back
CTIZAN AD

भारतमा विवाह कार्यक्रममा सहभागी हुँदा इनारमा खसेर १३ जनाको मृत्यु

वि.सं.२०७८ फागुन ५ बिहीवार

759 

shares

काठमाडौं । भारतमा विवाह कार्यक्रममा सहभागी भएका १३ जना महिला र बालिकाको इनारमा खसेर मृत्यु भएको छ ।

उत्तर प्रदेशको कुशी नगरमा बुधबार राति इनारको छेउमा पूजा गरिरहेका मध्ये १३ जनाको इनारमा खसेर मृत्यु भएको हो । मृत्यु हुनेमा डेढवर्र्षीय बालक, १० बालिका र २ महिला रहेका छन् भने झण्डै ३० जना गम्भीर घाईते भएको भारतीय संचार ऐजेन्सीले उल्लेख गरेका छन् । मृत्यु हुनेमा ५ देखि १५ वर्षसम्मका बालिका रहेको बताइएको छ।

कुशी नगरको नांरंगिया स्कूल टोलमा बस्ने परमेश्वर कुशवाहाकी छोरीको विवाहका लागि हल्दी कार्यक्रममा सहभागी भएका उनीहरु रातीको साढे नौ बजेको समयमा गाउँमा रहेको पुरानो इनारनजिकै पूजा गर्न पुगेका थिए ।

५०–६० जनाको संख्यामा रहेका उनीहरु पूजा गर्ने क्रममा इनारमाथि लगाइएको स्लाबमाथि चढेपछि भत्किन लागेको जर्जर स्लाब फुटेपछि उनीहरु इनारमा खसेका थिए । इनार अत्यन्तै गहिरो र १० पिटसम्म पानी भरिएको तथा उनीहरुको समयमा उद्धार हुन नसेकेका कारण धेरै मानविय क्षति भएको बताइएको छ ।

ग्रामिण क्षेत्र रहेकाले समयमा उद्धार हुन नसेकेका कारण यति ठूलो संख्यामा मानविय क्षति भएको बताइएको छ । महिला तथा बालबालिका इनारमा खसेपछि स्थानीयले पहिले आफ्नै प्रयासमा उद्धारको पहल गरेका थिए । तर, नसकेपछि प्रहरी प्रशासनमा खबर गरेको बताइएको छ ।

वि.सं.२०७८ फागुन ५ बिहीवार १०:१४ मा प्रकाशित

कालोसिसा प्रयोग गर्ने ५७ सवारीसाधन कारबाहीमा

कालोसिसा प्रयोग गर्ने ५७ सवारीसाधन कारबाहीमा

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले कालोसिसा (ब्ल्याक फिल्म)...

कम्युनिष्ट शक्तिबीच सहकार्य जरुरी छः संयोजक दाहाल

कम्युनिष्ट शक्तिबीच सहकार्य जरुरी छः संयोजक दाहाल

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय...

उपत्यकामा बर्डफ्लु सर्नुमा मुख्य कारक काग

उपत्यकामा बर्डफ्लु सर्नुमा मुख्य कारक काग

काठमाडौँ । कागका कारण काठमाडौँ उपत्यकामा बर्डफ्लु व्यापकरूपमा फैलिएको छ...

वनमन्त्री चौधरी थाइल्याण्ड प्रस्थान

वनमन्त्री चौधरी थाइल्याण्ड प्रस्थान

काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी ब्याङककमा भोलिदेखि...

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

काठमाडौँ । यही असार २६ गतेदेखि चलचित्र ‘भागदौड’ देशभर प्रदर्शन...

जलवायुमैत्री प्रविधिबाट धानमा आत्मनिर्भर बन्ने लक्ष्यसहित २३औँ राष्ट्रिय धान दिवस मनाइँदै

जलवायुमैत्री प्रविधिबाट धानमा आत्मनिर्भर बन्ने लक्ष्यसहित २३औँ राष्ट्रिय धान दिवस मनाइँदै

ललितपुर । ‘जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ भन्ने मूल...