back
CTIZAN AD

जानकी मेडिकल कलेज र मलेसियाको माह्सा विश्वविद्यालयले सहकार्य गर्ने

वि.सं.२०७८ फागुन २ सोमवार

720 

shares

काठमाडौं । उच्चस्तरीय मेडिकल शिक्षा प्रदान गर्ने उद्देश्य लिएको प्रदेश नं. २ को जानकी मेडिकल कलेज मलेसियाको चर्चित माह्सा विश्वविद्यालयसँग आबद्ध भएको छ ।

सन् २००४ मा प्राध्यापक तानश्री डा. मोहम्मद हन्निफाले स्थापना गरेको माह्सा विश्वविद्यालय दक्षिण एसियाली मुलुकहरुमा उच्चस्तरीय शैक्षिक व्यवस्था स्थापित गर्ने उद्देश्यका साथ अघि बढिरहेको संस्था हो ।

मेडिसिन, बायोसाइन्स, दन्त चिकित्सा, फार्मेसी, स्वास्थ्य विज्ञान, नर्सिङ, व्यापार, वित्त, आतिथ्य व्यवस्थापन, सूचना प्रविधि जस्ता विषयगत क्षेत्रहरूमा उच्च शिक्षा प्रदान गर्ने माह्सा विश्वविद्यालयसँग आबद्ध भएर जानकी मेडिकल कलेजले आफ्ना विद्यार्थीलाई अनुसन्धान अनि अभ्यासमा केन्द्रित शिक्षा दिने लक्ष्य लिएको छ ।

माह्सा विश्वविद्यालयसँगको संयुक्त प्रेस विज्ञप्तिमा जानकी मेडिकल कलेजले उक्त विश्वविद्यालयसँग आबद्ध हुँदाको सकारात्मक पक्षहरुलाई व्याख्या गर्दै खुसी व्यक्त गरेको छ । माह्सा विश्वविद्यालय र जानकी मेडिकल कलेजबीच मेडिकल क्षेत्रमा संयुक्त अनुसन्धान, विद्यार्थी आदानप्रदानलगायतका कुराहरूमा सहकार्य गर्ने सम्झौता भएको छ ।

जानकी मेडिकल कलेजका विभागीय प्रमुख प्रा. रामप्रसाद उप्रेती यो सहकार्यले स्वास्थ्य क्षेत्रलाई मात्र नभई दुई राष्ट्रको सम्बन्धलाई पनि सुदृढ़ बनाउनेमा विश्वस्त छन्। आगामी दिनमा यसरी नै अन्य विश्वस्तरीय संस्थाहरुसँग सहकार्य गरेर जनाकी मेडिकल कलेजलाई नेपालकै उत्कृष्ट मेडिकल शिक्षण संस्था र अस्पताल बनाउने योजना भएको उप्रेतीले बताए ।

वि.सं.२०७८ फागुन २ सोमवार २१:११ मा प्रकाशित

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

तानसेन (पाल्पा) । एक दशकअघिसम्म पाल्पाका फाँटहरूमा असार लागेसँगै हल...

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

नारायणगढ,चितवन। विगत १५ वर्षदेखि व्यावसायिक केराखेती गर्दै आएका चितवनको रत्ननगर...

पालिकाले दियो हल गोरु पाल्ने एकसय १५ कृषकलाई पाँच/पाच हजार

पालिकाले दियो हल गोरु पाल्ने एकसय १५ कृषकलाई पाँच/पाच हजार

वालिङ (स्याङ्जा) । स्याङ्जाको गल्याङ नगरपालिकाले हल गोरु पाल्ने कृषकलाई...

कर्णालीमा ४३ हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा धानखेती हुँदै

कर्णालीमा ४३ हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा धानखेती हुँदै

काँक्रेविहार (सुर्खेत)  । कर्णाली प्रदेशका १० जिल्लामा ४३ हजार २९०...

अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० सुँगुर/बङ्गुर मरे

अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० सुँगुर/बङ्गुर मरे

गोरखा । अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० भन्दा बढी सुँगुर÷बङ्गुर...

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

काठमाडौँ । फिफा विश्वकप–२०२६ फुटबल प्रतियोगिताअन्तर्गत राउण्ड अफ ३२ को खेलमा...