back
CTIZAN AD

किन महान् बन्न सकेन जनयुद्ध दिवस ?

वि.सं.२०७८ फागुन २ सोमवार

1.7K 

shares

जनयुद्ध महान् यस मानेमा छ कि यसले उत्पीडित वर्गको बिचमा प्रतिरोध चेतना जागृत भ‌एको छ र सामूहिक शक्तिप्रतिको विश्वास पैदा गरेको छ । स्पार्टाकस विद्रोह होस् वा पेरिस कम्युन, भिमदत्त पन्तको अगुवाईमा भ‌एको किसान विद्रोह होस् वा डा. के.आई सिंहको ‌बगावत सबैले जनतामा जुझारु चेतनाको विकास गरेका छन् । कम्युनिष्ट पार्टीको गठनसँगै उठेका समकक्ष र समानान्तर धारामा संगठित राणा विरोधी आन्दोलन तथा दिल्ली सम्झौता विरोधी आन्दोलन तथा प्रथम सम्मेलनसँगै उठेको बारा पर्सा रौतहटको संगठित किसान आन्दोलन तथा काठमाडौं उपत्यकामा चलेको मोहि किसान आन्दोलन सबैले जनतालाई प्रशिक्षित गरेका छन् । चौथो महाधिवेशन पछि खासगरी किसान संघको अयोध्या सम्मेलन पछि देशव्यापी रुपमा उठाइएका प्रतिरोधी किसान संघर्षहरु मूलतः सिराहा, धनुषा, महोत्तरी र सर्लाहीको किसान आन्दोलन, स्थापना कालदेखि नै‌ विभिन्न समयका विद्यार्थी तथा मजदुर आन्दोलनहरुको गरिमामय इतिहासले महान् नेपाली जन‌आन्दोलनको परंपरालाई उजागर गरेको गरेको छ । यसै ‌क्रमबद्धतामा पटक–पटक सशस्त्र प्रतिरोधका‌ घटनाहरु देखिन्छन् ।

जनयुद्धले नेपाली चेतनशील श्रमजीवी वर्ग तथा विद्रोही युवा समुदायलाई प्रतिरोधको लागि आकर्षित गरेको थियो र जनताले बुझ्नेगरी प्रतिक्रियावादी सत्ताको वास्तविक चरित्र उदाङ्गो पारिदिएको थियो । समाजमा देख्न सकिनेगरि ध्रुविकरण र पक्षधरता पैदा गरेको थियो । यहि नै त्यो तागत थियो जो २०६२र६३ को आन्दोलनमा अभिव्यक्त भ‌एको थियो र नेपाललाई गणतन्त्रसम्म पुर्याएर छोड्यो । यसै मानेमा जनयुद्ध महान् रह्यो ।

राजनैतिक नेतृत्वको चेतना तयारी र परिचालनलाई उछिन्दै जनताले मोर्चाहरु कब्जा गरेपछि राजनैतिक नेतृत्वले अत्तालिएर आन्दोलनको क्षमताभन्दा कमजोर सर्तहरुमा सम्झौता गरेर आन्दोलन रोकिएको नमिठो इतिहास पनि हामीसँग छ । यी सबै आन्दोलनहरु दुनियाँका ठुल–ठुला आन्दोलनभन्दा मात्र एउटै मानेमा कमजोर देखिएका छन‌् कि राजनैतिक नेतृत्व जनताको तागतसँग तर्सिएर बिचमै करिब–करिब आत्मसमर्पणको स्तरमा सम्झौतामा पुगेको छ र आन्दोलनले गत्याबरोध झेल्दै स्थगनमा पुग्नुपर्ने स्थीति भोग्नु परेको छ । यही पृष्ठभूमिमा घोषित जनयुद्धले नेपाली चेतनशील श्रमजीवी वर्ग तथा विद्रोही युवा समुदायलाई प्रतिरोधको लागि आकर्षित गरेको थियो र जनताले बुझ्नेगरी प्रतिक्रियावादी सत्ताको वास्तविक चरित्र उदाङ्गो पारिदिएको थियो । समाजमा देख्न सकिनेगरि ध्रुविकरण र पक्षधरता पैदा गरेको थियो । यहि नै त्यो तागत थियो जो २०६२र६३ को आन्दोलनमा अभिव्यक्त भ‌एको थियो र नेपाललाई गणतन्त्रसम्म पुर्याएर छोड्यो । यसै मानेमा जनयुद्ध महान् रह्यो ।

तर, जनताको सौर्य र बलिदानको मूल्यमा फेरि पनि राजनैतिक नेतृत्व पछि पर्यो । जनताका अधिकार र जनजीविकाका सवाल पछाडि परे । मजदुर र किसान जस्ले सबभन्दा बढी बलिदान र सौर्य प्रदर्शन गर्यो पछाडि पारियो मात्र होइन समावेशी समानुपातिक लिष्टबाटै ओझेल पारियो अर्थात् राज्य मजदुर किसान बाहेकको हातमा गयो । यसले हाम्रो सामु तीनवटा प्रश्न उठाएको छ । १० राजनैतिक नेतृत्वको एउटा हिस्सा इतिहासदेखि नै जनताप्रति गैरजिम्मेवार रहदै आएको छ । २० आफुलाई जति नै आत्मप्रशंसा गरियोस् नेतृत्वको एउटा हिस्सा या त सुझबुझपूर्ण छैन वा उस्को चरित्र अत्यन्त कमजोर छ र आत्मकेन्द्रित र ढुलमुल छ । ३० अफ्नो आस्था निष्ठा र विचारधाप्रति इमान्दार तब्का स्वयम् पनि शक्ति, ज्ञान र सक्षमतामा अपेक्षाकृत कमजोर देखा परेको छ ।

दशवर्षे जनयुद्धले २००७ जस्तै पिएल‌एलाई स्थापित गर्न सकेन । आन्दोलनले उठाएका नारा र एजेण्डा पनि स्थापित हुन सकेनन् । जनजीवन फेरिएन र २०६२र६३को आन्दोलनको जनमत माओवादीको पक्षमा टिकिरहन सकेन । ईतिहासकै पुरावृत्ति भयो जनता ठगिए र देशले विजय उत्सव मनाउन पाइरहेको छैन । आज पनि जनयुद्ध दिवस आम नेपाली जनताको उत्सव बन्न सकिरहेको छैन ।

दुनियाँ र नेपालमा पनि आन्दोलन पछि आन्दोलनको नेतृत्व र हरावल स्थापित हुन्छ । सात सालको आन्दोलनले नेकालाई स्थापित गर्यो, छयालिसमा नेका र एमालेलाई स्थापित गर्यो । ऐतिहासिक घटनाक्रमलाई हेर्दा यो स्वभाविक जस्तै लाग्छ । चौम र संयुक्त राष्ट्रिय जनआन्दोलनले सम्झौताप्रति असहमती राख्दै आएका र अन्य वाम घटक कमजोर रहेका कारण बाममोर्चा लगायतको स्वामित्व एक्लै एमालेको पोल्टामा पुग्यो । त्यसैले एमालेप्रति जनताको अपेक्षा र समर्थन दुवै बढेर गयो ।

दशवर्षे जनयुद्धले एमाले र नेकालाई यौटा साइजमा ल्याएको त हो तर, २००७ जस्तै पिएल‌एलाई स्थापित गर्न सकेन । नारा एजेण्डा स्थापित हुन सकेनन् । जनजीवन फेरिएन र २०६२/६३को अन्दोलनको जनमत माओवादीको पक्षमा टिकिरहन सकेन । ईतिहासकै पुरावृत्ति भयो जनता ठगिए र देशले विजय उत्सव मनाउन पाइरहेको छैन । आज पनि जनयुद्ध दिवस आम नेपाली जनताको उत्सव बन्न सकिरहेको छैन । हाम्रो पोल्टामा सौर्य र बलिदान तर, राज्यको बर्चस्व अर्कैको पोल्टामा । हामी सर्वसंमत त हुन सकेनौ नै तर, किन एकमत पनि रहन सकिएन । आउनोस् आजकै दिन छातीमा हात राखौँ र इतिहासको समिक्षा गरौ, एकपटक निर्मम आत्मसमिक्षा गरौ ताकि इतिहासको पुनरावृत्ति रोकियोस् र‌ श्रमजीवी वर्गको हातमाथि परोस् ।

वि.सं.२०७८ फागुन २ सोमवार १४:५५ मा प्रकाशित

अदालतको प्रत्यक्ष प्रसारणमा अन्तर्राष्ट्रिय प्रचलनहरु

अदालतको प्रत्यक्ष प्रसारणमा अन्तर्राष्ट्रिय प्रचलनहरु

यतिबेला न्यायिक कारवाहीको प्रत्यक्ष सुनुवाईको थालनी भएपछि यसले सार्वजनिक बहस...

किन हुन्छ बौद्धिक वर्गको भूमिका र यथार्थबीच विरोधाभास ?

किन हुन्छ बौद्धिक वर्गको भूमिका र यथार्थबीच विरोधाभास ?

१ पृष्ठभूमि बौद्धिक वर्गलाई परम्परागत रूपमा जटिल मानसिक श्रममा संलग्न...

तीन सङ्कटले थलिएको नेपाली अर्थतन्त्र

तीन सङ्कटले थलिएको नेपाली अर्थतन्त्र

१. पृष्ठभूमि नेपाल तीनवटा संरचनात्मक आर्थिक सङ्कटहरू–खाद्य असुरक्षा, फराकिलो व्यापार...

पूँजीवादी उपभोक्तावाद र बिज्ञापन: “खाए खा नखाए घिच”

पूँजीवादी उपभोक्तावाद र बिज्ञापन: “खाए खा नखाए घिच”

के तपाईं टेलिभिजन हेर्दा, रेडियो सुन्दा, पत्रिका पढ्दा वा सामाजिक...

राष्ट्रवाद र देशभक्तिमा के फरक छ ?

राष्ट्रवाद र देशभक्तिमा के फरक छ ?

१. पृष्ठभूमि राष्ट्रवाद र देशभक्ति बीचको मुख्य भिन्नता के हो...

विज्ञान भैरवतन्त्रः संक्षिप्त विवेचना

विज्ञान भैरवतन्त्रः संक्षिप्त विवेचना

विज्ञान भैरवतन्त्र काश्मीर शैव दर्शन र कौल त्रिक परम्पराको एक...