back
CTIZAN AD

नेपालमा आज थपिए ६३९ कोरोना संक्रमित ३ जनाको मृत्यु

वि.सं.२०७८ फागुन ४ बुधवार

963 

shares

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ६३९ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ हजार ७५६ नमुना परीक्षणमा ६३९ जनामा संक्रमण पुष्टि भएको हो ।

आज थपिएका ६३९ जनासँगै नेपालमा हालसम्म कोरोना संक्रमित हुनेको संख्या ११ लाख १२ हजार ५३७ पुगेको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा १६०० जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका १६०० जनासँगै नेपालमा कोरोनाबाट मुक्त हुनेको संख्या ९ लाख ४४ हजार ३३७ पुगेको छ ।

मन्त्रालयकी प्रवक्ता डा. संगीता मिश्रका अनुसार आज थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । आज थपिएका ३ जनासँगै नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ९०५ पुगेको छ ।

त्यसैगरी हाल देशैभरी १८ हजार २५१ जना सक्रिय संक्रमित रहेका छन् । ती मध्ये होम आइसोलेशनमा १७ हजार ५८० जना र संस्थागत आइसोलेशनमा ६७१ जना रहेका छन् । ती मध्ये आइसीयुमा १५६ र भेन्टिलेटरमा २६ जनाको उपचार भइरहेको छ ।

पछिल्लो २४ घण्टामा २ लाख १४ हजार १०३ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।

 

वि.सं.२०७८ फागुन ४ बुधवार १६:५८ मा प्रकाशित

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध

काठमाडौँ । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न...

कुटपिट गरी बुवाको हत्या गर्ने छोरा पक्राउ

कुटपिट गरी बुवाको हत्या गर्ने छोरा पक्राउ

बर्दिया । बर्दियामा आफ्नै बुवाको कुटपिट गरी हत्या गरेको आरोपमा...

बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले दिए राजीनामा

बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले दिए राजीनामा

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामा दिएका...

सभामुखको रुलिङपछि हट्यो संसद्को गतिरोध

सभामुखको रुलिङपछि हट्यो संसद्को गतिरोध

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको विवादास्पद अभिव्यक्तिलाई लिएर लामो समयदेखि...

रवि लामिछानेले बोलाए रास्वपा केन्द्रीय समिति बैठक, पदाधिकारी र केन्द्रीय सदस्य मनोनयनको तयारी

रवि लामिछानेले बोलाए रास्वपा केन्द्रीय समिति बैठक, पदाधिकारी र केन्द्रीय सदस्य मनोनयनको तयारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आगामी...

चार वर्ष वैदेशिक रोजगारीमा बसेका सार्कीले झाडी फाँडेर व्यावसायिक अकबरे खुर्सानी खेती

चार वर्ष वैदेशिक रोजगारीमा बसेका सार्कीले झाडी फाँडेर व्यावसायिक अकबरे खुर्सानी खेती

वालिङ (स्याङ्जा) । मनबहादुर सार्कीले बाँझो जमिन भाडामा लिएर व्यावसायिक...