back
CTIZAN AD

दरपीठ गरिएको स्थानीय चुनावको मितिविरुद्धको रिट दर्ता गर्न सर्वोच्चको आदेश

वि.सं.२०७८ फागुन ४ बुधवार

699 

shares

काठमाडौं । भंगाहा नगरपालिकाका प्रमुख सञ्जीवकुमार साहले सर्वोच्च अदालतमा गआगामी वैशाख ३० मा स्थानीय निर्वाचन गर्दा आफ्नो ५ वर्षे कार्यकाल पूरा नहुने भन्दै रिट हालेका थिए । सो रिटलाई सर्वोच्चले दरपिठ गरेको थियो । आज बुधवार सर्वोच्चका न्यायाधीश इश्वर खतिवडाको एकल इजलासले सो दरपीठलाई बदर गर्दै रिट दर्ता गर्न आदेश दिएको छ । यसअघि सर्वोच्चका रजिस्ट्रार नारायणप्रसाद पन्थीले स्थानीय तह निर्वाचनसम्बन्धी ऐनको आधारमा उक्त रिटलाई दरपीठ गरिदिएका थिए ।

तर आफूले संविधानको व्याख्या माग गरेकाले ऐन देखाएर रिट दरपीठ गर्न नमिल्ने जिकिर गर्दै साहले सर्वोच्चमा निवेदन हालेका थिए । सोही साहको निवेदनमाथि सुनुवाई गर्दै न्याधीश खतिवडाको एकल इजलासले रिट दर्ता गर्न आदेश दिएको हो ।

संविधानमा स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल ५ वर्ष हुने व्यवस्था रहेको छ । अघिल्लोपटक तत्कालीन प्रदेश २ (हाल मधेश प्रदेश) मा २०७४ असोज २ मा निर्वाचन भएको थियो । सो मितिको हिसाबले मात्रै हेर्दा आगामी बैशाखमा सो क्षेत्रका जनप्रतिनिधिको कार्यकाल ५ वर्ष पुग्ने देखिँदैन् ।

वि.सं.२०७८ फागुन ४ बुधवार १७:५१ मा प्रकाशित

कानुनको प्रभाव र उपलब्धि मूल्याङ्कनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड

कानुनको प्रभाव र उपलब्धि मूल्याङ्कनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड

काठमाडौँ । राष्ट्रियसभाअन्र्तगतको विधायन व्यवस्थापन समितिका सभापति कृष्णबहादुर रोकायले सङ्घ,...

राजनीतिक नियुक्ति समानुपातिक समावेशी प्रतिनिधित्वका आधारमा हुनुपर्ने

राजनीतिक नियुक्ति समानुपातिक समावेशी प्रतिनिधित्वका आधारमा हुनुपर्ने

काठमाडौँ । राष्ट्रियसभाका सदस्यहरूले सरकारले गर्ने राजनीतिक नियुक्ति समानुपातिक समावेशी...

सरकारी प्रयासको नतिजा देखिँदै, टेलिकमको नाफा ४ अर्ब माथि

सरकारी प्रयासको नतिजा देखिँदै, टेलिकमको नाफा ४ अर्ब माथि

काठमाडौँ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले गत...

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

काठमाडौं । इन्डोर सुपर लिग सिजन–२ को फ्रेन्चाइज टोली जनकपुर...

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

काठमाडौं । अर्जुन कुलुङ राई र मन्जु सुनुवार ब्याकयार्ड अल्ट्रा–...

NPCI इन्टरनेसनल मार्फत भारत र नेपालबीच डिजिटल भुक्तानी कनेक्टिभिटी थप सुदृढ बन्दै

NPCI इन्टरनेसनल मार्फत भारत र नेपालबीच डिजिटल भुक्तानी कनेक्टिभिटी थप सुदृढ बन्दै

काठमाडाैँ । नेशनल पेमेन्ट्स कर्पोरेशन अफ इन्डिया (एनपीसीआई) को अन्तर्राष्ट्रिय...