back
CTIZAN AD

पहिलो टि-२० मा भारत ६ विकेटले विजयी, डेब्यू खेल्मै बिश्नोईको उत्कृष्ट प्रदर्शन

वि.सं.२०७८ फागुन ५ बिहीवार

795 

shares

५ फागुन, काठमाडौँ । भारत र वेस्टइंडिज बिचको पहिलो टि-२० मा भारतले ६ विकेटले जित हासिल गरेको छ ।

टस हारेर पहिले ब्याटिङ्ग गरेको वेस्टइंडिजले २० ओभरमा ७ विकेट गुमाएर १५७ रन बनाएको थियो । वेस्टइंडिजका लागि निकोलस पुरनले सर्वाधिक ६१ रनको पारी खेलेका थिए । त्यसैगरी काइल मेयर्सले ३१, काइरन पोलार्डले २४ र अकेल होसेनले १० रनको पारी खेलेका थिए । वेस्टइंडिजका यी ४ खेलाडी बाहेका अरुले दोहोरो अंकमा रन जोड्न सकेनन् । बलिङ्ग तर्फ भारतका लागि टि २० अन्तराष्ट्रिय क्रिकेटमा डेब्यू गरेका रवि बिश्नोईले सर्वाधिक २ विकेट हात पारेका थिए । त्यसैगरी हर्षल पटेलले २, भुवनेश्वर कुमार, युजवेन्द्र चाहल र दिपक चाहरले समान १ १ विकेट हात पारेका थिए ।

वेस्टइंडिजले दिएको १५८ रनको लक्ष्य भारतले १८.५ ओभरमा ४ विकेट गुमाएर पुरा गर्यो । भारतका लागि कप्तान रोहित शर्माले सर्वाधिक ४० रन बनाएका थिए । त्यसैगरी भारतको जितमा इशान किसनले ३५, विराट कोहलीले १८, रिषभ पंतले ८, सूर्याकुमार यादवले ३५ र वेंकटेश अय्यरले २४ रनको योगदान दिएका थिए । वेस्टइंडिजका लागि बलिङ्गमा रोस्टन चेसले सर्वाधिक २ विकेट हात पारेका थिए ।

जितसँगै भारतले ३ खेलको टि-२० श्रृखलामा १ ० ले अग्रता लिएको छ ।

वि.सं.२०७८ फागुन ५ बिहीवार १०:२३ मा प्रकाशित

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

काठमाडौँ । फिफा विश्वकप–२०२६ फुटबल प्रतियोगिताअन्तर्गत राउण्ड अफ ३२ को खेलमा...

विश्वकप फुटबलः अफ्रिकालाई पराजित गर्दै क्यानडा प्रिक्वार्टरफाइनलमा प्रवेश

विश्वकप फुटबलः अफ्रिकालाई पराजित गर्दै क्यानडा प्रिक्वार्टरफाइनलमा प्रवेश

काठमाडौँ । दक्षिण अफ्रिकालाई हराउँदै क्यानडा फिफा विश्वकप फुटबल २०२६...

यस्तो छ समितिले तोकेको आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ समितिले तोकेको आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

काठमाडौँ । उसमान डेम्बेको ह्याट्रिकमा फ्रान्सले नर्वेलाई पराजित गर्दै फिफा...

विश्वकप फुटबल प्रतियोगिता : जर्मनीलाई हराउँदै इक्वेडर नकआउट चरणमा प्रवेश

विश्वकप फुटबल प्रतियोगिता : जर्मनीलाई हराउँदै इक्वेडर नकआउट चरणमा प्रवेश

काठमाडौँ । जर्मनीलाई हराउँदै इक्वेडर फिफा विश्वकप फुटबल प्रतियोगिताको नकआउट...

विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश

विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश

काठमाडौँ । ब्राजिलले स्कटल्याण्ड र मोरक्काले हाइटीलाई पराजित गर्दै फिफा...