back
CTIZAN AD

किरात धर्मगुरु आत्मानन्द लिङ्देन र गुरुआमा साँवा पवित्रहाङमा लिङ्देनलाई अभिनन्दन

वि.सं.२०७८ फागुन ४ बुधवार

1.7K 

shares

मङ्गलबारे । नेपाली कांग्रेस इलामले किरात धर्मगुरु आत्मानन्द लिङ्देन र धर्मगुरुपत्नी साँवा पवित्रहाङमा लिङ्देनलाई अभिनन्दन गरेको छ ।
मङ्गलबार नेपाली कांग्रेसका सभापति डम्बर खड्का नेतृत्वको टोलीले धर्मगुरुकै निवास इलामको माङसेबुङ गाउँपालिका-५ स्थित लारुम्बामा गएर उनीहरुलाई अभिनन्दन गरको हो ।

धर्मगुरुको ६८औँ नुमाङगेन्ना तथा धर्मगुरुपत्नीको ६६औँ जन्मोत्सवका अवसरमा कांग्रेसले अभिनन्दन गरेको सभापति खड्काले बताए । ‘नेपाली कांग्रेस’ लेखिएको ‘सुन र चाँदी’ द्वारा निर्मित ब्याच धर्मगुरु र धर्मुगुरुपत्नीलाई लगाइदिएर सम्मान गरिएको उनले बताए । विश्व शान्ति, मानव एकता, मानवप्राणी एवम् सृष्टिजगत्कै रक्षाका लागि महान् अभियान सञ्चालन गरी मानवमा उच्च चेतना जगाई समाज रूपान्तरणको कार्यमा किरात धर्म, संस्कृति, भाषा, लिपि र साहित्यको प्रचारप्रसारमा पुर्याएको योगदानको कदर गर्दै अभिनन्दन गरिएको सभापति खड्काले बताए ।

उनले माङसेबुङ क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकास गर्नका लागि आफ्नो र पार्टीका तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । माङसेबुङ गाउँपालिका-२ इभाङको चुक्चिनाम्बा अगौटेबारीमा १८ मङ्सिर २०११ जन्मिएका धर्मगुरु लिङ्देनले राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङ्देनको अधुरो कार्यलाई पूर्णता दिने भन्दै धार्मिक, सांस्कृतिक तथा सामाजिक रुपान्तरणका लागि अभियान चलाइ रहेका छन् । उनलाई सत्य, शान्ति र अहिंसाका उपासकका रुपमा किरात धर्मावलम्बीहरुले मान्ने गरेका छन् ।
रासस/फाइल फोटो

वि.सं.२०७८ फागुन ४ बुधवार १७:०९ मा प्रकाशित

चार वर्ष वैदेशिक रोजगारीमा बसेका सार्कीले झाडी फाँडेर व्यावसायिक अकबरे खुर्सानी खेती

चार वर्ष वैदेशिक रोजगारीमा बसेका सार्कीले झाडी फाँडेर व्यावसायिक अकबरे खुर्सानी खेती

वालिङ (स्याङ्जा) । मनबहादुर सार्कीले बाँझो जमिन भाडामा लिएर व्यावसायिक...

किवी खेतीमा रमाउँदै वडाध्यक्ष राई

किवी खेतीमा रमाउँदै वडाध्यक्ष राई

इलाम । वडाध्यक्ष सनम राई गाँउका उदाहरणीय कृषक बन्नुभएको छ...

ललितपुर महानगरमा चिकित्सक सहितको एम्बुलेन्स सेवा सुरु

ललितपुर महानगरमा चिकित्सक सहितको एम्बुलेन्स सेवा सुरु

ललितपुर । ललितपुर महानगरले आजदेखि सूचना प्राप्त भएको १५ मिनेटभित्र...

सुनचाँदीको मूल्य बढ्यो

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।...

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची 

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची 

काठमाडौँ ।  सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।...

पल्सर स्पोट्र्स अवार्डको ‘पिपुल्स च्वाइस’ विधाको मनोनयन सार्वजनिक, भोटिङ पार्टनरमा ‘खल्ती’

पल्सर स्पोट्र्स अवार्डको ‘पिपुल्स च्वाइस’ विधाको मनोनयन सार्वजनिक, भोटिङ पार्टनरमा ‘खल्ती’

काठमाडौँ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आयोजना गर्ने...