back
CTIZAN AD

यस वर्ष पनि किच्चकवध मेला नलाग्ने

वि.सं.२०७८ फागुन ३ मंगलवार

834 

shares

झापा । धार्मिक पर्यटकीय क्षेत्र किच्चकवधमा कोभिड–१९ का कारण यस वर्ष पनि मेला नलाग्ने भएको छ । परापूर्वकालदेखि स्वस्थानी व्रत समाप्ति पूर्णिमाको दिन लाग्दै आएको भव्य मेला विगत दुई वर्षदेखि महामारीका कारण नलागेको हो ।

मेलामा भारतको विहारका विभिन्न स्थानदेखि झापा, इलाम, मोरङ र सुनसरी जिल्लाबाट भक्तजनहरु श्राद्ध गर्न, पोखरीमा स्नान गर्न, सतीदेवीको मन्दिरमा पूजापाठ गर्न र मेला भर्न आउने गरेका थिए ।

किच्चकवध धार्मिक ऐतिहासिक तथा पर्यटकीयस्थल संरक्षण समितिले यही फागुन १ गते नै यही ४ गते स्वस्थानी पूर्णिमाको दिन लाग्ने किच्चकवध मेला विश्वव्यापी रुपमा फैलिएको कोरोनाको प्रभावका कारणसरकारको निर्णयअनुसार नलगाउने व्यहोरासहितको सूचना जारी गरेको थियो ।

भद्रपुर नगरपालिका–२ मा रहेको किच्चकवध महाभारतकालीन कथासँग जोडिएको तर प्रचारका दृष्टिले ओझेलमा परेको नेपालको महत्वपूर्ण पर्यटकीय स्थल हो । चन्द्रगढी विमानस्थलबाट १० किलोमिटर दक्षिण भद्रपुरको पृथ्वीनगर क्षेत्रको १० बिघा क्षेत्रफलमा फैलिएको यस तीर्थस्थलमा दुई हजार वर्षभन्दा पहिलेको दरबार, किल्ला, पर्खाल, भाँडाकुँडा र इँटाहरु पुरातत्व विभागको उत्खननबाट फेला परिसकेको छ ।

वडाध्यक्ष भीम केरुङले मुलुकमा अझै कोभिड सङ्क्रमणको उच्च जोखिम रहेको हुँदा मेला नलगाइएको बताए । विगतमा मेलामा सबै धर्म र सम्प्रदायका मानिसको घुइँचो लाग्ने गरेको थियो । यस वर्ष मेला नलागे तापनि भद्रपुर नगरपालिकाले सूचना नै जारी गरेर फागुन ४ गते अर्थात् किच्चकवध मेलाको दिन स्थानीय बिदा दिने घोषणा गरेको छ ।

नगरका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर रेग्मीले हस्ताक्षर गरेको सूचनामा किच्चक वध मेलाका दिन सार्वजनिक बिदा दिने निर्णय भएको हुँदा नगरपालिकाको कार्यालय, वडा समितिका कार्यालयहरु तथा पालिकाअन्तर्गतका सबै निकायमा स्थानीय बिदा दिइएको जनाइएको छ ।

स्थानीयवासीका अनुसार राजवंशी समुदायका मानिसले किच्चकबधस्थलको उत्तरी भागमा रहेको पुरानो पोखरीमा विशेष पूजाआजा गर्दै आएका छन् । हिन्दू र किरात समुदायको साझा तीर्थस्थलका रुपमा यसलाई चिनिँदै आएको छ ।

प्राकृतिक दृश्यावलोकनका लागिसमेत सुन्दर मेची र देउनिया नदीको दोभानमा अवस्थित किच्चकबध परिसरमा सतीदेवी, विष्णुपादुका र शिवको मन्दिर छ । दक्षिणी भागमा दुईतले भवनमा प्रहरीको कार्यालय रहेको छ ।

 

वि.सं.२०७८ फागुन ३ मंगलवार १४:२१ मा प्रकाशित

पर्यटकीय बसाइ लम्बाउन घोडेपानी–पुनहिलमा पूर्वाधार विस्तार

पर्यटकीय बसाइ लम्बाउन घोडेपानी–पुनहिलमा पूर्वाधार विस्तार

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको प्रमुख पर्यटकीयस्थल घोडेपानी–पुनहिलमा...

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

तानसेन (पाल्पा) । एक दशकअघिसम्म पाल्पाका फाँटहरूमा असार लागेसँगै हल...

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

नारायणगढ,चितवन। विगत १५ वर्षदेखि व्यावसायिक केराखेती गर्दै आएका चितवनको रत्ननगर...

कर्णालीमा ४३ हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा धानखेती हुँदै

कर्णालीमा ४३ हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा धानखेती हुँदै

काँक्रेविहार (सुर्खेत)  । कर्णाली प्रदेशका १० जिल्लामा ४३ हजार २९०...

भाइद्वारा दाजुको हत्या

भाइद्वारा दाजुको हत्या

नेपालगञ्ज । बाँके प्रहरीले कोहलपुरमा आफ्नै सहोदर दाजुको हत्या गरेको...

चितवनका विद्यार्थी धान रोप्न सिक्दै

चितवनका विद्यार्थी धान रोप्न सिक्दै

काठमाडौँ ।  राष्ट्रिय धान दिवस । देशभर किसान र विभिन्न...