back
CTIZAN AD

विमा शुल्क संकलन गर्ने वीमा कम्पनीहरुमध्ये अग्रस्थानमा नेपाल लाइफ

वि.सं.२०७८ फागुन २ सोमवार

678 

shares

काठमाडौं । जीवन बीमा कम्पनीहरूले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ७० अर्ब ९१ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् ।

बीमा कम्पनीहरुले पुस महिनामा मात्रै १२ अर्ब ७८ करोड रुपैयाँ संकलन गरेका छन् । बीमा समितिको तथ्यांकअनुसार चालु आवको ६ महिनामा १८ अर्ब ३९ करोड बीमाशुल्क संकलन गरेर नेपाल लाइफले आफुलाई अग्रस्थानमा उभ्याउन सफल भएको छ ।

चालु आर्थिक वर्षको ६ महिनासम्ममा बीमा कम्पनीहरुले प्रथम बीमा शुल्क आर्जन भने २० अर्ब ६० करोड रुपैयाँ आर्जन गरेका छन् ।

त्यस्तै सो अवधिमा बीमा कम्पनीहरुले नविकरण बीमा शुल्क बापत ५० अर्ब ३० करोड रुपैयाँ आर्जन गरेका छन् । शुल्क आर्जनको प्रवृत्तिलाई हेर्दा कम्पनीहरुले प्रथम बीमा शुल्क भन्दा पनि नविकरण शुल्कलाई प्राथमिकता दिएको देखिन्छ ।

चालु आवको ६ महिनाको अवधिसम्म बीमा कम्पनीहरुको नविकरण कारोबारमा अग्रता देखिएको छ ।
चालु आवको ६ महिनामा बीमा शुल्क धेरै आर्जन गर्ने मध्येमा दोस्रोमा एलआईसी नेपालले आठ अर्ब ३९ करोड बीमाशुल्क संकलन संकलन गरेको छ भने युनियन लाइफले चार अर्ब १२ करोड रुपैयाँ संकलन गरेर तेस्रो आफुलाई तेस्रो स्थानमा उभ्याउन सफल भएको छ ।

वि.सं.२०७८ फागुन २ सोमवार २१:०३ मा प्रकाशित

आईएमई लाइफ इन्स्योरेन्सले गर्यो समता एजुकेशनलाई पाँच लाख सहयोग

आईएमई लाइफ इन्स्योरेन्सले गर्यो समता एजुकेशनलाई पाँच लाख सहयोग

काठमाडौँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

आईएमई लाइफ इन्स्योरेन्सद्वारा फेलोसिप सोसाइटी नेपाललाई सहयोग, दृष्टिविहीन विद्यार्थीको शिक्षामा साथ

आईएमई लाइफ इन्स्योरेन्सद्वारा फेलोसिप सोसाइटी नेपाललाई सहयोग, दृष्टिविहीन विद्यार्थीको शिक्षामा साथ

काठमाडौँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक...

विपन्न नागरिकको मोतिबिन्दु शल्यक्रिया गर्न आईएमई लाइफले गर्याे आर्थिक सहयोग

विपन्न नागरिकको मोतिबिन्दु शल्यक्रिया गर्न आईएमई लाइफले गर्याे आर्थिक सहयोग

काठमाडाैँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक...