धन दलका ९८ सांसदले विभिन्न आरोप सहित आइतवार बिहान प्रधानन्यायाधिश चोलेन्द्र शमशेर जवराविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरेपछि एमालेले त्यसको विरोध गर्दै तत्काल प्रतिवाद गर्ने जनाएको छ ।

एमालेको आइतवार बसेको केन्द्रीय बैठकले गठबन्धनको उक्त निर्णय षड्यन्त्रमुलक भएको ठहर गर्दै त्यसको तत्काल प्रतिवाद गर्ने निर्णय गरेको थियो । साथै सोमबारको संसदस्य दलको बैठकबाट थप निर्णयहरु गर्ने जनाएको छ ।

एमालेको संसदीय दलको बैठकमा संसद विघटनबिरुद्धको मुद्दा बदर गर्ने चार न्यायाधिशविरुद्ध महाभियोग दर्ता गर्ने निर्णय गर्ने बताइएपनि यसबारेम तत्कालै आवेशमा निर्णय नलिने समेत बताएका छन् ।

बैठक बोल्ने अधिकांश सांसदले चोलेन्द्र शमशेरलाई बोकेर चुनावमा जान नसकिने धारणा राखेका छन् ।

वि.सं.२०७८ फागुन २ सोमवार १४:५१ मा प्रकाशित

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

तानसेन (पाल्पा) । एक दशकअघिसम्म पाल्पाका फाँटहरूमा असार लागेसँगै हल...

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

नारायणगढ,चितवन। विगत १५ वर्षदेखि व्यावसायिक केराखेती गर्दै आएका चितवनको रत्ननगर...

पालिकाले दियो हल गोरु पाल्ने एकसय १५ कृषकलाई पाँच/पाच हजार

पालिकाले दियो हल गोरु पाल्ने एकसय १५ कृषकलाई पाँच/पाच हजार

वालिङ (स्याङ्जा) । स्याङ्जाको गल्याङ नगरपालिकाले हल गोरु पाल्ने कृषकलाई...

कर्णालीमा ४३ हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा धानखेती हुँदै

कर्णालीमा ४३ हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा धानखेती हुँदै

काँक्रेविहार (सुर्खेत)  । कर्णाली प्रदेशका १० जिल्लामा ४३ हजार २९०...

अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० सुँगुर/बङ्गुर मरे

अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० सुँगुर/बङ्गुर मरे

गोरखा । अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० भन्दा बढी सुँगुर÷बङ्गुर...

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

काठमाडौँ । फिफा विश्वकप–२०२६ फुटबल प्रतियोगिताअन्तर्गत राउण्ड अफ ३२ को खेलमा...